काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) ले ‘एनआरएनए फाउण्डेशन’ को दर्ताको लागि कानुनी व्यवस्था गरिदिन परराष्ट्र मन्त्री समक्ष आग्रह गरेको छ । संघको विधानमा व्यवस्था भए अनुसार परराष्ट्र मन्त्रालयमा प्रकृयाको लागि आवश्यक कानुनी व्यवस्था गर्न आग्रह गरेको हो । गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभागका सभापति […]
टोकियो – गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानमा बिगतदेखिनै आर्थिक अनिमियतता तथा पारदर्शिता नभएको आवाज उठेपछि एनआरएनए आइसीसीले एनआरएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्गको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । एनआरएनए जापानका संस्थापक अध्यक्ष समेत रहेका प्रधानाङ्गको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय छानबिन समिती गठन गरिएको र छानविनका लागि काम थालिएको छ । छानविन […]
जापानबाट कपिलदेव थापाको पहलमा १० हजार पिस एन्टी जिन सहयोग काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करिब एक करोड रुपैयाँ मूल्य पर्ने उक्त एन्टी जेन एनआरएनए उपाध्यक्ष डा.बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई शुक्रबार हस्तान्तरण गर्नुभएको हो । स्वास्थ्य मन्त्रालयमा […]
गैर आवासीय नेपाली संघ (एनआरएनए ) डेनमार्क यूरोपमा एक सक्रिय एनसिसी भित्र पर्छ । एनसिसी डेनमार्कमा ३१ अगष्ट २०१९ मा सम्म्पन्न निर्वाचनबाट रविन्द्र खडकाको अध्यक्षमा (२०१९ -०२१ ) दुई वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति निर्वाचीत भयो । नयाँ कार्यसमिति निर्वाचित भई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद डेनमार्कको वर्तमान कार्य समिति सकृय रुपमा कार्यरत […]
लाप्राक । गैर आवासीय नेपाली संघले कोरोना महामारीका बीच पनि लाप्राक नमूना बस्तीको निर्माण कार्यलाई तीब्रता दिएको छ । वर्षाको कारण संघले झण्डै साढे तीन महिना बन्द रहेको परियोजनालाई पुन: सूचारु गरेको हो । लाप्राक नमूना बस्ती परियोजनाका संयोजक तथा गैर आवासीय नेपाली संघका उपाध्यक्ष, सोनाम लामाको नेतृत्वको एक प्रतिनिधि मण्डलले परियोजना स्थलको भ्रमण गरि […]
विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो तालमा गैर आवासीय नेपाली संघ (एनआरएनए ) उपाध्यक्ष सोनाम लामाले संघको स्थापना दिवस ‘एनआरएन डे’ को अवसरमा एनआरएनएको झन्डा फहराउनुभएको छ । मनाङ जिल्लाको नेस्याङ गाउँपालिका वडा नं ९ मा पर्ने तिलिचो ताल सामुन्द्रिक सतहदेखि चार हजार ९१९ मिटर उचाइमा पर्दछ । उपाध्यक्ष लामाले मुस्ताङको मुक्तीनाथ रुट हुँदै घोडामा […]
काठमाडौ । गैर आवासीय नेपाली संघको सातौं मध्यपूर्व क्षेत्रिय भेलाले विदेशमा अलपत्र नेपालीलाई बैदेशिक रोजगार कल्याणकारी कोष मार्फत निःशुल्क उद्धार गर्न सरकारसँग माग गरेको छ । भेलाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड- १९ का कारण मध्यपूर्व क्षेत्रमा रोजगारी गुमाएका र विभिन्न कारणले अलपत्र परेका तथा स्वदेश फर्कन चाहने नेपालीहरुलाई बैदेशिक रोजगार कल्याणकारी कोष मार्फत सहज […]