भदौ १६ गतेदेखि शर्तसहित अन्तर्राष्ट्रिय हवाई उडान शुरु गरिने

काठमाडौं – सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको हो । बैठकले भदौ १६ गतेदेखि शर्तसहित नियमित उडान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिनुभयो । प्रवक्ता खतिवडाका अनुसार पर्यटन मन्त्रालयले दैनिक […]

छोरीहरुको जन्म दिनको अवसरमा क्रिकेट रङ्गशाला निर्माणमा चालिसे परिवारको सहयोग

मेलबर्न – अस्ट्रेलियामा लामो समय देखि बसोबास गर्दै आउनुभएको सुशील चालिसे र पत्नी अनिता भण्डारी चालिसेले आफ्ना दुइ छोरीहरु (छ बर्षिया शायना चालिसे र तीन बर्षिया समिका चालिसे ) को जन्मदिनको अवसरमा सहयोग प्रदान गर्नुभएको छ । बिभिन्न सामाजिक गतिबिधिमा अग्रसर संस्था धुर्मुस सुन्तली फाउन्डेसनको अगुवाइमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि उक्त […]

हालसम्म ४८ हजार ५ सय ४ जना नेपाली कोरोना संक्रमणबाट मुक्त : एनआरएनए

काठमाडौं – नेपाल सहित ५९ हजार ४ सय ११ जनामा कोरोना संक्रमण देखिएकोमा हालसम्म ४८ हजार ५ सय ४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । तीमध्ये ८३ प्रतिशत अर्थात ४८ हजार ५ सय ४ जना कोरोना संक्रमणबाट मुक्त भएको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाले जानकारी दिनुभयो । समितिका अनुसार यो साता संक्रमणका […]

हवाइ सेवा सञ्चालन गर्न नदिए आन्दोलन गर्ने वायु सेवा सञ्चालकको चेतावनी

काठमाडौं – वायु सेवा सञ्चालकहरुले भदौ १६ गतेदेखि हवाइ सेवा सञ्चालन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । वायु सेवा सञ्चालक संघले आज एक विज्ञप्ति जारी गर्दै भदौ १६ गतेदेखि हवाई उडान नखोले आन्दोलनको चेतावनी दिएका हुन । चैतदेखि नै हवाई सेवा बन्द हुँदा हवाई उद्योग धरासायी बनेको र श्रमिक तथा आश्रति परिवारलाई असर गरेको […]

टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार प्रक्रिया शूरु, निःशुल्क उद्धारका लागि ७५ करोड

काठमाडौँ – सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार प्रक्रिया थालेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले निःशुल्क उद्धार निर्देशिका अनुसार श्रम स्वीकृति लिएर विदेश गएर अलपत्र परेका नागरिकको उद्धारका वैदेशिक रोजगार कल्याणकारी कोषको ७५ करोड रुपियाँ रकम छुट्याइएको छ । बोर्डका सूचना अधिकारी दीनवन्धु सुवेदीले […]

‘टिकट काटने पैसा नभएर कामदार अलपत्र, अविलम्ब उद्धार नगरिए अब स्थिती भयावह हुन सक्छ’

यूएई – गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूएईका उपाध्यक्ष पासाङ शेर्पाले टिकट काटने पैसा नभएर नेपाली कामदारहरु अलपत्र भएको विषयमा नेपाली दुतावास र नेपाल सरकारको ध्यानर्कषण गराउँदै अविलम्ब उद्धार नगरिए स्थिति भयावह हुन सक्ने चेतावनी दिनुभएको छ । उपाध्यक्ष शेर्पाले भन्नुभएको छ, ‘श्रम स्वीकृति लिएर आएर पनि कोभिड- १९ का कारण जागिर गुमेर अलपत्र […]

यूकेमा अध्ययन गर्न चाहने विद्यार्थीको आर्कषण बढेको छ : शिशिर रेग्मी

काठमाडौं – सरकारले १ सय २० दिनपछि लकडाउन अन्त्य गरेको छ । लामो दूरीका यातायात, आन्तरिक र बाह्रय हवाई यातायात, शैक्षीक पठनपाठन आगामी भदौ १ गतेदेखि खोल्न दिने निर्णय गरिसकेको छ । लामो समयपछि लकडाउन खुलेसँगै अहिले जनजीवन पनि विस्तारै सामान्यतर्फ उन्मूख भएको छ । विदेशमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरु पनि आफनो गन्तब्यको लागि अग्रशर […]