रोयल वेस्टर्न क्लबद्वारा खेलाडीलाई आर्थिक सहयोग

मेलबोर्न । अस्ट्रेलियाको मेलबोर्नमा अबस्थित रोयल वेस्टर्न क्लबले फुटबल खेलाडी अरुण के सी लाइ आर्थिक सहयोग प्रदान गरेको छ । क्लबका पदाधिकारी लगायत सदस्यहरुबाट उठेको १४०० डलर एक समारोह बीच हस्तान्तरण गरिएको हो । गत अप्रिलमा अस्ट्रेलियाको एडलेडमा आयोजित गिरिस कप प्रतियोगितामा भएको खेलको दौरानमा उहाँलाइ खुट्टामा चोट लागेको थियो । केहि हप्ता आराम गर्नु […]

कोरोनाविरुद्ध लड्न सन्दीपद्वारा ३ लाख सहयोग

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले कोरोना भाईरसविरुद्ध लड्न ३ लाख सहयोग गरेका छन् । राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण खेलाडी सन्दीपले सोमबार कोरोनाविरुद्ध लड्न ‘टिम सन्दिप लामिछाने’ अभियानको घोषणा गर्दै उक्त सहयोग गरेका हुन् । सन्दीपले गत वर्षपनि कोरोना राहत कोषमा १ लाख सहयोग गरेका थिए । सन्दीपले ‘टिम सन्दिप लामिछाने’ अभियानबाट आर्थिक संकलन गर्नेछन् । […]

गोल्ड मेडलिस्ट कार्कीलाई ग्लोबल मार्क एजुकेसनको सम्मान

मेलबर्न। आइसीयन प्रतिस्पर्धामा गोल्ड तथा ब्रोन्ज मेडल बिजेता अनिल जङग कार्कीलाई ग्लोबल मार्क एजुकेसन एन्ड भिजा सर्भिसेजले सम्मान गरेको छ । कार्कीले तास्मानियाको होबर्टमा सम्पन्न भएको आइ कम्पिट नेचुरल आइसीयन प्रतिस्पर्धामा मेन्स फिजिक फस्र्त टाइमर बिधामा गोल्ड मेडल र मेन्स फिजिक रुकि बिधामा ब्रोन्ज मेडल हात पार्नु भएको थियो । उहाँ तास्मानियाको बिश्वबिद्यालयबाट आइ।टी।मा स्नातक […]

गल्कोट स्पोर्टस् क्लव : टोकियो ईतिहास रच्दै बन्यो फेरी पनि प्रथम

टोकियो । गल्कोट समाज क्षेत्रीय समिति नागोया जापानले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले हात पारेको छ।अप्रिल २७ तारिक मंगलबार नागोयामा आयोजित प्रतियोगितामा जापानका बिभिन्न स्थानबाट ११ टोलिको सहभागिता रहेको थियो। प्रतियोगिताको फाईनलमा गल्कोट स्पोर्ट्स क्लव टोकियो जापान र गुम्बा भलिबल गाईज पुगेका थिए। दुई पोलमा बिभाजित गरेको टाईसिटमा गल्कोट स्पोर्टस् […]

गल्कोट स्पोट्स क्लबले छैटौ रनिङ सिल्भरकप प्रतियोगिता मे महिनाको २४ तारिख गर्दै

टोकियो । जापानको टोकियोमा स्थापित गल्कोट स्पोर्टस क्लब टोकियोले आफ्नो ७ औं बार्षिक उत्सबको अवसरमा हरेक बर्ष सम्पन्न गर्दै आईरहेको पुरुष भलिबल प्रतियोगिता यस पटक मे २४ तारिक सोमबार टोकियोको ओता सिटी हिगासी कामतामा गर्ने निर्णय गरेको छ । अप्रिल १९ तारिक कार्यसमितीको भर्चुअल बैठकबाट अध्यक्ष लक्ष्मण कार्कीको संयोजकत्वमा प्रतियोगिता संचालन मुल आयोजक समिती गठन […]

नेपाललाई थ्री नेसन्स कपको उपाधि

काठमाडौं । ३७ वर्षपछि नेपालले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जीतेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउन संजोक राई र विशाल राई ‘बी’ ले एक एक गोल गरे । बंगलादेशका महबुबुर रहमानले एक गोल फर्काए । […]

एनआरएनएको खेलकुद प्रतिष्ठान र केल्मीबीच सहकार्य, ९ बुँदे सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) को खेलकुद प्रतिष्ठान र केल्मीको नेपाल वितरक कमारु ट्रेडिङं प्रा.लिं. बीच ९ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठाको खेलकुद विकास र प्रबद्र्धन अभियानमा सहयोग तथा सहकार्य गर्ने उद्देश्यले विभिन्न ९ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको हो । संघको सचिवालयमा आयोजित एक कार्यक्रमका […]