बालेन शाह :  काठमाडौं महानगरपालिकाको मेयर देखि भावी प्रधानमन्त्रीको उम्मेदवारसम्म

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको यात्रा अब राष्ट्रिय राजनीति तर्फ अग्रसर बनेको छ । बालेनको राजनीति अब स्थानीय तहमा सीमित नरहने भएको हो । स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगर जितेर परम्परागत दल र राजनीतिक अभ्यासलाई चुनौती दिएका बालेनले मेयरका रूपमा गरेका कामले उहाँलाई फरक र प्रभावशाली नेताको रूपमा स्थापित गरिसकेको छ। यही छविका […]

काभ्रेपलाञ्चोकमा गोकुल बास्कोटाको टिकट पनि होल्ड

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाको टिकट पनि अध्यक्ष केपी शर्मा ओलीले होल्ड गर्नु भएको छ । शनिबार बसेको सचिवालय बैठकमा काभ्रेपलाञ्चोक–२ बाट गोकुल बास्कोटालाई उम्मेदवार बनाउनुपर्ने छलफल भएको थियो । तर अध्यक्ष ओलीले काभ्रे–१ को मात्र उम्मेदवार टुंग्याउन लगाउनु भयो । त्यहाँ राष्ट्रिय युवा संघबाट राजीतिमा आएका अमित लामालाई उम्मेदवार बनाउने एमालेले निर्णय […]

एमाले माघ ४ गतेबाट निर्वाचनको तयारीमा जुट्ने

काठमाडौं । नेकपा एमालेले माघ ४ गतेबाट निर्वाचनको तयारीमा जुट्ने भएको छ । काठमाडौँमा विशेष प्रदर्शनसहित फागुन २१ को निर्वाचनमा होमिने नेकपा एमाले बागमती प्रदेशका संयोजक तथा नेकपा एमालेका सचिव महेश बस्नेतले जानकारी दिनु भयो । बिहीबार पत्रकार सम्मेलनमार्फत माघ ४ गतेबाट एमाले औपचारिक रूपमा चुनावमा होमिने उहाँको भनाई छ । खुल्ला सभाबाट एमाले निर्वाचनमा […]

फागुन २१ गतेको निर्वाचनका लागी सरकारको सुरक्षा तयारी कस्तो छ ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार देशव्यापी सुरक्षा तयारीमा जुटेको छ। निर्वाचन लक्षित सुरक्षा रणनीतिलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएसँगै सुरक्षा संयन्त्र पूर्ण रूपमा सक्रिय बनेको हो। लुम्बिनी प्रदेशको रुपन्देहीबाट मङ्सिर ९ गते सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी मङ्गलबार मधेस प्रदेशको जनकपुरमा पुगेर सम्पन्न भएको छ। […]

धुलिखेलमा ‘स्वस्थ शहर’ अभ्यासबारे चन्द्रागिरी प्रतिनिधि टोलीसँग अनुभव आदान–प्रदान”

धुलिखेल– धुलिखेल नगरपालिका ‘स्वस्थ शहर’ अवधारणालाई व्यवहारमा उतार्दै नमूना स्थानीय तहको रूपमा स्थापित हुँदै आएको छ। यही सन्दर्भमा धुलिखेल नगरपालिकाले सञ्चालन गर्दै आएको स्वास्थ्य प्रवर्द्धन, पूर्वाधार र सेवासम्बन्धी अभ्यासको अध्ययन तथा अनुभव आदानप्रदान गर्न चन्द्रागिरी नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको प्रतिनिधि टोलीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक कुमार ब्याञ्जुले नगरले अपनाएको […]

विशेष महाधिवेशनको मागलाई पार्टी विभाजनसँग जोडेर व्याख्या गएिको भन्दै आपत्ति

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको आवश्यकता र औचित्यलाई लिएर बहस तीव्र बनेको छ। पार्टी विधानअनुसार विशेष महाधिवेशन माग गरिएको भए पनि त्यसलाई पार्टी विभाजनसँग जोडेर व्याख्या गरिएको भन्दै कांग्रेसको एक पक्षले आपत्ति जनाएको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पार्टीका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको माग विधानले दिएको अधिकारको प्रयोग भएको दाबी गर्दै यसलाई […]

एमाले काभ्रेको इञ्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य अशोक कुमार ब्याञ्जुलाई

काठमाडौं : नेकपा एमालेले वागमती प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोक जिल्ला कमिटीको इञ्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य अशोक कुमार ब्याञ्जुलाई दिएको छ। पार्टीको सचिवालय बैठकले आगामी निर्वाचनसम्मका लागि जिल्लास्तरको संगठनात्मक कामको संयोजन गर्न इञ्चार्ज तोक्ने निर्णयअनुसार ब्याञ्जुलाई काभ्रेको जिम्मेवारी दिइएको हो। ब्याञ्जु धुलिखेल नगरपालिकाको नगर प्रमुख समेत हुनुहुन्छ । एमालेले वागमती प्रदेशमा उपत्यकाका तीन जिल्ला बाहेक अन्य १० […]