काठमाडौं । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट गर्न सकिने कारोबार अधिकतम सीमा घटाएको छ । शुक्रबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले यो सीमा घटाएको हो । हालसम्म डेबिट कार्ड प्रयोग गरी एटीएमबाट प्रति कारोबार २५ हजार रुपैयाँ झिक्न पाइने व्यवस्था थियो । त्यस्तै, दैनिक एक लाख र मासिक ४ लाखको सीमा तोकिएको थियो । नयाँ […]
हेटौंडा । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२/८३ का लागि बिनियोजित १० लाख भन्दा मुनिका योजना कार्यान्वयन नगर्न पत्राचार गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधवार सार्वजनिक निर्माण सम्बन्धी आयोजनाको कार्यान्वयन सम्बन्धमा प्रदेशका सबै मन्त्रालय र मातहतका निकायलाई १० लाख मुनिका योजना कार्यान्वयन नगर्न पत्राचार गरेको हो । मन्त्रालयले चालू आर्थिक वर्षको […]
काठमाडौं : सरकारले ३ करोड रुपैयाँभन्दा कम लागतका टुक्रे आयोजना रोक्का गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । त्यस्तै, ३ करोडभन्दा माथिका तर आयोजना बैंकमा प्रविष्ट नभएका वा एलएमबीआईएसमा प्रविष्ट गरेर आयोजना बैंकमा पछि राखिएका वा राजनीतिक दबाबमा राखिएका आयोजना रोक्का राख्ने निर्णय पनि गरिएको छ । अर्थमन्त्री रामेश्वर […]
काठमाडौं: सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको छ । आज बसेको मन्त्री परिषद बैठकले हितेन्द्र शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो । केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ चैत्र ११ गते कुलमान घिसिङलाई बर्खास्त गर्दै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको थियो । शाक्य यसअघि पनि ओली प्रधानमन्त्री […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ। आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आर्थिक वर्ष ०८१र०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका हुन्। अख्तियारले प्रतिवेदनमा सातै प्रदेशका कति स्थानीय तहबाट धेरै उजुरी परेको छ भन्ने पनि उल्लेख गरेको छ। जसमा सबैभन्दा बढी उजुरी पर्ने दस पालिकाको नाम पनि उल्लेख […]
काठमाडौँ — जेनजी आन्दोलनका क्रममा मुलुकभर निजी क्षेत्रले झण्डै ८० अर्ब रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। प्रधानमन्त्री सुशीला कार्की र निजी क्षेत्रका प्रतिनिधिहरूबीच भएको विशेष छलफलमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रारम्भिक विवरणका आधारमा निजी सम्पत्तिमा व्यापक क्षति पुगेको र अझै यथार्थ विवरण आउँन बाँकि रहेको जानकारी दिनुभयो। अध्यक्ष ढकालका अनुसार […]
दोलखा — केही समयदेखि स्थगित रहेको कालिन्चोक केवलकार सेवा फेरि सञ्चालनमा आउने भएको छ। कालिन्चोक दर्शन लिमिटेडले एक सूचना जारी गर्दै घटस्थापनाको दिनदेखि नियमित रूपमा सेवा सुचारु हुने जनाएको हो । यसअघि जेनजी आन्दोलनको नाममा अज्ञात समूहद्वारा तोडफोड भएपछि केवलकार सेवा अस्थायी रूपमा बन्द गरिएको थियो। दशैंको पूर्वसन्ध्यामा सेवा पुनः सञ्चालनमा आउनुले कालिन्चोक जाने श्रद्धालुहरूका […]