काठमाडौँ : मलेसियामा कोरोना सङ्क्रमित नेपाली श्रमिक सबैजना निको भएको दावी गरिएको छ । मलेसियामा अहिलेसम्म ८१ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको र उनीहरुमध्ये सबैजसो निको भएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । मलेसियामा दुई हप्ताअघि नै सङ्क्रमित ८१ मध्ये ४८ जना पूर्ण रुपमा निको भएको र ३३ जना निको हुने चरणमा थिए । […]
पीसीआर रिपोर्ट समयमा नआउँदा उडान प्रभावीत काठमाडौं : विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार चार्टर्ड उडानको पूर्वनिर्धारित तालिका परिवर्तन भएको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले गर्न लागेको विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको उद्धार चार्टर्ड उडानको पूर्वनिर्धारित तालिका परिवर्तन गरेको हो । निगमले एक विज्ञप्तिमार्फत उद्धार उडानबाट नेपाल आउने नेपालीले अनिवार्य रुपमा […]
काठमाडौँ : विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारी कोषको रकमबाटै उद्धार गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सोमबार न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीले वैदेशिक रोजगारी कल्याणकारी कोषमा रकम योगदान गरेको हुनाले उनीहरुलाई अप्ठ्यारोमा परेका बेला सोही कोषको रकम खर्च गरेर उद्धार गर्न आदेश दिएको हो […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) ले सरकारलाई १३ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । गैर आवासीय नेपाली संघको तर्फबाट अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा एनआरएनए कल्याणकारी विभागका प्रमुख डा बद्री केसीले सोमवार एक पत्रमार्फत सरकारलाई विदेशमा अलपत्र परेका श्रमिकहरुको तत्काल उद्धारको लागि आग्रह गर्दै १३ बुँदे ध्यानार्कषण पत्र बुझाइएको हो […]
काठमाडौं : कोरोना भाइरसको संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विगत ८ साता लगातार बिभिन्न देशमा नेपालीहरुले ज्यान गुमाएका थिए । यो साता भने कोरोना भाइरसको संक्रमणले कुनै नेपालीले ज्यान गुमाउनु परेन । एनआरएनए अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण दरमा हिजो […]
काठमाडौं : कुवेतबाट नेपाली महिला लिएर आएको दोस्रो जहाज पनि काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । कुवेतबाट आएको दोस्रो जहाजबाट थप १४९ जना नेपाली नागरिकलाई स्वदेश फर्काइएको हो । जजिरा एयरलायन्सको दोस्रो जहाज २ः०० बजे त्रिभुवन विमानस्थलमा ल्याण्ड भएको छ । यसअघि पहिलो फ्लाइटमा १५० जना नेपाली नागरिक स्वदेश फर्किएका थिए । यो सहित कुवेतबाट […]
काठमाडौं: कुबेतबाट १५० जना नेपाली बोकेर आएको विमान त्रिभूवन विमानस्थलमा अवतरण गरेको छ । नेपाली महिलालाई लिएर कुवेत सिटीबाट उडेको जजिरा एयरलाइन्सको विमान बिहीबार मध्याहन्न काठमाडौंस्थित त्रिभुवन विभान स्थलमा अवतरण गरेको हो । जजिरा एयरको दोस्रो विमान पनि बिहीबार दिउँसो थप नेपालीलाई लिएर आउँदै छ । पहिलो उडान मार्फत आएका १५० जना सबै महिला रहेका […]