गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । एनआरएनए आइसिसीले सोमबारसम्म सदस्यता शुल्क नबुझाए मान्यता रद्द गर्ने निर्णय गरेपछि पछिल्लो उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । गैर आवासीय नेपाली संघ क्यानडाका अध्यक्ष दिपक गौतमले सदस्यता शुल्क विषयमा छलफल गर्न कार्यसमितिको आकस्मिक बैठक बोलाउनु भएको हो । बैठक क्यानडाको […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) का चार ओटा राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले आफुहरुको मान्यता रद्द गर्ने भन्ने अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को निर्णयको निन्दा गरेका छन्। अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को बुधबारको बैठकले मार्च ६ तारिख सम्म शुल्क नबुझाएमा उनीहरुको मान्यता रद्द गर्ने निर्णय गरेको थियो। तर उक्त बैठकमा गणपूरक संख्या नपुगेको […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी २१-२२ मार्चमा हुन गइरहेको निर्वाचनको कार्यतालिकामा फेरबदल गरिएको छ । निर्वाचन समितिले बिहीबार एक विज्ञप्ति जारी गरि निर्वाचन कार्यतालिकामा संशोधन गरेको हो । प्रमुख निर्वाचन अधिकृत भिमसेन बंजराले जारी गरेको विज्ञप्ति अनुसार अन्तिम मतदाता नामावली प्रकाशन यही ७ तारिखमा पुर्याइएको छ । साथै यसअघि ४ तारिखमा तोकिएको […]
काठमाडौं । गैर आवासीय नेपाली संघको ८२ औं बैठकले चार बुँदे निर्णय गरेको छ । प्रवक्ता डिवी क्षेत्रीले बुधबार बसेको बैठकका निर्णयहरु सार्वजनिक गर्नु भएको हो । बैठकले पञ्जिकृत सदस्यता शुल्क नतिर्ने एनसीसी यूके, अमेरिका, अष्ट्रेलिया, जापान र क्यानाडालाई मार्च ६ तारिखसम्म शुल्क भुक्तानी गर्न अवसर दिएको प्रवक्ता क्षेत्रीले जानकारी दिनु भयो । ‘उक्त मितिभित्र […]
काठमाडौं – युक्रेनको युद्धबाट प्रभावित नेपालीहरुको उद्धार एवं सहयोगको लागि एक उच्चस्तरीय समिति गठन गरिएको छ । जर्मनीका लागि नेपाल राजदूत रामकाजी खड्काको अध्यक्षतामा रुस – युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धारको लागि उच्चस्तरीय समिति गठन गरिएको हो । समिति संयोजकमा गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसी (रुस), सदस्य सचिवमा डा. चिरन्जिवी […]
काठमाडौं – युक्रेनमा रहेका नेपालीहरु सुरक्षीत रहेको पाइएको छ । गैर आवासीय नेपाली संघले युक्रेनमा रहेका नेपाली सुरक्षीत रहेको जनाएको छ । एनआरएनए प्रवक्ता डिवी क्षेत्रीका अनुसार युक्रेनमा ३८ जना नेपालीहरु राष्ट्रिय समन्वय परिषद् युक्रेनको सम्पर्कमा रहेका छन् । उनीहरु युक्रेनमै लामो समयदेखि स्थायी बसोबास गर्दै आएका छन् । युक्रेनमा पछिल्लो विकसित घटनाक्रमबीच उनीहरु सबै […]
काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले आफुले कुनै पनि एनसीसीमा एक जना डेलिगेट्स थप्न वा हटाउन नभनेको बताउनु भएको छ । उपाध्यक्ष लामाले एक प्रेस विज्ञप्ति जारी गर्दै आफुले एक जना पनि डेलिगेट्स थप्न वा हटाउन नभनेको बताउनु भएको हो । एनआरएनए आइसीसीको म्यान्डेट प्राप्त उच्चस्तरीय समितिले जिम्मा दिए अनुरुप छानबिन गरी […]