एजेन्सी : इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले वेष्ट इण्डिजलाई जितका लागि २८९ रनको लक्ष्य दिएको छ । नटिङघममा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभर अलआउट हुँदै २८८ रन बनायो । खराब सुरुवात गरेको अष्ट्रेलियाको सम्मानजनक स्कोरमा नाथन कल्टर नाइलले ४ छक्का र ८ चौकाको मद्दतले ९२ रनको अर्धशतकीय खेले । यस्तै स्टिभ स्मिथले ७३ रनको […]
काठमाडौं: विश्वकप छनोटको तयारीमा रहेको नेपालले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा फिफा वरियतामा आफूभन्दा ३६ स्थान माथिको चाईनिज ताईपेसँग १-१ गोलको बराबरी खेलेको छ । चाईनिज ताईपेको मैदानमा सुरुवाती गोलको अग्रता उल्टाएर नेपालले बराबरी खेलेको हो । पहिलो हाफमा १-०ले पछि परेको नेपालले दोस्रो हाफमा अभिषेक रिजालको गोलबाट बराबरी गोल फर्किएको थियो । खेलको ४० औं मिनेटमा उ […]
एजेन्सी: एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज उपाधिको प्रमुख दाबेदार अष्ट्रेलिया र विष्फोटक ब्याट्सम्यानले भरिएको वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार ३:१५ देखी सुरु हुने छ । दुवै टोली लगातार दोस्रो जित निकाल्ने सोचमा छन् । पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई तथा वेस्ट इन्डिजले पाकिस्तानलाई समान ७ विकेटले पराजित गरेका थिए । […]
एजेन्सी : ब्राजिली स्टार नेयमारले कोपा अमेरिका गुमाउने पक्का भएको छ । ब्राजिली फुटबल महासंघले चोटका कारण नेयमार कोपा अमेरिका गुमाउने पक्का भएको जनाएको हो । बिहिबार बिहान कतारविरुद्वको मैत्रीपुर्ण खेलमा उनले गम्भिर चोट बोकेका थिए । उनी २१ औ मिनेटमा मैदान छाड्न बाध्य भएका थिए । उनको दाहिने खुट्टाको लिगामेन्ट भाँचिएको उपचारमा संलग्न चिकित्सकले […]
एजेन्सी: मैत्रीपुर्ण खेलमा ब्राजिलले कतारलाई पराजित गरेको छ । बिहिबार बिहान भएको खेलमा ब्राजिलले कतारलाई २–० ले हराएको हो । २१ औ मिनेटमा गम्भिर चोट बोक्दै नेयमार मैदान बाहिरिन बाध्य भए ।कोपा अमेरिकाको तयारीमा रहेको ब्राजिलले एसियन कप च्याम्पियन कतारसंग मैत्रीपुर्ण म्याच खेलेको थियो । पेरिस सेन्ट जर्मेन पीएसजी स्टार नेयमारको फिटनेशले ब्राजिललाई चिन्तित बनाएको थियो […]
एजेन्सी: भारतले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा दक्षिण अफ्रीकालाई ६ विकेटले पराजित गर्दै भारतले सुखद सुरुवात गरेको हो । साउथह्याम्पटनमा दक्षिण अफ्रीकाले दिएको २२८ रनको मध्यम लक्ष्य भारतले ४७ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा रोहित शर्माले […]
एजेन्सी: नेसन्स लिग फुटबलमा पोर्चुगल फाईनलमा प्रवेश गरेको छ । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा स्विटजरल्याण्डलाई ३–१ गोल अन्तरले हराउँदै पोर्चुगल फाईनल प्रवेश गरेको हो । खेलको २५ औ मिनेटमा फ्रिकिकमा गोल गर्दै रोनाल्डोले टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । ५७ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै स्विटजरल्याण्ड खेलमा फर्किएको थियो । रिचार्डो रोड्रिग्वेजले स्विस […]