काठमाडौं: गैर आवासीय नेपाली संघमा डा. बद्री केसीले कार्यकारी अध्यक्षको जिम्मेवारी समाल्नु भएको छ । एनआरएनए सचीवालयमा आयोजित एक कार्यक्रमकाबीच डा. केसीले कार्यकारी अध्यक्षको जिम्मेवारी समाल्नु भएको हो । एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोेसहित पूर्व अध्यक्षहरु भवन भट्ट, पूर्व पदाधिकारी तथा वर्तमान पदाधिकारी र एनआरएन अभियन्तालाई साक्षी राख्दै रविना थापाले केसीलाई कार्यकारी अध्यक्षको जिम्मेवारी सुम्पिनु […]
काठमाडौं । गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष डा. शेष घलेलाई जर्मनीमा स्वागत गरिएको छ । जर्मनी भ्रमणको क्रममा डा. घलेलाई एनआरएनए पूर्व अध्यक्ष जीवा लामिछाने, कुमार पन्त र एनआरएनए जर्मनीका संस्थापक अध्यक्ष दिल गुरुङलगायत गैर आवासीय नेपालीहरुले स्वागत गर्नु भएको हो । यता डा. घलेलाई स्वागत गरिएको तस्विर सामाजीक सञ्जालमा सार्वजनीक भएसँगै एनआरएन वृत्तमा […]
काठमाडौं : नेपाल सरकार र गैर आवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको इन्भेष्टमेन्ट कम्पनीले प्रतिपरियोजना कम्तीमा दश करोड नेपाली रुपैयाँभन्दा कम नहुने गरी लगानी गर्नसक्ने भएको छ । गत वर्षको इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्दा लागू हुने शर्त तथा मापदण्ड खारेज गर्दै सरकारले जारी गरेको नयाँ मापदण्डमा सो कुरा उल्लेख छ । राजपत्रमा उल्लेख गरिए अनुसार […]
न्यूर्योक: गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले पाउनु भएको छ । अध्यक्ष बुद्धि सागर सुवेदी अमेरिका बाहिर जानु परेकाले कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पन्थलाई दिइएको हो । कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएसँगै पन्थीले एनआरएनए अमेरिकालाई संस्थागत पारदर्शीतामा जोड दिदैं सबैले अपनत्व महसुस गर्ने गरि काम गर्ने बताउनुभयो । […]
न्यूर्योक: गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाले आगामी कार्यकाल (२०२३-२०२५) का लागि नयाँ सदस्यताको आवेदन खुलाएको छ । एनसिसी अध्यक्ष बुद्धि सागर सुवेदीले एक विज्ञप्ति जारी गर्नुहुँदै नयाँ सदस्यताको लागि आवेदन खुलेको जानकारी गराउनुभएको हो । अध्यक्ष सुवेदीका अनुसार विधानमा गरिएको व्यवस्था तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदसँग गरिएको सम्झौता अनुसार […]
काठमाडौँ : गैर आवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रीय समितिले आगामी मे ५ देखि ७ तारिखका दिन १५ औं क्षेत्रीय सम्मेलन आयोजना गरेको छ । चेक गणतन्त्रको राजधानी प्रागमा १५ औ युरोपियन क्षेत्रीय सम्मेलन आयोजना गरिएको हो । आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै सम्मेलनको औपचारिक घोषणा गरेको हो । सम्मेलनमा विभिन्न देशबाट करिव […]
काठमाडौं : गैर आवासिय नेपाली संघका संस्थापक उपाध्यक्ष राम प्रताप थापाले गैर आवासीय नेपाली संघलाई उपलब्धि मुलक बनाउन नसकिएकोमा चिन्ता व्यक्त गर्नु भएको छ । उहाँले एनआरएनएको मुलमर्म बिर्सेर राजनिति हाबी हुन थालेपछि उपलब्धि विहिन भएको बताउनु भयो । गैर आवासीय नेपाली संघ भित्र विशाल उपलब्धी हुँदै गर्दा गर्दा यो उपलब्धि बेक्कार हुने होकि भन्ने […]