अष्ट्रेलियाको सिड्नीमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ

सिड्नी : अष्ट्रेलियाको सिड्नीमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थीतिमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ शुभारम्भ गरिएको हो । मन्त्री भट्टराईसहित न्यु साउथ वेल्सको प्रदेश सभाका सभामुख जोनाथन वडीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गर्नुभएको हो । शुभारम्भ कार्यक्रममा त्यहाँका विपक्षी […]

बेलायतबाट एक लाख पर्यटक नेपाल पठाउने दूतावासको घोषणा

लन्डन: नेपाली दूतावासले भ्रमण वर्ष २०२० मा बेलायतबाट एक लाख पर्यटक नेपाल पठाउने योजना अगाडि सारेको छ । नेपाल सरकारले नेपाल भ्रमण वर्षको औपचारिक उद्घाटन गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ अगाडि बढिरहँदा बेलायतबाट एक लाख पर्यटक भित्र्याउने योजना राजदूतावासले राखेको हो । नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष […]

जापानले माग्यो केयर गिभरमा एक हजार नेपाली

गोपाल संग्रौला/काठमाडौं जापानले जनवरी र मार्चमा जापानी भाषा परीक्षा सञ्चालन गरेर नेपालबाट उक हजार युवालाई रोजगारीका लागि लैजाने भएको छ । वैदेशिक रोजगार विभागले शुक्रबार सूचना सार्वजनिक गर्दै नर्सिङ केयर गिभरका लागि सो संख्यामा नेपाली युवालाई रोजगारका लागि लैजान लागेको जनाएको हो । यसअघि पनि एक चरणमा परीक्षा सञ्चालन गरे पनि थोरै संख्यामा मात्र नेपाली […]

आयरल्याण्डमा ‘भिजीट नेपाल २०२०’ प्रबद्र्धनको लागि ब्यापक रुपमा अभियान शूरु (फोटोफिचरसहित )

आयरल्याण्ड : गैर आवासीय नेपाली संघ आयरल्याण्डले ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रबद्र्धनको लागि ब्यापक रुपमा अभियान शूरु गरेको छ । आयरल्याण्डको डव्लिनमा ब्यापाक प्रचार प्रसार गर्दै संघले अभिायन शूरु गरेको हो । नयाँ वर्षको अवसरमा डब्लिनमा ‘भिजीट नेपाल २०२०’ को ब्यापक प्रचार गर्दै अभियानको शूरुवात गरिएको एनआरएनए आयरल्याण्डका अध्यक्ष मिलन छन्त्यालले जानकारी गराउनुभयो । अध्यक्ष […]

अस्ट्रेलियामा आकर्षक पुरस्कार सहित ‘पहिलो नेपाली फोटो प्रतियोगिता’ को आयोजना हुँदै

सुशील चालिसे /मेलबोर्न अस्ट्रेलियामा नेपाली समुदाय बीच चर्चित संस्था साथी अस्ट्रेलियाको आयोजनामा पहिलो नेपाली फोटो प्रतियोगिता हुन गइरहेको छ । प्रतियोगितामा भाग लिनका लागि आबेदन निशुल्क रुपमा खुल्ला गरिसकेको जानकारी साथी अस्ट्रेलियाका मुख्य संयोजक श्री अरुण चित्रकारले विश्व सन्देशलाई दिनुभएको छ । सामाजिक संस्था साथी अस्ट्रेलियाले अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीहरु माँझ एकताको पुलको रुपमा काम […]

विदेश भ्रमण र अध्ययनका लागि ४ महिनामै ३७ अर्ब ९७ करोड बाहिरियो

काठमाडौं : रेमिट्यान्सले धानिएको मुलुकका नागरिकले विभिन्न देश घुमघाम गर्दा र उच्च शिक्षा अध्ययनकै क्रममा ३७ अर्ब ९७ करोड रुपैयाँ बाहिरिएको छ भन्ने सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, यस्तो वास्तविकता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले सत्य साबित गरेको हो । नेपाल भ्रमण वर्ष २०२० को माहोल अत्यधिक बढिरहेको सरकारी दाबी आइरहँदा विदेशबाट आउने […]

जापानमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटन कार्यक्रम तयारी पुरा

टोकियो : विश्वभर रहेका नेपाली दूतावास तथा नियोगले सम्बन्धित देशमा रहेका गैर आवासीय नेपाली संघसंगको सहकार्यमा विश्वभरनै भ्रमण वर्ष २०२० मनाउने निर्णय अनुसार आज जापानमा पनी नेपाल भ्रमण वर्ष २०२० मुल आयोजक समिति जापानको सचीवालयको बैठक बस्यो । जापान स्थित नेपाली राजदूतावासमा महामहिम राजदूत प्रतिभा राणाज्यूको प्रमुख आतिथ्यमा बसेको बैठकमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय […]