परराष्ट्रद्धारा एनआरएनएको संशोधित विधान प्रमाणीकरण, अब अनलाइन मार्फत निर्वाचनमा मतदान गर्न सकिने

काठमाडौं: परराष्ट् मन्त्रालयले गैर आवासीय नेपाली संघको संस्थापन समूहलाई मान्यता दिएको छ । गत अक्टोबरमा सम्पन्न भएको गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशनले पारित गरेको विधान परराष्ट्र मन्त्रालयले आज प्रमाणीकरण गरेको हो । संशोधित विधान प्रमाणीकरण भएसँगै एनआरएनएको संस्थापन समूहले मान्यता पाएको हो । पारित विधानमा भौतिक रुपमा काठमाडौमा उपस्थित हुन नसक्ने महाधिवेशन प्रतिनिधिहरुले अनलाइन […]

एनआरएनए विवाद तत्काल समाधान गर्न परराष्ट्र मन्त्री पौडेलको आग्रह

काठमाडौं: परराष्ट्र मन्त्री डा. बिमला राई पौडेलले गैर आवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद तत्काल समाधान गर्न आग्रह गर्नु भएको छ । मन्त्री पौडेलले विदेशमा बस्ने गैर आवासीय नेपालीभित्रको विवादले राम्रो सन्देश नगएको बताउँदै विवाद तत्काल समाधान गर्न आग्रह गर्नु भएको हो ।  परराष्ट्र मन्त्री डा. बिमला राई पौडेललाई ज्ञापन पत्र बुझाउँदै विनोद कुँवर नेतृत्वको […]

गैर आवासीय नेपाली नागरिकता विभिन्न बहाना बनाएर पर धकेल्न खोजीदैंछ: कुमार पन्त

काठमाडौं:  गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष कुमार पन्तले गैर आवासीय नेपाली नागरिकता विभिन्न बहाना बनाएर पर धकेल्ने कार्य भइरहेकोमा आपत्ति जनाउनु भएको छ । पन्तले संविधानले प्रत्याभूत गरेको गैर आवासीय नेपाली नागरिकता विभिन्न बहाना बनाएर पर धकेल्न खोजीएको भन्दै आपत्ति जनाउनु भएको हो । ‘विगतमा धेरै सरकार परिवर्तन भए तर गैर आवासीय नेपालीका मुद्दा […]

एनआरएनए जापानद्धारा स्मार्ट शौचालय र मोबाइल ब्लड बसका लागि १२ लाख सहयोग

टोकियो : गैर आवासीय नेपाली संघ (एनआरएनए एनसिसी) जापानले आइसिसीको छुट्टा छुट्टै प्रोजेक्टको लागि रु १२ लाख आर्थिक सहयोग गरेको छ । एनसिसी जापानले पोखरा महानगरपालिकासँगको समन्वयमा एनआरएनएले बनाउन लागेको स्मार्ट शौचालयको लागि ५ लाख, मधेश प्रदेशमा मोबाइल ब्लड बस परियोजनाका लागि २ लाख र भलिबल र ब्लड कोल्ड स्टोरका लागि ५ लाख सहयोग गरेको […]

शेष घले पक्षलाई बाहिर राखेर एनआरएनए बलियो बन्न सक्दैन: कुमार पन्त (भिडियो)

काठमाडौं :  गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष कुमार पन्तले डा. शेष घले पक्षलाई बाहिर राखेर एनआरएनए बलियो बन्न नसक्ने बताउनु भएको छ । विश्व सन्देशसँगको कुराकानीमा पन्तले कुनै पनि हालतमा घलेसहितको टिमलाई समाहित गराएर एकताबद्ध गर्न सके मात्र संस्था बलियो बन्ने बताउनु भयो । ‘कुनै पनि हालतमा उहाँसहितको एनआरएनए भयो र उहाँलाई पनि यो […]

एनआरएनएको इज्जत जोगाउन र प्रतिष्ठा फर्काउन सहमति आवश्यक छ: महेश श्रेष्ठ

काठमाडौं : गैर आवासीय नेपाली संघका उपाध्यक्ष महेश श्रेष्ठले संस्थालाई सही दिशामा अगाडि बढाउन सहमति र सहकार्यको खाँचो औल्याउनु भएको छ । संस्थामा केहि असमझदारी र वैमनस्यताका कारण शाख गिरेको बताउँदै उपाध्यक्ष श्रेष्ठले एनआरएनएको प्रतिष्ठा फर्काउन सहमतिको खाँचो औल्याउनु भएको हो । विश्व सन्देशसँगको कुराकानीमा श्रेष्ठले वर्तमान कार्यकालमा संस्थामा तीन जना अध्यक्षसहित विभिन्न पदहरु सृजना […]

रवि लामिछानेबारे सर्वोच्च अदालतको फैसलाले लाखौं गैर आवासीय नेपालीलाई झस्काएको छ : रविना थापा, अध्यक्ष

न्यूर्योक: एनआरएनए कार्यकारी अध्यक्ष रविना थापाले रवि लामिछाने बिरुद्ध सर्वोच्च अदालतले गरेको फैसलाले गैर आवासीय नेपालीलाई झस्काएको बताउनु भएको छ । न्यायालयको आदेश पालना गर्नु सबै नागरिकको कर्तब्य भए पनि सबैलाई एकै खाले मुद्दामा एउटै आदेश हुनुपर्ने बताउनुभयो । ‘हाम्रो नागरिकता सम्बन्धी हाम्रा एनआरएनएका अग्रजहरूले धेरै नै मेहेनत गर्नु भएको थियो र हामी पनि त्यही […]