विश्वकप क्रिकेट: दक्षिण अफ्रीकाले भारतलाई दियो २२८ रनको लक्ष्य

एजेन्सी:  इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाले भारतलाई जितका लागि २२८ रनको मध्यम लक्ष्य दिएको छ । साउथह्याम्पटनमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २२७ रन बनायो । दक्षिण अफ्रिकाका लागि क्रिस मोरिसले सर्वाधिक ४२ रनको योगदान गरे । यस्तै कप्तान फाफ […]

विश्वकप क्रिकेट: आज उपाधि दाबेदार भारत र दक्षिण अफ्रिकाबीचमा प्रतिस्पर्धा हुँदै

एजेन्सी:  आईसीसी विश्वकप क्रिकेटमा भारतले आफ्नो पहिलो खेल खेल्दैछ । भारतीय टिम साउथह्याम्टनमा दक्षिण अफ्रीकाविरुद्व खेल्दै प्रतियोगिताको सुरुवात गर्न लागेको हो । भारतले विश्वकप अघि वर्मअप म्याचमा खासै गतिलो छाप छाड्न सकेको थिएन । न्युजिल्याण्डसंग हारेको भारतले बंगलादेशलाई हराएको थियो । तर मुख्य प्रतियोगिताको सुरुवात गर्न लागेको भारतीय टिमलाई गल्ती गर्ने कुनैपनि छुट उपलब्ध छैन […]

विश्वकपमा श्रीलंकाको पहिलो जित

एजेन्सी:  श्रीलंकाले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पहिलो जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा अफगानिस्तानलाई डीएल पद्दतिको आधारमा ३४ रनले पराजित गर्दै श्रीलंकाले पहिलो जित निकालेको हो । कार्डिफमा वर्षाले प्रभावित खेलमा श्रीलंकाले दिएको १७८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ३२ ओभर ४ बलमा अलआउट हुँदै १५२ रन मात्र बनाउन […]

श्रीलंकाले अफगानिस्तानलाई दियो १७८ रनको लक्ष्य

एजेन्सी : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले अफगानिस्तानलाई जितका लागि १७८ रनको लक्ष्य दिएको छ । कार्डिफमा वर्षाले प्रभावित खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३६ ओभर ५ बलमा अलआउट हुँदै २०१ रन बनायो । तर, वर्षाको कारण दुई पटक रोकिएपछि ४१ ओभरमा झारिएको खेलमा श्रीलंकाले डीएल पद्दतिको आधारमा अफगानिस्तानलाई १७८ रनको नयाँ लक्ष्य दिएको हो  । श्रीलंकाका लागि कुशल परेराले ७८ […]

विश्वकप क्रिकेट: श्रीलंका र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी: इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (मंगलबार) एक खेल हुँदैछ । कार्डिफमा मंगलबार हुने एक मात्र खेलमा दुई दक्षिण एसियाली राष्ट्र श्रीलंका र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ। सोफिया गार्डेनमा मैदान उत्रदा दुवै टोली पहिलो जितको खोजीमा रहने छन् । पहिलो खेल गुमाएको दुवै टोली दोस्रो […]

पाकिस्तानसँग इंग्ल्याण्ड स्तब्ध

एजेन्सी : पाकिस्तानले इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा आयोजक इंग्ल्याण्डलाई १४ रनले पराजित गर्दै पाकिस्तानले पहिलो जित निकालेको हो । नटिङघममा पाकिस्तानले दिएको ३४९ रनको फराकिलो लक्ष्य पछ्याएको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३३४ रन मात्र बनाउन सक्यो । इंग्ल्याण्डका जोय रुट र जोस बट्लरले […]

इंग्ल्याण्डलाई पाकिस्तानको ३४९ रनको फराकिलो लक्ष्य

एजेन्सी :  आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले इंग्ल्याण्डलाई जितका लागि ३४९ रनको फराकिलो लक्ष्य दिएको छ । इंग्ल्याण्डको नटिङघममा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३४८ रन जोड्यो । पाकिस्तानका लागि मोहमद हाफिज, बाबर आजम र सर्फ्राज अहमेदले अर्धशतकीय इनिङ्स खेले । पाकिस्तानको उच्च स्कोरमा हाफिजले ८४, आजमले ६३ तथा […]