गुल्मी : गुल्मीको मुसिकोट नगरपालिका ४ को दजाकोटमा फैलिएको झाडापखला अझै नियन्त्रणमा आउँन सकेको छैन । झाडापखालाका कारणा वडा नम्बर ४ दजाकोटका १२ वर्षीय रेसम सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। झाडापखालाबाट बिरामी हुनेहरुको संख्या १ सय ६० पुगेको छ । मुसिकोटमा उपचारमा संलग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डीबी जीसीका अनुसार बिरामीहरुमध्ये […]
हुम्ला: हुम्लामा अज्ञात रोगका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । हुम्लाको ताजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिनुभयो । गएको दुई हप्तादेखि स्थानीयमा छाति दुख्ने, ज्वरो आउने र त्यसको केही दिनमा ज्यान जाने गरेको हो । उहाँका अनुसार ज्यान जानेमा बालबालिका र वृद्धवृद्धा […]
काठमाडौं: नर्सिङ संघ एकाइ भक्तपुर र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनद्वारा विभिन्न ६ बुँदे माग राखी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा प्रभावित बनेको छ । सम्पूर्ण कर्मचारीको तलब समयमै दिनुपर्ने, विभिन्न तालीम, गोष्ठीमा पुराना कर्मचारीलाई पनि समावेश गर्नुपर्ने, ठेकेदार प्रथा हटाइ सम्पूर्ण कर्मचारीलाई अस्पताल प्रशासनले तलब दिनुपर्ने, पुराना […]
एजेन्सी: अफ्रिकी देश मलावीमा पहिलो पटक मलेरियाको भ्याक्सिन सार्वजनिक गरिएको छ । विश्वभरि प्रत्येक वर्ष चार लाख पैतिस हजार बालबालिकाको ज्यान जाने यो रोगबाट बच्नका लागि ३० वर्षदेखि प्रयास जारी थियो । यो भ्याक्सिन पाँच महिनादेखि दुई वर्षका बालबालिकाका लागि विकसित गरिएको हो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मलावी सरकारको यो ऐतिहासिक कार्यक्रमको स्वागत […]
वीरगन्ज : २० वर्षीया महिलाले एकै पटकमा ३ सन्तान जम्माएकी छिन् । पर्साको छिपहरमाइ गाउँपालिका( ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती नजमा खातुनले ३ छोरी र १ छोरासहित चारजना शिशुलाई जन्माएकी हुन । वीरगन्ज हेल्थ केयर हस्पिटलमा खातुनले जन्माएको तीन छोरीको तौल क्रमश १ किलो ५ सय ग्राम, १ किलो र ८ सय ग्राम तथा छोराको […]
आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भिडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् । माइग्रेनको समस्या भएकाहरुले यी कुरामा ध्यान दिनुपर्छ : १. गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार नखाने २. दही, मही, पनिर, आइसक्रिम, कफी चकलेट नखाने […]
काठमाडौं: नेपाल औषधि व्यवसायी संघको १३ औं राष्ट्रिय अधिवेशनबाट मृगेन्द्रमेहर श्रेष्ठ अध्यक्षमा निर्वाचीत हुनुभएको छ । श्रेष्ठले निकटतम प्रतिस्पर्धी लोकहरि श्रेष्ठलाई पराजीत गर्दै अध्यक्षमा निर्वाचीत हुनुभएको हो । श्रेष्ठले १४१ मत प्राप्त गरि विजयी हुनुभयो भने पतिस्पर्धी लोकहरि श्रेष्ठले १०१ मत प्राप्त गर्नुभयो । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रकाशकुमार खण्डेलवाल सर्वसम्मत निर्वाचीत हुनुभयो । उपाध्यक्ष (आयात […]