काठमाडौं : घरेलु भूमिमा भएको पहिलो संस्करणको दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिपमा नेपालले चौंथो स्थान हासिल गरेको छ । च्याम्पियनसिप अन्तर्गत मंगलबार तेस्रो स्थानको लागि भएको खेलमा माल्दिभ्ससँग पराजित भएपछि नेपाल चौंथो भएको हो । लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा नेपाललाई माल्दिभ्सले ३५-२५ ले पराजित गर्यो । र, माल्दिभ्सले तेस्रो स्थान हासिल गर्यो । […]
काठमाडौं: राष्ट्रिय लिड क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि विजय सुनुवार र पञ्चमाया तामाङले जितेका छन् । सातौं पर्वतीय खेलकुद महोत्सवको अवसरमा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ विजय र महिलातर्फ पञ्चमाया च्याम्पियन बनेकी हुन् । ठमेलको काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा भएको प्रतियोगितामा पुरुषतर्फ तेन्जिङ राई दोस्रो र प्रनिल श्रेष्ठ तेस्रो भए ।महिलातर्फ स्वस्तिका चौधरी दोस्रो र रुष प्रधान तेस्रो […]
काठमाडौं: नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा चन्द अध्यक्षमा विजयी हुनुभएको हो । निर्वाचनमा चन्दले ४४ मत प्राप्त गर्दै प्रतिस्पर्धी पूर्वअध्यक्ष समेत रहिसकेका विनयराज पाण्डेलाई पराजीत गर्नुभयो । पाण्डेले भने १५ मत मात्र पाउनुभयो । सत्र सदस्यीय केन्द्रीय समितिका लागि भएको निर्वाचनमा चन्द समूहको प्यानलै विजयी भएको छ […]
काठमाडौं : बंगलादेश नेपालमा जारी तेस्रो संस्करणको साफ यू(१८ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ४(० गोल अन्तरले हराउँदै बंगलादेश उपाधि नजिक पुगेको हो । हल्चोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा बंगलादेशलाई जित दिलाउन तानबिर हुसेन, फोसल अहमेद फाहिम,मिराज हुसेन र दिपक रोयले एक एक गोल गरे । भुटानविरुद्ध […]
एजेन्सी: स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले सन् २०१९ को फिफाको ‘द बेस्ट’ खेलाडीको अवार्ड जितेका छन् । यसक्रममा मेस्सीले चिर परिचित प्रतिद्वन्द्वी रोनाल्डोलाई पनि मतदान गरे । मेस्सीले इंग्लिस क्लब लिभरपुल तथा नेदरल्यान्डका भर्जिल भान डाइक र पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै यसबर्षको बेस्ट खेलाडीको अवार्ड जितेका हुन् […]
एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले स्तब्धपुर्ण नतिजा ब्यहोरेको छ । शनिबार राति भएको खेलमा ग्रानडासंग बार्सिलोना २–० गोल अन्तरले पराजित भएको छ । घरेलु मैदानमा ग्रानडाले दोस्रो मिनेटमा रोमन अजिजको हेड गोलबाट अग्रता लिएको थियो । ६६ औ मिनेटमा अल्भारो भाडिलोले पेनाल्टीमा गोल गर्दै टोलीको जित निश्चित गरेका थिए । दोस्रो हाफमा बार्सिलोनाका […]
काठमाडौं: जर्मन क्लब बार्यन म्युनिखले च्याम्पियन्स लिग फुटबलमा सकारात्मक सुरुवात गरेको छ । बुधबार राति भएको खेलमा बार्यनले घरेलु मैदानमा सर्वियन क्लब रेड स्टार बेलग्रेडलाई ३–० ले हराएको हो । किंग्सले कोमन्सले पहिलो हाफको ३४ औ मिनेटमा हेड गोलमार्फत बार्यनलाई सुरुवाती अग्रता दिलाएका थिए । ब्राजिली स्टार फिलिप काउटिन्होले बार्यनको जर्सीमा च्याम्पियन्स लिगमा डेब्यु गरेर […]