नेपालमा पिसिआर परीक्षण घटेकै हो ? के हो यथार्थ ?

डा सन्तोष दुलाल विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ कोरोना भाइरस रोग (कोभिड-१९) ले करिब पाँच महिनाको अन्तरालमा नेपालमा सत्र हजार भन्दा बढीको संक्रमण र चालिस जनाको मृत्यु् गराई सकेको अवस्था छ। साथै, आर्थिक, पर्यटन, व्यापार,  शिक्षा र जनस्वास्थ्य क्षेत्रहरुलाई आन्क्रान्त पारेको अनुभव गर्न सकिन्छ । नेपालमा कोरोना प्रसारण र संक्रमणको तथ्यांकलाई विश्लेषण गर्दा, पहिलो संक्रमणबाट […]

कोरोनाको ‘हट स्पट’ दैलेखमा कसरी भयो संक्रमितको उपचार ?

काठमाडौं– छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै त्यहाँ रहेका नेपालीको घर फर्किने क्रम सुरु भयो। एकै पटक हजारौंको संख्यामा नेपाली फर्किएपछि तिनीहरुको व्यवस्थापन गर्न सरकारलाई निकै गाह्रो परेको थियो। क्वारेन्टाइन व्यवस्थित गर्न नसक्दा कतिपयको क्वारेन्टाइनमै ज्यान गयो। यस्तै समस्या भोगिरहेका थियो, दैलेखको दुल्लु नगरपालिकाले पनि। भारतबाट आउनेको भीड बढ्न थालेपछि नगरपालिकाले १३ वटै वडामा […]

किन आवश्यक छ यौनिकता शिक्षा?

शर्मिला पोख्रेल युनेस्कोले बृहत यौनिकता शिक्षालाई यसरी परिभाषित गरेको छ, ‘वैज्ञानिक रुपमा सही, यथार्थपरक, कुनै पनि निर्णायक जानकारी प्रदान गरेर उमेर उपयुक्त, सांस्कृतिक रूपमा प्रासंगिक दृष्टिकोण राखेर यौन र यौन सम्बन्धको बारेमा सिकाउने अथवा पढाउने  शिक्षा नै बृहत यौनिकता शिक्षा हो।’ विश्वका कुल जनसंख्याको एक चौथाइभन्दा बढी हिस्सा किशोर-किशोरीले ओगटेका छन्, जुन  १०-२४   वर्ष […]

कोरोनाको पहिलो आक्रमण फोक्सोमै किन ? कसरी नष्ट गर्छ फोक्सो ?

प्रेचन थपलिया ३१ डिसेम्बर २०१९ मा पहिलो पटक चीनको वुहान सहरमा देखिएको कोरोना भाइरसको आतंक आज ६ महिना बितिसक्दा पनि सामान्य हुन सकेको छैन। लकडाउन फितलो हुँदै गए पनि भाइरसको त्रास र सङ्क्रमण हुनेको सङ्ख्या भने झन् बढिराखेको छ। विश्वमै स्वास्थ्य क्षेत्रमा सङ्कटकाल निम्त्याएको यो भाइरस नयाँ भएकाले धेरै अध्ययन र अनुसन्धान भइराखेका छन्। आजका […]

गर्भवती अवस्थामा मुटुको भल्भमा देखिने समस्या : पहिचान र आवश्यक सतर्कता

डा प्राण श्रेष्ठ २५ वर्षीया महिलालाई पहिलो बच्चा जन्माउनका लागि ३५ हप्ताको गर्भावस्थामा अस्पताल ल्याइन्छ। बच्चाले खेल्ने पानी अत्यन्त कम भएकोले तुरुन्त शल्यक्रिया गरी बच्चा जन्माउनुपर्ने हुन्छ। शल्यक्रियापूर्व गरिने सम्पूर्ण जाँच गरी आमालाई शल्यक्रिया कक्षमा लगिन्छ। साधारणतयाः अन्य धेरै बच्चा पेट चिरेर निकालिने शल्यक्रिया जस्तै यसमा पनि ढाडदेखि तल मात्र बेहोस पारी शल्यक्रिया गरिन्छ। करिब […]

अबदेखि शुल्क तिरेर कोभिड–१९ परीक्षण गराउन पाइने, शुल्क पाँच हजार ५०० तोकियो

काठमाडौँ : अबदेखि इच्छाएको बेला शुल्क तिरेर कोभिड–१९ परीक्षण गर्न पाइने भएको छ । सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको हो । स्वास्थ्यमन्त्री भानुभक्त ढकाललको अध्यक्षतामा यही असार २४ गतेको मन्त्रिस्तरीय निर्णयबाट प्रत्येक प्रदेशमा एक प्रयोगशालालाई शुल्क तिरेर निर्देशिका भन्दाबाहेकका नमूना परीक्षण गर्न पाउने व्यवस्था गरेको […]

नेपालमा कोरोना संक्रमितमध्ये ४६ प्रतिशत डिस्चार्ज, चार जिल्ला कोरोनामुक्त

काठमाडौं : नेपालमा कोरोना संक्रमण घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय नेपालमा कोरोना संक्रमण घट्दै गएको हो । त्यस्तै, नेपालमा संक्रमितमध्ये निको हुनेको संख्या भने बढ्दै गएको छ । नेपालमा कोरोना भाइरस संक्रमितमध्ये ४६ प्रतिशतले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म संक्रमितमध्ये […]