‘तिमी नेपाली हैन भन्छन्, तर मेरो पदक नेपाललाई हो’

हिम बिक्रम केसी/काठमाडौं ओलम्पियन पौडीबाज गौरिका सिंहले बिहिबार कीर्तिमानी स्वर्ण जितिन् । साग खेलकुदको ईतिहासमा उनले पौडीको ब्यक्तिगत स्पर्धामा पहिलो स्वर्ण हात पारिन् । हुन त गौरिका बेलायतमा बस्छिन् । उतै प्रशिक्षण गर्छिन् । उनी खेल्न भने नेपाल आउँछिन् । कारण उनका बुवा, आमा दुवै नेपाली हुन् । परिवार स्थायी रुपमा लण्डनमा बस्छ । तर […]

सागमा लागतार दुई स्वर्ण जित्ने खेलाडी बनिन् निमा

काठमाडौँ: अहिले तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग) मा नेपाल पदक तालिकाको शीर्ष स्थानमा छ । नेपालले हालसम्म ३९ स्वर्ण, १४ रजत र १९ कास्यसहित कुल ६२ पदक जितेको छ । बिहिबार भएको उसुको नानछ्वान अलराउन्डमा निमा घर्तिमगरले स्वर्ण पदक जितेकी छिन् । उनले खेलको पहिलो राउन्डमा ९.१३ अंक जोडिन् भने दोस्रो राउन्डमा जोडीन् । समग्रमा […]

ईतिहास जित्नेकै लेखिन्छ, यदी जित्नेको ईतिहास लेख्ने हो भने अनुपमाको छुट्न हुदैन

हिम बिक्रम केसी /काठमाडौं बुधबार कराँतेको ६८ केजीमाथि कुमुतेमा अनुपमा मगरले स्वर्ण जितिन् । एसियन गेम्सकी पाकिस्तानी पदकधारीलाई हराउँँदै अनुमपाले स्वर्ण जितेकी हुन् । भनिन्छ, ईतिहास जित्नेकै लेखिन्छ । यदी जित्नेको ईतिहास लेख्ने हो भने अनुमपा मगरको ईतिहास छुट्न हुदैन । एक ईतिहास उनका बारेमा लेख्न हकै लाग्छ । अनुपमाले रचेको ईतिहास माओबादी युद्वको पृष्ठभुमीमा […]

साइक्लिङमा नेपाललाई दुई स्वर्ण, नेपालले स्वर्णको संख्या २७ पुर्‍यायो

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत साइक्लिङमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । गोर्कणस्थित शहीद पार्कमा बुधबार भएको डाउनहिलको पुरुषतर्फ राजेश मगर र महिलामा निश्मा श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाए । सोही स्पर्धामा पुरुषतर्फ नेपालका निरभ श्रेष्ठले रजत पदक जिते भने महिलातर्फ नेपालकी जमुना थापाले रजतपदक हात पारिन् । दक्षिण […]

१३ औं साग : करातेमा नेपाललाई १० स्वर्ण

काठमाडौं : काठमाडौंमा जारी तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत करातेको कुमुतेतर्फ नेपालकी अनुपमा मगरले स्वर्णपदक हात पारेकी छन् ।  महिला ६८ केजी माथिको तौल समूहको फाइनलमा अनुपमाले पाकिस्तानी खेलाडीलाई हराएर नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । अनुपमाले पाकिस्तानकी नार्गिसलाई ६–३ ले पराजित गरिन् । त्यसअघि अनुपमा श्रीलङ्काकी विजेकुन मोहम्मदलाई ७–४ ले पराजित गर्दै फाइनमा पुगेकी […]

उसुमा नेपालका दिपकलाई स्वर्ण

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत उसुको थाउलो नानगुनमा नेपालका दिपक हमालले स्वर्ण जितेका छन् ।लगनखेलस्थित आर्मी कभर्डहलमा दिपकले १९।३२ अंक ल्याएर स्वर्ण जितेका हुन् । भारतका साजन लामाले रजत र बंगलादेशका अमीर हुसेनले कास्य जिते ।

सागमा आज १६ खेल, यस्तो छ खेल तालिका

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (सा) अन्तर्गत बुधबार १६ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागमा बुधबार एथ्लेटिक्स, कराँते, तेक्वान्दो, उसु, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, खो खो, सुटिङ, टेबलटेनिस, ट्रायथोलन, टेनिस, कबड्डी र ह्यान्डबल उसुको प्रतिस्पर्धा हुँदैछन् । महिला क्रिकेट, ब्याडमिन्टन, ट्रायथलन र ह्यान्डबल पोखरामा हुनेछ भने बाँकी खेल काठमाडौंमा हुनेछ । यस्तो छ […]