अस्ट्रेलियाको जिलोङमा ग्रेटर जिलोङ नेप्लीज कम्युनिटी दर्ता

मेल्बर्न : अष्ट्रेलियाको भिक्टोरिया राज्यको मेल्बोर्न पछीको दोस्रो ठुलो शहर जिलोङमा नेपाललाई चिनाउने उद्देश्यले ग्रेटर जिलोङ नेप्लीज कम्युनिटी दर्ता गरिएको छ । वरिष्ठ बैज्ञानिक डा सन्तोष पाण्डेको अध्यक्षतामा सात सदस्यीय कार्य समिति सहितको ग्रेटर जिलोङ नेप्लीज कम्युनिटी दर्ता गरिएको हो । अन्य पदाधिकारीहरुमा इन्जिनियर जीतेन गुरुङ उपाध्यक्ष, कुन्दन जोशी सचिब, उपासना अमात्य कोषाध्यक्ष रहनु भएको […]

विदेशमा कोरोना संक्रमणमुक्त हुने नेपालीको दर उच्च, हालसम्म ३५ हजार ७८ जना निको भए

काठमाडौं : विदेशमा कोरोना संक्रमणबाट मुक्त हुने नेपालीको दर उच्च देखिएको छ । गैर आवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना संक्रमित भएका छन् । ती मध्ये ३५ हजार ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो । विदेशमा ४२ […]

कतारबाट थप ७ नेपाली श्रमीकलाई टिकट काटेर स्वदेश पठाइयो, हालसम्म ३० जनालाई नि:शुल्क टिकट

दोहा : गैर आवासीय नेपाली संघ (एनआरएनए ) कतार यहाँ रहेका नेपालीहरुको लागि निरन्तर रुपमा राहत तथा उद्धारको कार्यमा खटिरहेको छ । विशेष गरि कोभिड १९ महामारीले समस्यामा परेका नेपालीलाई यहाँको स्थानीय सरकारसँग समन्वय गर्दै राहत वितरण अभियान सञ्चालन गरिरहेको छ । जसअन्तर्गत अहिलेसम्म ७ हजार बढी नेपालीलाई राहत वितरण गरिसकेको एनआरएनए कतारले जनाएको छ […]

घरफिर्ती, पुन एकीकरण र रोजगारलाई सहज बनाउन जोड

काठमाडौं : गैर आवासीय नेपाली संघ एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनको मूख्य शत्रका रुपमा ‘आप्रवासी नेपाली कामदार र स्वदेश फिर्ता, पुन एकिकरण र रोजगार’ का विषयमा सरकारी पक्ष, सम्बन्धित विषयका विज्ञ र गैरआवासीय नेपालीहरु वीच छलफल भएको छ । आप्रवासी कामदारको घर फिर्ती, पुन एकीकरण र रोजगार सहज हुनु पर्ने सरोकारवालाको […]

३२ मुलुकबाट ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए, यूएईबाट सबैभन्दा बढी

काठमाडौं : विदेशमा समस्यामा परेका ७६ हजार ९६७ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सिसीएमसी ) का अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट फर्केका हुन् । मुलुक फर्कनेमा सवैभन्दा बढी संयुक्त अरव इमिरेट्सबाट २२ हजार २१४ छन् भने सबभन्दा कम श्रीलङ्काबाट ५ जना छन् । उनीहरु अधिकांश रोजगारीका लागि गएका हुन । […]

एनआरएनए कोभिड- १९ अपडेट : विदेशमा संक्रमणमुक्त हुने नेपालीको संख्या ३४ हजार ५१५ पुग्यो

काठमाडौं : विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप १ जना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ । यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ । योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १७ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या […]

प्रशिक्षण कार्यक्रम गर्दै जनसम्पर्क समिति अष्ट्रेलियाले मनायो बिपी जयन्ती

सिड्नी : अष्ट्रेलियामा विश्वेश्वरप्रसाद कोईरालाको १०७ औं जन्म जयन्ती तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया राज्य समितिको अग्रसरतामा विपी जयन्ती तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण ‘विपी बिचार र अबको राजनीति ‘बिषयमा आयोजना गरिएको हो । नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष एबम संयोजक कृष्ण गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा […]