एनआरएनए निर्वाचन : ३३ पदमा निर्विरोध, नेतृत्वमा केसी र थापाबीच प्रतिस्पर्धा हुने

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को यही २४–२५ मार्चमा हुन लागेको निर्वाचनमा ६१ जनाको उम्मेदवारी परेको छ । ६० पदमध्ये ३३ पदमा भने निर्विरोध भएको छ । निर्वाचन समितिले मंगलबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै उम्मेदवारी दिएका ६१ मध्ये एक जनाले उम्मेदवारी फीर्ता लिएको जनाएको छ ।  ६० पदमा ११ पद खाली भएको […]

आपसी सहमतिबाट समस्याको समाधान गर्न सकारात्मक पहल भइरहेको छ : अध्यक्ष पन्त

काठमाडौं – गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले एनआरएनएको विवाद सहमतिको आधारमा समाधान गर्न सकारात्मक पहल भइरहेको बताउनु भएको छ । अध्यक्ष पन्तले एक विज्ञप्ति जारी गर्दै संघका पूर्व अध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पूर्नगठन गरिएको र छुट्टै सम्मेलन आयोजना गर्ने भनिएको कदमप्रति भने संघको गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । विज्ञप्तिमा […]

एनआरएनए चीनको सिचुवान क्षेत्रीय समिति गठन

बेइजिङ –  गैर आवासीय नेपाली संघ चीनको सिचुवान क्षेत्रीय समिति गठन भएको छ। नयाँ समिति गठनसँगै गैर आवासीय नेपाली संघ चीनको क्षेत्राधिकार व्यापक हुनुका साथै यसलाई थप विस्तृत बनाएर चीनमा रहेका नेपालीलाई एकतावद्ध गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। चीनमा कोरोना महामारीका विरामीहरु पुनः बढ्न थालेपछि सतर्कता अपनाईएको कारणले भर्चुवल रुपमा आयोजना गरिएको थियो । […]

एनआरएनए निर्वाचन : कुन पदमा कसको पर्‍यो उम्मेदवारी ?

काठमाडौं –  गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा ५० जना भन्दा बढीको उम्मेदवारी परेको छ । यही २१-२२ मार्चमा ६० पदका लागि हुन गइरहेको निर्वाचनमा ५० जना भन्दा बढीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । अनलाईनको माध्यमबाट सोमबारदेखि उम्मेदवारी दर्ता शुरु गरेको समितिले यसअघि उम्मेदवारी दर्ता मंगलबार ८ मार्च साँझ ५ बजेसम्म तोकिएकोमा […]

घले पक्षद्धारा लामाको नेतृत्वमा महाधिवेशन आयोजक कमिटि गठन, निर्वाचन यही २२-२५ मार्चमा गर्ने घोषणा

काठमाडौं – गैर आवासीय नेपाली संघमा संस्थापन पक्षले प्रतिनिधि विवाद समाधान नगरि एक्लौटी ढंगले निर्वाचन प्रक्रिया अगाडि बढाएको भन्दै डा. शेष घले पक्षधरले पनि छुट्टै निर्वाचन गर्ने तयारी गरेको छ । घले पक्षधरले दशौं महाधिवेशन मार्च २२ देखि २५ तारिख (चैत्र ८ देखि ११ ) सम्म काठमाडौंमा आयोजना गरि तयारी गरेको हो । सस्थापन पक्षले […]

एनआरएनए अध्यक्षमा केसी र थापाको उम्मेदवारी दर्ता

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसी र रविना थापाले उम्मेदवारी दर्ता गराउनु भएको छ । एनआरनएनएको वर्तमान उपाध्यक्ष समेत रहनु भएको केसीले सोमबार अनलाईनमार्फत र महिला उपाध्यक्ष रहनु भएको थापाले मंगलबार दिउँसो उम्मेदवारी दर्ता गर्नु भएको हो । अन्तर्राष्ट्रिय नारी दिवसकै दिन एनआरएनए सचिवालयमै पुगेर उम्मेदवारी दर्ता गर्नु भएको […]

एनआरएनएको एकलौटी निर्वाचन मान्य छैन, अब संस्था बचाउन एउटा ठोस निर्णय गर्नु पर्ने बेला आयो : कुल आचार्य

काठमाडौं – गैर आवासीय नेपाली संघका सल्लाहकार कुल आचार्यले डेलिगेट्सको समस्या समाधान नगरि एकपक्षीय रुपमा निर्वाचन प्रक्रिया अगाडि बढाएको भन्दै आपत्ति जनाउनु भएको छ । सामाजीक संजालमा लेख्दै अध्यक्षका उम्मेदवार समेत रहनु भएका आचार्यले एकपक्षीय निर्वाचन मान्य नहुने बताउनु भएको हो । ‘गएको झन्डै ८ महिना देखि संसार भरिबाट साथीहरुले आवाज उठाउंदा पनि डेलिगेट्स समस्याको […]