सामाजिक सञ्जालको अन्धाधुन्ध प्रयोगले मनोवैज्ञानिक असर बढ्दो, बेवास्ता गर्नु खतरनाक

काठमाडौं, जेठ ४— सूचना, सम्बन्ध र सिर्जनात्मकता प्रवाह गराउने सामाजिक सञ्जालले युवाको जीवनशैलीमा नयाँ ऊर्जा भरेको छ । तर, यसकै कारण मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न थालेको एक अध्ययनले देखाएको छ। Pew Research Center ले सन् २०२५ को सुरुमा गरेको अध्ययन अनुसार, अमेरिकाका १३ देखि १७ वर्ष उमेर समूहका करिब १,४०० किशोर-किशोरी र उनीहरूका अभिभावकहरू […]

बाना निर्वाचनमा सचिव पदका उम्मेदवार सुशिल खत्रीको पक्षमा माहौल, सबै क्षेत्र र पक्षबाट सहयोगको प्रतिबद्धता

बाल्टिमोर : बाल्टिमोर एसोसियसन अफ नेप्लीज इन अमेरिका (बाना) को आगामी २०२५-२०२८ कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिनु भएको सुशील खत्रीको पक्षमा माहौल बन्दै गएको छ । सचिव पदका उम्मेदवार खत्रीलाई सबै क्षेत्र र पक्षबाट सहयोगको प्रतिबद्धता आएको छ । करिब एक दशकदेखि अमेरिकाको बाल्टिमोरमा बस्दै आउनु भएको समाजसेवी खत्री अमेरिकाको नेपाली समुदायमा सामाजीक कार्यमा […]

वैदेशिक रोजगार कानुन व्यवसायी व्यवसाय संघको अध्यक्षमा खड्गप्रसाद शिवाकोटी चयन

काठमाडौं:  वैदेशिक रोजगार लेखापढी कानुन ब्यबसायी संघको अध्यक्षमा खड्ग प्रसाद शिवाकोटी चयन हुनु भएको छ । संघको काठमाडौको ताहाचलमा सम्पन्न प्रथम साधारण सभाले शिवाकोटीको संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको हो । अध्यक्षमा चयन भएपनि बोल्नुहुँदै शिवाकोटीले वैदेशिक रोजगारीमा दैनिक २ हजार हाराहारीमा युवाहरु विदेशीनु परिरहेको बताउँदै वैदेशिक रोजगारीको सिलसिलामा अलपत्र पर्ने, ठगीने, बिचौलियाको […]

अमेरिकाको ह्यारिसनभिलका मेयरको निमन्त्रणमा कागेश्वरीका मेयर कार्कीको अध्ययन भ्रमण, भगिनी सम्बन्ध कायम गर्ने विषयमा छलफल

ह्यारिसनभिल: मिसौरी राज्यमा अवस्थित द सिटी अफ ह्यारिसनभिलका मेयर माईक ज्यारिङको निमन्त्रणामा अमेरिका पुग्नु भएका कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले भ्रमण निकै नै ज्ञानबद्र्धक रहेको बताउनु भएको छ । अमेरिकाको कान्सास सिटीमा रहेको ह्यारिसनभिल निकै नै व्यवस्थित, सुन्दर एवं शान्त नगरपालिका हो । यतिबेला सोही नगरपालिकाको भ्रमणमा रहनु भएका कागेश्वरीका मेयर उपेन्द्र कार्कीले त्यहाँबाट […]

अन्तराष्ट्रिय तनहुँ समाजको बृहत भेला तथा घोषणा सभा दमौलीमा सम्पन्न

तनहुँ:  तनहुँ स्थायी घर भइ विभिन्न सिलशिलामा परदेशमा रहेका तनहुङ्गेहरुको संस्था अन्तराष्ट्रिय तनहुँ समाजको बृहत भेला तथा घोषणा सभा शनिवार दमौलीमा सम्पन्न भएको छ । संसारभर रहेका तनहुँवासीहरुलाई एकीकृत गरि जिल्लाको बिकासमा योगदान गर्ने उद्देश्यले स्थापित अन्तराष्ट्रिय तनहुँ समाजको केही समय अघि मात्र तदर्थ समिति गठन गरिएको थियो । भचुर्अल माध्यमबाट सबै प्रवासी तनहुङ्गेहरुको बृहत […]

अमेरिकामा रहेका नेपालीहरुद्धारा संकलीत रकम खुट्टा गुमाएकी घिमिरेलाई सहयोग

काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले दुर्घटनामा खुट्टा गुमाएकी रामेछापकी एन्ड्रिसा घिमिरेलाई ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ । गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सचिव शंकर खड्काको पहलमा अमेरिकामा रहेका नेपालीहरूबाट संकलित रकम डा. कोइरालाले घिमिरेको निवासमा पुगेर हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम हस्तान्तरण […]

तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समिति गठन, संयोजकमा राजन त्रिपाठी चयन

काठमाडौं: तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समिति गठन भएको छ । विदेशका विभिन्न देशमा बसोबास गर्ने तनहुँबासीहरुको जुमममार्फत भएको भेलाले राजन त्रिपाठीको संयोजकत्वमा अन्तर्राष्ट्रिय समाज गठन गरिएको हो । समाजको वरिष्ठ उपाध्यक्षमा लेख गुरुङ, महासचिवमा रवि चन्द्र भट्टराई चयन हुनु भएको छ । त्यस्तै, समाजको उपाध्यक्षमा दीपक खडका, दिनेश जोशी, पर्शुराम अधिकारी, राजन जंग शाही, सुरेन्द्र […]