विदेशबाट फर्केका र नेपालमै बेरोजगार भएकालाई सीपमुलक तालिम दिन ४ अर्ब ३४ करोड

काठमाडौं : विदेशबाट आएका र नेपालमै बेरोजगार भएकाहरुलाई सीपमुलक तालिम दिनका लागि सरकारले ४ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ । बिहीबार अर्थमन्त्री डा.युवराज खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै विभिन्न सीपमुलक तालिम दिएर बेरोजगारलाई रोजगारी दिन लागिएको जानकारी गराउनुभएको हो ।

बेलायतमा जुनदेखि लकडाउन थप सहज पार्ने तयारी

लन्डन :  बेलायतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या विगत केहि दिनदेखि ओरालो लाग्दै गइरहँदा विगत ९ हप्तादेखि जारी लकडाउन अब बिस्तारै खुकुलो हुने क्रममा छ । गत २४ घन्टामा बेलायतमा कोरोना संक्रमणबाट १ सय ३४ जना मानिसको मृत्यु भएको छ । हालसम्म यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३७ हजार १ सय […]

नेपालमा कोरोनाको प्रभाव न्यून गर्न एसियाली विकास बैंकको ३० अर्ब सहुलियत ऋण स्वीकृत

काठमाडौँ : एसियाली विकास बैंकले नेपालको सार्वजनिक स्वास्थ्य प्रणाली थप सुदृढ गर्न र कोरोनाका कारण गरिब वर्गमा पर्ने प्रतिकूल आर्थिक तथा सामाजिक प्रभावलाई न्यून गर्न झण्डै रु ३० अर्ब २५ करोड (२५ करोड अमेरिकी डलर) सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त परिमाणको सहुलियतपूर्ण ऋणले कोरोनाविरुद्ध लड्न थप सहयोग पुग्ने […]

फ्रान्समा लकडाउन खुलेसँगै संयुक्त समितीद्धारा राहत वितरण अभियान समाप्त भएको घोषणा

पेरिस (फान्स ) : कोभिड १९ संयुक्त सहयोग समिति फ्रान्सले अहिलेको अवस्थामा सहयोगको लागि कुनै अनुरोध नआएको र लकडाउन पनि खुलिसकेको अवस्थालाई मध्यनजर गरि राहत वितरण अभियान समाप्त भएको जानकारी गराएको छ । संयुक्त सहयोग समितिले ९२ जना विद्यार्थीरुलाई ७५ युरोको दरले कुल ६ हजार ९०० युरो र कागजी प्रक्रियामा रहनु हुने ८ जनालाई १०० […]

कोरोना भाइरसबाट विश्वभर १ सय १७ नेपालीको मृत्यु, १२ हजार ८ सय ११ जना संक्रमीत

मृत्यु हुनेमा ५० वर्ष भन्दा माथि उमेर समूहका ५३ प्रतिशत काठमाडौं : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (२३ मे २०२०) साँझसम्म मृत्यु हुने नेपालीहरुको संख्या १ सय १७ पुगेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । […]

विदेशी कामदारले ६० दिनभित्र नयाँ रोजगारदाता नखोजे अमेरिका छाड्नुपर्ने

न्यूयोर्क : अप्रिल महिनामा अमेरिकामा बेरोजगारी दर १४ दशमलव ७ प्रतिशतले बृद्धि भयो । एकमहिनाको अवधिमामात्र अमेरिकामा २० मिलियनले काम गुमाएको रिपोर्टले देखाएको छ । एक्कासी काम गुमाउँदा त्यसको असर जोसुकैलाई पनि पर्छ तर कामदार भिसा एचवान बीमा अमेरिकामा रहेकाहरुलाई पर्ने असर भने निकै डरलाग्दो रहेको छ । अमेरिकामा कामदार भिसा एचवानबीमा रहेकाहरुले काम गुमाएको […]

बेलायतमा विभिन्न पार्टी निकट संगठनद्धारा सीमा अतिक्रमणको विरोध, भारतीय हाई कमिसनमा ज्ञापनपत्र

तस्विर : शिव भण्डारी लन्डन : बेलायतमा विभिन्न पार्टी निकट संगठनहरुले संयुक्त रुपमा सिमा अतिक्रमणको विरोध गरेका छन् । बेलायतमा रहेर नेपाली राजनीतिलाई सहयोग गरिरहेका राजनीतिक दल निकट संगठनहरुले भारतद्वारा नेपाली भूभाग माथि गरिएको अतिक्रमणको विरोध गरेका हुन । भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा, महाकाली नदी हुँदै तिव्वतको मानसरोवर जाने सडक निर्माण गरेपछि बेलायतस्थित नेकपा, […]