कोभिड–१९ विरुद्धको खोप लिएका व्यक्तिबाट अन्यलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन सुझाव

काठमाडौं । गैर आवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाले कोभिड–१९ विरुद्धको खोप लिइसकेको व्यक्तिबाट पनि अन्यलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन सुझाव दिनुभएको छ । हालसम्म कुनै पनि खोपको प्रभावकारिता शत प्रतिशत नदेखिएकाले खोप लगाइसकेपछि पनि संक्रमण हुँदैन वा आफूबाट अरुलाई सर्दैन भन्नेमा ग्यारेन्टी नहुने उहाँको भनाई छ । खोपको दुबै […]

संकटको बेलामा खरो रुपमा उत्रीएर एनआरएनले आफनो औचीत्यता पुष्टि गर्‍यो : परराष्ट्र मन्त्री

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गैर आवासीय नेपाली संघले कोभिड १९ मा खेलेको भूमीका प्रशंसायोग्य रहेको बताउनुभएको छ । मन्त्री ज्ञवालीले कोभिड महामारीमा एनआरएनले बलियो उपस्थिती देखाएर संघले आफनो औचीत्यता पुष्टि गरेको बताउनुभयो । ‘संकटको बेलामा पनि खरो रुपमा उत्रीएर संघले आफनो औचीत्यता पुष्टि गर्‍यो’, मन्त्री ज्ञवालीले भन्नुभयो, ‘प्रतिकुलताकाबीच पनि नेपालको आर्थिक, विकासमा एनआरएनएले […]

ओलीको देश विकास प्रतिको महान अभियानमा सहयोग गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री पौडेलको आह्रवान

काठमाडौ । नेकपाका महासचिव तथा नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले प्रवासी नेपालीहरुलाई एकजुट भएर प्रधानमन्त्री केपी ओलीको देश विकास प्रतिको महान अभियानमा एकाकार भएर अघि बड्न पनि आह्वान गर्नुभएको छ । नेपालको गणतन्त्र, लोकतन्त्र र राष्ट्रियताको सवालमा सरकार कटिबद्ध रहनुको साथै विकाश र समृद्धिको लागि पनि हरबखत प्रयत्नशिल रहेर जनताको दुख कष्ट पिर मार्कालाई दुर […]

नयाँ वर्षसँगै पहिलो पटक कोभिड म्याक्सिन लगाउन पाउँदा खुसी छु: एसी शेर्पा

न्यूयोर्क । अमेरिकाको वासिंटन राज्यस्थित सियाटल शहरको अवैतनिक महावाणिज्य दूत तथा गैर आवासीय नेपाली संघ (एनआरएनए ) को सल्लाहकार एसी शेर्पाले नयाँ वर्षसँगै पहिलो पटक कोभिड म्याक्सिन लगाउँन पाउँदा नयाँ वर्षसँगै पहिलो खुसी मिलेको बताउनुभएको छ । विश्वब्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड १९ विरुद्धको खोप लगाउन पाएकोमा खुसी ब्यक्त गदै शूरुमा म्याक्सिन लगाउँदा त्यस्तो […]

चीनमा पनि मनाइयो टोपी दिवस

काठमाडौं : चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास र गैर आवासीय नेपाली संघ (एनआरएनए) चीनको समन्वयमा चीनमा पनि टोपी दिवस मनाइएको छ । एक कार्यक्रम आयोजना गर्दै टोपी दिवस मनाइएको हो । टोपी दिवस कार्यक्रममा चीनमा बस्ने ब्यापारी, विद्यार्थी, विभिन्न कम्पनीमा काम गर्ने नेपाली समुदायको उपस्थिति रहेको एनआरएनए चीनका अध्यक्ष प्रदिप न्यौपानेले जानकारी गराउनुभयो । अध्यक्ष […]

आजबाट अनलाइन मार्फत पुनः श्रम स्वीकृति लिन सकिने

काठमाडौँ । वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली (एफईआईमीएस) बाट शुक्रबार (जनवरी १) देखि संसारको जुनसुकै कुनाबाट पनि पुनः श्रम स्वीकृति लिन सकिने भएको छ । यो व्यवस्थासँगै वैदेशिक रोजगारीमा जाने व्यक्तिले पुनः श्रम स्वीकृति (रिइन्ट्री) लागि श्रम कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।वैदेशिक रोजगारीमा कार्यरत नेपालीले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी […]

कम्बोडियामा बिचल्ली परेका २२ नेपालीलाई एनआरएनएले स्वदेश फर्कायो

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन ) ले वैदेशिक रोजगारका क्रममा कम्बोडियामा बिचल्ली परेका २२ नेपालीलाई उद्धार गरेर स्वदेश फर्काएको छ । विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका नेपालीहरुको भिसा नहुँदा झण्डै ८ महिनादेखि बिचल्लीमा पर्दैै आएका थिए । कन्ट्रक्शनको काम गर्न ३ देखि ६ लाख रुपैयासम्म दलाललाई तिरेर कम्बोडिया पुगेका नेपालीहरु बिचल्ली परेपछि एनआरएनले […]