एजेन्सी: म्यानचेष्टर युनाईटेडले ईन्टरनेश्नल च्याम्पियन्स कपमा जित हासिल गरेको छ । शनिबार सिंगापुरको नेश्नल स्टेडियममा भएको खेलमा युनाईटेडले ईन्टर मिलानलाई १–० गोल अन्तरले हराएको हो । युनाईटेडको जितमा मिसन ग्रिनउडले खेलको ७८ औ मिनेटमा विजयी गोल गरे । दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ग्रिनउडले युनाईटेडका लागि सिजनको दोस्रो गोल गरेका हुन् । […]
पोखरा : गैर आवासीय नेपाली संघले प्रथम एनआरएनए जापान गण्डकी प्रदेशस्तरीय पुरुष भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । एनआरएनए जापानको सहभागितामा प्रथम एनआरएनए जापान गण्डकी प्रदेश स्तरीय पुरुष भलिवल प्रतियोगिता आयोजना गरिन लागिएको हो । बिभिन्न क्षेत्रमा आफ्नो सहभागिता देखाउदै आएको एनआरएनए जापानले एक फरक बिषय खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको जनाइएको छ । […]
काठमाडौं : कतारमा आयोजना हुने सन् २०२२ को विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटमा नेपाल समूह ब मा परेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह ‘बी’ मा परेको हो । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् । दोस्रो चरणको छनोट […]
एजेन्सी : घरेलु टोली इंग्ल्याण्डले १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । लण्डनमा आइतबार भएको रोमान्चक फाइनलमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्याण्डले उपाधि जितेको हो । योसँगै इंग्ल्याण्डले पहिलो पटक एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । र, एकदिवसीय विश्वकप जित्ने नयाँ राष्ट्र बनेको छ । न्युजिल्याण्ड भने पुन: फाइनलमा पराजित […]
काठमाडौं : राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)) तोकिएकै मितिीमा गर्ने घोषणा गर्नुभएको छ । खेलकूद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले साग र नवौँ राष्ट्रिय खेलकूद तोकिएको मितिमा सम्पन्न गर्न चुनौती रहे पनि त्यसको सामना गरेर सोही मितिमा गरिने बताउनुभयो । यही वर्षको डिसेम्बर १ देखि […]
एजेन्सी: पूर्व विश्व नम्बर एक सिमोना हालेपले विम्बल्डन टेनिसको उपाधि जितेकी छिन् । शनिबार भएको फाइनलमा सेरेना विलियम्सलाई पराजित गर्दै हालेप च्याम्पियन बनेकी हुन् । रोमानियाकी सातौं वरियता प्राप्त हालेपले अमेरिकाकी सेरेनालाई ६-२ र ६-२ को सेटमा पराजित गरिन् । सेरेनाविरुद्ध जित निकाल्न हालेपले ५६ मिनेटको समय निकालिन । योसँगै हालेपले पहिलो पटक विम्बल्डन टेनिसको उपाधि जित्न सफल भएकी छिन् । हालेप विम्बल्डन टेनिसको उपाधि […]
एजेन्सी: साविकको विजेता अष्ट्रेलियालाई पराजित गर्दै इंग्ल्यान्ड घरेलु मैदानमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बर्मिघममा बिहिबार भएको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इंग्ल्याण्ड उपाधि नजिक पुगेको हो । पाँच पटकको विजेता अष्ट्रेलिया भने सेमिफाइनलबाटै बाहिरिएको छ । अब इंग्ल्याण्डले उपाधिका लागि आइतबार न्युजिल्याण्डसँग खेल्नेछन् । न्युजिल्याण्ड […]