अष्ट्रेलिया तेक्वान्दो नेसनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपाली मुलका स्पन्दनले जिते रजत पदक

मेल्बोर्न : ष्ट्रेलिया तेक्वान्दो नेसनल च्याम्पियनसिप  ( Australian Taekwondo National Championship 2019 ) टुर्नामेन्ट  featherweight समुहको प्रतिस्पर्धामा नेपाली मुलका १३ बर्षीय स्पन्दन थापाले रजत पदक प्राप्त गरेका छन । अष्ट्रेलियाको गोल्ड कोष्टमा अबस्थित कारारा स्टेडियममा सम्पन्न भएको उक्त प्रतियोगितामा उनले प्रतिद्वन्दीलाई सजिलै हराउन सफल भएका थिए । मातापिता सुमि श्रेष्ठ, शंकर थापा र एक भाइका […]

मेस्सीले जिते ‘इएसपीवाई वर्ष खेलाडी’ अवार्ड

एजेन्सी : अर्जेन्टिनाका कप्तान तथा फरवार्ड लियोनल मेस्सीले ‘इएसपीवाई बेष्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् । सन् २०१९ को सर्बोकृष्ट पुरुष फुटबल खेलाडी घोषित हुँदै मेस्सीले स्पोर्ट्स अनलाइन इएसपीएनले प्रदान गर्ने अवार्ड जितेका हुन् । मेस्सीले समर्थकहरुको सर्वाधिक मत ल्याउदै अवार्ड जितेका हुन् । स्पेनिस क्लब बार्सिलोनाका कप्तान समेत रहेका […]

यू–१९ एसिया कप: नेपाल श्रीलंकासँग पराजीत

काठमाडौं : श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । कोलम्बोमा शुक्रबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग डीएल पद्दतिको आधारमा ५ विकेटले पराजित भएको हो ।आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा वर्षाको कारण ४२ ओभरमा झारिएको खेलमा नेपालले दिएको १६० रनको सामान्य लक्ष्य श्रीलंकाले ३३ ओभर ४ बलमा […]

यू-१९ एसिया कप: नेपाल र श्रीलंका भिड्दै

काठमाडौं: श्रीलंकामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज शुक्रबार आयोजक तथा टेष्ट राष्ट्र श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । नेपाल र घरेलु टिम श्रीलंकाबीचको खेल आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार बिहान १० :१५ मा सुरु हुनेछ । घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्न चाहन्छ । […]

विश्वकप छनोटका लागि नेपालले कुवेतसँग खेल्दै

काठमाडौं: फिफा विश्वकप छनोट फुटबलको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज कुवेतसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्दैछ । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गतको उद्घाटन खेलमा नेपालले विजयी लक्ष्यका साथ कुवेतविरुद्व मैदानमा उत्रनेछ । उक्त खेल कुवेतस्थित जाविर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपाली समय अनुसार राति १०ः४५ बजे शुरु हुनेछ । विश्वकप […]

खेलमा म्याचफिक्सिङ गर्ने खेलाडीलाई कारवाहीको दायरामा ल्याउँन संसदमा नयाँ विधेयक

काठमाडौं : सरकारले खेलमा मिलेमतो (म्याचफिक्सिङ) गर्ने खेलाडी र खेलाडीलाई सहयोग गर्ने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने गरी नयाँ विधेयक संसदमा प्रस्तुत गरेको छ ।मिलेमतो भएको प्रमाणित भएमा तीनवर्ष कैद र रू तीस हजारसम्म जरिवानाका साथै रकमसमेत लेनदेन गरेको भए सो रकम पनि जफत गरिने विधेयकमा उल्लेख छ । युवा तथा खेलकुद मन्त्रालयले ल्याएको “खेलकुद विकास […]

विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं : कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोटअन्तर्गत कुवेत र चिनियाँ ताइपेविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आज २३ सदस्यीय टोली घोषणा गर्नुभएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको हो । नेपालले यही भदौ १९ गते कुवेतसँग उसैको […]