लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूके अध्यक्षको बलियो उम्मेदवार पुनम गुरुङले टिमभित्रको इमानदारीता, नम्रता र शिष्टताले बेलायतबासी नेपाली समुदायको मन मस्तिस्ष्कमा बस्न सफल भएको बताउनुभएको छ । पुनमले भन्नुभएको छ, ‘हाम्रो टिम आडम्बर होइन नंम्रताले, जोस मात्र होइन होस समेतले, घमण्डले होइन शीष्टताले सम्पूर्णजनको मन मस्तिष्कमा बस्न सफल भएको छ ।’ बेलायतबासी […]
न्यूयोर्क : गैर आवसीय नेपाली संघ (एनआरएनए) को आइसिसी सचिवमा अमेरिका क्षेत्रका क्षेत्रिय संयोजक गौरी राज जोशीले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी अक्टोवर काठमाडौंमा हुन लागिरहेको नवौ विश्व सम्मेलनका लागि जोशीले सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । जोशीले अमेरिकाज् क्षेत्रीय संयोजकको भूमिकामा रहँदा उत्कृष्ठ कार्य गर्न सफल भएको र कार्यकाल निकै […]
किरण बुढाथोकी /काठमाडौं गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्षका उम्मेदवार कुमार पन्त विश्वका विभिन्न देशको भ्रमण सकाएर अहिले जर्मनीमा आइपुग्नु भएको छ । लामो समयदेखि विश्व दौडमा ब्यस्त रहनु भएको पन्तले विश्वका धेरैजसो गैर आवासीय नेपालीसँग भेटभाट तथा छलफल गर्नुभयो । आसन्न अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन गइरहेको विश्व सम्मेलनमा अध्यक्षको उम्मेदवार […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवार कुमार पन्तले संघलाई १ करोड सहयोग उपलब्ध गराउनुभएको छ । संघको कार्यालय सञ्चालनदेखि नियमीत कार्य सञ्चालन गर्न समस्या भएपछि संस्थाले एनआरएनए अग्रजहरुसँग आर्थिक सहयोगको लागि आह्रवान गरेको थियो । विशेष गरि सस्था सञ्चालनमा समस्या आएपछि पन्तले संस्थालाई नियमीत सञ्चालन गर्न तथा भइरहेका कार्यलाई अगाडि बढाउन १ […]
स्पेन : गैर आवासीय नेपाली संघ (एनआरएनए ) स्पेनको छैठौ अधिबेशनबाट अध्यक्ष पदमा दिनेश गुरुङ (देउकाजी ) निर्वाचीत हुनुभएको छ । गुरुङले ६९६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचीत हुनुभएको हो । प्रतिस्पर्धी पेशल कुमार कोइरालाले ५७२ मत प्राप्त गर्नुभयो । त्यस्तै, आइसिसी सदस्यमा एनआरएनए स्पेन निवर्तमान अध्यक्ष चिन्तामणी सापकोटाले ६४५ मत र सुनील रानाभाटले ७७१ […]
काठमाडौँ : गैर आवासीय नेपाली संघ (एनआरएन) मकाउमा सर्वसम्मत कार्यसमिति चयन गरिएको छ । अध्यक्षमा पूर्ण बहादुर गुरुङ सर्वसम्मत निर्वाचीत हुनुभएको छ । यसअघि अध्यक्षको दावेदारी प्रस्तुत गर्नुभएको शान्तिदेवी अधिकारीले सर्वसम्मतको लागि बाटो खुला गरेसँगै गुरुङ सर्वसम्मत निर्वाचीत हुनुभएको हो । एनआरएनए मकाउको छैटौँ अधिवेशनले आईसीसी सदस्यमा मंगल बहादुर राईलाई निर्वाचीत गरेको छ । साथै […]
चीन : गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्याशिफिकको क्षेत्रीय महिला उपसंयोजकमा चीनबाट अमृता (कञ्चन) थापाले उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन लागिरहेको गैर आवासीय नेपाली संघको नवौ विश्व सम्मेलनमा थापाले क्षेत्रीय महिला उपसंयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको हो । चीनमा लामो समयदेखि बस्ने आउनुभएको थापा एनआरएनको अभियानमा सक्रियतापूर्वक […]