काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बाग्मती प्रदेशस्तरीय छनोट प्रतियोगिता बिहीबारबाट राजधानीमा शुरु हुने भएको छ ।प्रतियोगितामा बाग्मतीका सात टोलीबीच प्रतिस्पर्धा हुने प्रदेश क्रिकेट सङ्घले जनाएको छ । सो प्रतियोगितामा वाग्मती प्रदेशका ६ जिल्ला तथा त्रिभुवन विश्व विद्यालयको टोली सहभागी हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा खेलाइने सङ्घले […]
एजेन्सी । म्यान्चेस्टर सिटीका फरवार्ड ग्याब्रियल जिसस र डिफेन्डर केएल वाल्करलाई कोरोना भाइसको संक्रमण भएको छ ।संक्रमित खेलाडी तथा कर्मचारीलाई प्रिमियर लिग र सरकारको मापदण्ड अनुसार आइसोलेसनमा राखिएको छ ।सिटीले डिसेम्बर २६ मा न्युक्यासल युनाईटेड, त्यसको दुई दिनपछि एभर्टन र जनवरी ३ मा चेल्सीसंग खेल्दैछ । दुई खेलाडीले अब यी दुबै खेल गुमाउन सक्ने जनाइएको […]
एजेन्सी । लियोनल मेस्सीले बार्सिलोनाबाट ६ सय ४४ गोल गर्दै ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान भंग गरेका छन् । स्पेनिस ला लिगा फुटबलमा मंगलबार बार्सिलोनाले रियल भालाडोलिड ३–० ले पराजित गरेको खेलमा मेस्सीले समेत गोल गरे । मेस्सीले एकै क्लबबाट सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमानलाई भंग गरेका हुन् । मेस्सीले बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए […]
एजेन्सी । बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की फिफा वर्ष अवार्ड प्रदान गरिएको छ । अवार्डका लागि मनोनयनमा परेका लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्कीले उपाधि जितेका हुन् । लेवान्डोस्कीले ५२ अंक पाएका थिए भने रोनाल्डोले ३८ र मेस्सीले ३५ अंक पाएका थिए । लेवान्डोस्कीले यो अवार्ड जितेको पहिलोपल्ट हो । विजेताको घोषणा राष्ट्रिय […]
काठमाडौँ । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त हुनु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले उहाँलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको शुक्रबार जानकारी दिएको हो । मुख्य प्रशिक्षकका लागि उहाँसहित १० जनाको आवेदन परेको थियो ।
काठमाडौँ । नेपाल भलिबल संघ (एनभिए) ले २०२१ मा चीनले आयोजना गर्ने एसियन महिला भलिबल च्याम्पियनसिपमा टिम पठाउने भएको छ । बुधबार बसेको एनभिएको कार्यसमिति बैठकले सन् २०२१ मा चीनको गोन्जाओ शहरमा एसियन च्याम्पियनसिपमा नेपाली टोलीलाई पठाउने निर्णय गरेको हो । एसियन च्याम्पियनसिप अगष्ट २९ बाट सेप्टेम्बर ५ सम्म चल्नेछ । नेपाल भलिबल संघले एसियन […]
एजेन्सी – ईङ्लिस प्रिमियर लिग फुटबलमा आज (बुधबार) राति ६ खेल हुँदैछ । तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलले घरेलु मैदान एनफिल्डमा टोटेनहमलाई आतिथ्यता प्रदान गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने २ बजे सुरु हुनेछ । घरेलु टोली लिभरपुलले जोएल माटिपको फिटनेस हेरेर निर्णय गर्नेछ भने मिडफिल्डर नाबी केईटाले प्रिमियर लिगको ५० औं खेलमा […]