एजेन्सी : अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जापानले सहज जित निकालेको छ । आइतबार भएको खेलमा जापानले एल साल्भाडोरलाई २-० ले पराजित गरेको हो । जापानको जितमा केन्सुके नागाईले दुई गोल गरे । उनले दुवै गोल पहिलो हाफमा गरेका थिए । खेलको १९ औं मिनेटमा नागाईले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४१ औं […]
एजेन्सी : युरो कप छनोटमा टर्कीले फ्रान्सलाई स्तब्ध पारेको छ । युरो छनोटमा लगातार तेस्रो जित निकाल्ने क्रममा आईतबार राति टर्कीले फ्रान्सलाई २–० ले हराएको हो । कान आयहानले खेलको ३० औ मिनेटमा घरेलु मैदानमा टर्कीलाई सुरुवाती अग्रता दिलाएका थिए । सेन्गिज अन्डरले ४० औ मिनेटमा टर्कीका लागि दोस्रो गोल गर्दै विश्व विजेता फ्रान्सलाई स्तब्ध […]
एजेन्सी : एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा घरेलु टोली इंग्ल्यान्डले बंगलादेशलाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितमा लागि ३ सय ८७ रनको विशाल लक्ष्य पछ्पाएको बंगलादेश ४८.५ ओभरमा अल आउट हुँदै २ सय ८० रनमा समेटियो । बंगलादेशका लागि अलराउण्डर सकिब अल हसनले उत्कृष्ट शतक प्रहार गरेपनि टोलीको […]
एजेन्सी : न्युजिल्याण्डले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार तेस्रो जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै न्युजिल्याण्डले अपराजित यात्रा कायम राखेको हो । अफगानिस्तानले दिएको १७३ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले ३२ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । न्युजिल्याण्डको जितमा […]
एजेन्सी: इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शनिबार) दुई खेल हुँदैछ । कार्डिफमा शनिबार हुने पहिलो खेलमा आयोजक इंग्ल्याण्ड र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ। सोफिया गार्डेन्समा इंग्ल्याण्ड र बंगलादेश दोस्रो जितको खोजीमा हुने छन् । दुवै टिम जित निकाल्दै अंक […]
एजेन्सी : निरन्तर वर्षासँगै एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तान र श्रीलंकाबीचको खेल रद्द भएको छ । वर्षाको कारण निर्धारित समय भन्दा झण्डै पाँच घण्टा सम्म रोकिएको खेल अनन्त रद्द भएको हो । योसँगै दुबै टोलीले १/१ अंक बाडेंका छन् । यो सँगै श्रीलंका र पाकिस्तान समान ३ खेलमा १ मा जित र १ मा हारका […]
एजेन्सी : एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज एसियाली राष्ट्र पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैँ छ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ देखी ब्रिस्टलमा सुरु हुने छ । पाकिस्तान र श्रीलंका दुबै लगातार दोस्रो जितको खोजिमा छन् । पहिलो खेलमा वेस्ट इन्डिजसँग स्तब्ध भएको पाकिस्तानले दोस्रो खेलमा उपाधिको दाबेदार इंग्ल्यान्डलाई १४ रनले […]