विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न सरकार सक्रिय, कानुनी अवरोध हटाउने तयारी

काठमाडौं:  आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकले पनि मतदान गर्न पाउने बाटो खुलाउने तयारी सरकारले सुरु गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग छलफल गरी वैदेशिक मताधिकार सुनिश्चित गर्ने पहलमा सरकार दृढ भएर अगाडि बढेको बताउनुभयो । ‘विदेशमा रहेका नागरिकको मताधिकारका विषयमा मन्त्रीज्यूसँग सार्थक […]

जेनजी आन्दोलनको क्रममा झण्डै दुई दर्जन होटलमा तोडफोड र आगजनी, अनुमानित २५ अर्बको क्षति

काठमाडौं :  जेनजीको आन्दोलनको क्रममा झण्डै दुई दर्जन होटलहरूमा ठूलो क्षति पुगेको छ । नेपाल होटल सङ्घका अनुसार सङ्कलित प्रारम्भिक जानकारीअनुसार प्रत्यक्ष प्रभावित होटलहरू काठमाडौँ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुलसीपुरलगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्ड समेतका चर्चामा रहेका होटल रहेका छन् । ती प्रतिष्ठानहरूमा तोडफोड, आगजनी र लुटपाट […]

अध्यक्ष श्रेष्ठलाई जोडेर आएको समाचारप्रति एनआरएनएको गम्भीर आपत्ति, भ्रामक प्रचारको पछि नलाग्न अपिल

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) ले संघका अध्यक्ष महेश कुमार श्रेष्ठलाई जोडेर केही सञ्चारमाध्यमहरूले प्रकाशित गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले सार्वजनिक सम्पत्तिमा क्षति पुगेको पछिल्लो ‘जेनजी आन्दोलन’पछि पुनर्निर्माणमा नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको स्पष्ट पारेको छ। संघका प्रवक्ता गंगाधर गौतमले एक बिज्ञप्ति जारी गर्नुहुँदै भदौ २३ र २४ गते […]

सामाजिक सञ्जालको अन्धाधुन्ध प्रयोगले मनोवैज्ञानिक असर बढ्दो, बेवास्ता गर्नु खतरनाक

काठमाडौं, जेठ ४— सूचना, सम्बन्ध र सिर्जनात्मकता प्रवाह गराउने सामाजिक सञ्जालले युवाको जीवनशैलीमा नयाँ ऊर्जा भरेको छ । तर, यसकै कारण मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न थालेको एक अध्ययनले देखाएको छ। Pew Research Center ले सन् २०२५ को सुरुमा गरेको अध्ययन अनुसार, अमेरिकाका १३ देखि १७ वर्ष उमेर समूहका करिब १,४०० किशोर-किशोरी र उनीहरूका अभिभावकहरू […]

बाना निर्वाचनमा सचिव पदका उम्मेदवार सुशिल खत्रीको पक्षमा माहौल, सबै क्षेत्र र पक्षबाट सहयोगको प्रतिबद्धता

बाल्टिमोर : बाल्टिमोर एसोसियसन अफ नेप्लीज इन अमेरिका (बाना) को आगामी २०२५-२०२८ कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिनु भएको सुशील खत्रीको पक्षमा माहौल बन्दै गएको छ । सचिव पदका उम्मेदवार खत्रीलाई सबै क्षेत्र र पक्षबाट सहयोगको प्रतिबद्धता आएको छ । करिब एक दशकदेखि अमेरिकाको बाल्टिमोरमा बस्दै आउनु भएको समाजसेवी खत्री अमेरिकाको नेपाली समुदायमा सामाजीक कार्यमा […]

अमेरिकाको ह्यारिसनभिलका मेयरको निमन्त्रणमा कागेश्वरीका मेयर कार्कीको अध्ययन भ्रमण, भगिनी सम्बन्ध कायम गर्ने विषयमा छलफल

ह्यारिसनभिल: मिसौरी राज्यमा अवस्थित द सिटी अफ ह्यारिसनभिलका मेयर माईक ज्यारिङको निमन्त्रणामा अमेरिका पुग्नु भएका कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले भ्रमण निकै नै ज्ञानबद्र्धक रहेको बताउनु भएको छ । अमेरिकाको कान्सास सिटीमा रहेको ह्यारिसनभिल निकै नै व्यवस्थित, सुन्दर एवं शान्त नगरपालिका हो । यतिबेला सोही नगरपालिकाको भ्रमणमा रहनु भएका कागेश्वरीका मेयर उपेन्द्र कार्कीले त्यहाँबाट […]

अष्ट्रेलियामा नेपाली फुड प्रमोशन कार्यक्रम हुँदै, मास्टर सेफ साहले नेपाली खानाको स्वाद चखाउने

काठमाडौं:  नेपाली खानाको प्रबद्र्धन गर्ने उद्देश्यले अष्ट्रेलियामा रहेको अष्ट्रेलियन प्याशिफिक इन्टरनेशनल कलेज (एपीआईसी) को आयोजना र प्याशिफिक हस्पिटालिटी एण्ड कुलीनरी एकेडेमी मैतीदेवीको संयोजनमा सिड्नीमा ५ दिने नेपाली खाना महोत्सव (नेपाली फुड फेस्टिभल) हुने भएको छ । आगामी मे ३ देखि ७ सम्म अष्ट्रेलियाको सिड्नीमा रहेको नमस्ते रेष्टुरेन्ट्र 307 pitt-st, Sydney Auatralia मा ५ दिने नेपाली […]