‘एक एनआरएन, एक विदेशी’ नेपाल पठाउने अभियान कार्यान्वयन गर्न सक्दो प्रयास गरौं’

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष कुमार पन्तले ‘एक एनआरएन एक विदेशी’ नेपाल पठाउने अभियान कार्यान्वयनमा लागिपर्न विश्वभरका सबै एनसिसीलाई आग्रह गर्नुभएको छ । गैर आवासीय नेपाली संघले यसअघि नेपाल भ्रमण वर्ष २०२० को सचिवालयसँग एक एनआरएनले एक विदेशीलाई नेपाल घुम्न पठाउने अभियान सञ्चालन गर्न सहमत जनाउँदै हस्ताक्षर गरेको थियो । सोही […]

सोनाम लामाको पहलमा भारतीय अतिक्रमणविरुद्ध राष्ट्रसंघमा ज्ञापनपत्र बुझाइँदै

न्यूर्योक: गैर आवासीय नेपाली संघ (एनआरएनए ) उपाध्यक्ष सोनाम लामाको पहलमा भारतले हालै जारी गरेको नयाँ नक्साविरुद्ध न्यूर्योकस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी गरिएको छ । न्यूर्योकमा बस्दै आउनुभएको उपाध्यक्ष लामाले संयुक्त राष्ट्रसंघमा ज्ञापनपत्र बुझाउनको लागि तयारी भइरहेको बताउनुभयो । उपाध्यक्ष लामाले गैर आवासीय नेपाली संघ अमेरिका, न्यूर्योक च्याप्टरसहित नेपाली विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा […]

भारतीय अतिक्रमणविरुद्ध पेरिसमा गैर आवासीय नेपालीको प्रदर्शन

पेरिस:  भारतीय अतिक्रमणविरुद्ध फान्समा गैर आवासीय नेपालीले प्रदर्शन गरेका छन् । हालै भारत सरकारले जारी गरेको नयाँ नक्शामा नेपालको अविभाज्य भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा अनधिकृत रुपमा आफ्नो नक्शामा देखाइएको विरोधमा पेरिस स्थित भारतीय दूतावास अगाडी गैर आवासीय नेपालीले विरोधस्वस्प प्रदर्शन गरेका हुन । एनआरएनएको अगुवाइमा आयोजना गरीएको पेरिस स्थित भारतीय दूतावास अगाडी भएको बिरोध […]

आहा ! मनै लोभ्याउने लाप्राक नमूना बस्ती (फोटोफिचर)

गैर आवासीय नेपाली संघले निर्माण गरिरहेको गोरखा जिल्लामा अवस्थित लाप्राक नमूना बस्तीको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । बस्तीको निमार्ण मंसिर मसान्तसम्म पूरा गर्दै भूकम्प दिवसको दिन हस्तान्तरण गर्ने कार्यक्रम छ । तस्विरमा हेर्नुहोस लाप्रक नमूना बस्ती :-

भारतीय अतिक्रमणविरुद्ध स्वीडेनमा गैर आवासीय नेपालीले गरे प्रदर्शन

स्वीडेन: भारतीय अतिक्रमणविरुद्ध स्वीडेनमा गैर आवासीय नेपालीले प्रदर्शन गरेका छन् । हालै भारत सरकारले जारी गरेको नयाँ नक्शामा नेपालको अविभाज्य भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा अनधिकृत रुपमा आफ्नो नक्शामा देखाइएको विरोधमा स्वीडेनमा गैर आवासीय नेपालीले विरोधस्वस्प प्रदर्शन गरेका हुन ।  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीडेनले यहाँ रहेको भारतीय राजदूतावास घेराउ तथा धर्ना […]

लाप्राकमै बसेर लाप्राक नमुना बस्ती मंसिरभित्रै सम्पन्न गर्दै एनआरएनए अध्यक्ष कुमार पन्त

लाप्राक : एनआरएनएको मेगा प्रोजेक्टको रुपमा सञ्चालीत लाप्राक नमूना बस्तीको निर्माण कार्य मंसिर महिनाभित्रै सम्पन्न हुने भएको छ । प्रोजेक्ट मंसिर महिनाभित्रै सम्पन्न गर्न गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त लाप्राकमै बसेर निर्माण कार्यलाई तीब्रता दिइरहनु भएको छ । लाप्राकमा एनआरएनएको तर्फबाट गर्नुपर्ने निर्माणको सम्पूर्ण कार्य पूरा भएको छ । यद्यपी स्थानीयले सम्झौता अनुसार […]

जर्मनीमा गैर आवासीय नेपालीले गरे भारतले जारी गरेको नयाँ नक्सा विरुद्ध प्रदर्शन

जर्मनी : गैर आवासीय नेपाली संघले जर्मनीमा भारतीय सिमा अतिक्रमणविरुद्ध प्रदर्शन गरेको छ । एनआरएनए जर्मनीको आयोजनामा जर्मनीमा प्रदर्शन भएको हो । प्रदर्शनमा एनआरएनए आइसिसी अध्यक्ष कुमार पन्त पनि सहभागि हुनुभयो । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले नयाँ नक्सा जारी गर्दै आफनो क्षेत्रमा राखेपछि  देश तथा विदेशमा त्यसको विरोधमा प्रदर्शन भइरहेको छ । अध्यक्ष […]