सागको उद्घाटन अघि तीन खेल हुने

काठमाडौं:  तेह्रौ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग )को उद्घाटन अघि तीन खेल शुरु हुने भएको छ । यस खेलको तालिकाको टुङ्गो लागेको छ । तालिका अनुसार उद्घाटन अघिनै भलिबलका खेल सुरु हुने भएको हो । सागको टुङ्गो लागेको तालिका अनुसार मंसिर ११ बाट भलिबलका खेलहरु सुरु हुनेछ । भलिबलका खेलहरु काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् […]

च्याम्पियन्स लिगमा लिभरपुल र बार्सिलोनाको परिक्षा

एजेन्सी : युईएफए च्याम्पियन्स लिग फुटबलमा आज (बुधबार) विभिन्न समूहको आठ खेल हुँदैछ ।  समूह चरण अन्तर्गत बुधबार साविक विजेता लिभरपुल, बार्सिलोना,चेल्सी, इन्टर मिलन, बोरुसिया डर्टमण्ड लगाएका ठुला क्लबले प्रतिस्पर्धा गर्ने छन् । इन्लिश क्लब लिभरपुलले घरेलु मैदानमा जेन्कको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति १ : ४५ मा सुरु हुनेछ ।  एनफिल्डमा […]

क्रिष्टललाई हराउँदै लेष्टर तेस्रो स्थानमा

एजेन्सी  : इन्ग्लिश प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा लेष्टरले क्रिष्टल प्यालेसलाई २ ० गोल अन्तरले पराजित गरेको हो ।  क्रिष्टलको मैदानमा लेष्टरलाई जित दिलाउन काग्लार सोयुन्कु र जेमी भर्डीले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा सोयुन्कुले गोल गर्दै […]

यू-१९ राष्ट्रिय फुटबल टिमको घोषणा

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फ) ले एएफसी यू–१९ च्याम्पियनसिप छनोटका लागि नेपालले राष्ट्रिय टिमको घोषणा गरेको छ । इरानमा आयोजना हुने छनोटका लागि नेपालले २३ सदस्सीय राष्ट्रिय टिमको घोषणा गरेको हो । मुख्य प्रशिक्षक मेघ राज केसीले २७ सदस्सीय टिमबाट अन्तिम २३ सदस्सीय टिमको घोषणा गर्नुभएको हो । यसअघि २७ सदस्सीय टिममा रहेका […]

राष्ट्रिय टिममा फर्किए मेस्सी

एजेन्सी: कप्तान लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिममा फर्किएका छन् । दक्षिण अमेरिकी फुटबल महासंघ ९कोपा० को प्रतिबन्ध फुकुवा भएसँगै मेस्सी अर्जेन्टिनाको टिममा फर्किएका हुन् । अर्जेन्टिनाले ब्राजिल र उरुग्वेसँगको मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टिममा मेस्सी अटाएका छन् । मुख्य प्रशिक्षक लियोनल स्कालोनीले मेस्सी टिममा राख्दै २६ सदस्सीय टिमको घोषणा गरेको छ । अर्जेन्टिनाले […]

राम श्रेष्ठ (बोस ) अमेरिका र ब्राजिलमा सम्मानीत

काठमाडौं : थ्रि स्टार क्लवको कोषाध्यक्ष तथा म्यानेजर, नेपाल भारतोलन संघको उपाध्यक्ष, नेपाल टेड्सिनल ताईक्वान्द्धो फेडेरेशन अध्यक्ष र नेपाल युथ गुप्रको अध्यक्ष राम श्रेष्ठ (बोस ) अमेरिका र ब्राजिल को छुट्टाछुट्टै कार्यक्रममा सम्मानीत हुनुभएको छ बोस अमेरिकामा आयोजना भएको एक कार्यक्रममा लिजेन्ट अफ द मार्टिअल आट्स हल अफ फेम अवार्डले सम्मानीत हुनुभयो । ग्लोबल कोरियन […]

नेपाल थाइल्याण्डको राष्ट्रिय टिमसँग पराजित

काठमाडौंः थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिम छैठौं मैत्रीपूर्ण खेलमा पराजित भएको छ । बुधबार भएको छैठौं खेलमा नेपाल थाइल्याण्डको राष्ट्रिय टिमसँग ३–० को सोझो सेटमा पराजित भएको हो । नेपाली टोली थाइल्याण्डको राष्ट्रिय टिमसँग २५–१८, २५–२० र २५–१७ ले पराजित भएको हो ।  थाइल्याण्डमा नेपाली टिमको यो तेस्रो हार हो । यस अघिका […]