काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आर्थिक प्रतिवेदन सर्वसम्मतले अनुमोदन भएको छ । संघको विशेष महाधिवेशनको दोस्रो दिन आइतवार कोषाध्यक्ष महेशकुमार श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष २०७४ – ०७५, ०७५ र ०७६ को आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित भएको हो । संघका कोषाध्यक्ष श्रेष्ठका अनुसार सन् २०१९, अक्टोवरमा सम्पन्न एनआरएनएको ९ औ महाधिवेशनमा पारित हुन नसकेको […]
काठमाडौं । गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेले संघमा अहिलेसम्म प्राप्त गरेका उपलब्धीहरुलाई विश्लेषण गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । संघको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै घलेले महाधिवेशनमा महिला, युवा, दोस्रो पुस्ता र संघको भविष्यको बारेमा छलफल गर्न सुझाव दिनुभयो । गैर आवासीय नेपाली संघलाई साझा संस्थाको रुपमा अघि बढाएर […]
काठमाडौं । गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भवन भट्टले मुलुकको समृद्धि नै गैर आवासीय नेपालीको सपना भएको बताउनुभएको छ । गैर आवासीय नेपाली संघको विशेष महाधिवेशनमा सम्बोधन गर्नुहुँदै निवर्तमान अध्यक्ष भट्टले मुलुकको समृद्धि नै गैर आवासीय नेपालीको सपना भएकाले नेपालमा लगानीको लागि जोड दिनुभयो । गैर आवासीय नेपालीहरुले लगानीस्ँगै वदेशमा सिकेको ज्ञान, सिप र […]
काठमाडौं । गैर आवासीय नेपाली संघका संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछानेले गतिशिल संस्थामा सामान्य विवाद र असहमति हुनु स्वभाविक रहेको बताउनुभएको छ । संघको विशेष महाधिवेशनमा सम्बोधन गर्नुहुँदै संरक्षक लामिछानेले गतिशिल संस्थामा सामान्य विवाद हुनु सामान्य रहेको बताउनुभएको हो । अधिवेशनमा संरक्षक परिषद्को सुझाव अनुरुप विधान संशोधनमा साझा प्रस्ताव ल्याउन लागेकोमा कार्यसमिति प्रति विशेष धन्यवाद […]
काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गैर आवासीय नेपाली संघले कोभिड १९ मा खेलेको भूमीका प्रशंसायोग्य रहेको बताउनुभएको छ । मन्त्री ज्ञवालीले कोभिड महामारीमा एनआरएनले बलियो उपस्थिती देखाएर संघले आफनो औचीत्यता पुष्टि गरेको बताउनुभयो । ‘संकटको बेलामा पनि खरो रुपमा उत्रीएर संघले आफनो औचीत्यता पुष्टि गर्यो’, मन्त्री ज्ञवालीले भन्नुभयो, ‘प्रतिकुलताकाबीच पनि नेपालको आर्थिक, विकासमा एनआरएनएले […]
संघको बिज्ञ सम्मेलन -२०२० बाट तयार पारिएको स्वेत पुस्तिका नेपाल सरकारलाई हस्तान्तरण काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन सुरु भएको छ । दुईदिनसम्म भर्चुअल रुपमा चल्ने विशेष महाधिवेशन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले औपचारिक उद्घाटन गर्नुभयो । कार्यक्रममा नेपाली काग्रेस विदेश विभाग प्रमुख गोविन्द भट्टराई , एनआरएनए पूर्व अध्यक्ष देवमान हिराचन, पूर्व अध्यक्ष तथा […]
काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन आजदेखि सुरु हुँदैछ । दुईदिनसम्म भर्चुअलरुपमा हुने संघको विशेष महाधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने कार्यक्रम तय भएको छ। महाधिवेशनमा ५० भन्दा बढी देशका २६ सय जना प्रतिनिधिहरु सहभागी हुने संघले जनाएको छ । अधिवेशनलाई गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरु डा. उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने, […]