लाप्राक नमूना बस्तीको बाँकी काम छिटो सम्पन्न गर्न पुनर्निर्माण प्राधिकरणसँग एनआरएनए टोलीको छलफल

काठमाडौं । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, राष्ट्रिय पुर्ननिर्माणका प्राधिकरण प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवाली र धार्चे गाउँपालिका अध्यक्ष सन्त बहादुर गुरुङ्ग बीच लाप्राक नमूना बस्ती निर्माण सम्बन्धि बाँकी काम छिटो सम्पन्न गर्ने बिषयमा छलफल भएको छ । अध्यक्ष पन्तले लाप्राक नमूना बस्तिलाई कसरी एक उदाहरणीय एकिकृत बस्तिामा बिकास गर्न सकिन्छ भनि संघ […]

गैर आवासीय नेपालीको परिभाषालाई परिमार्जन गर्न परराष्ट्र मन्त्रीको ध्यानाकर्षण

काठमाडौं – नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त बीच विशेष भेटघाट सम्पन्न भएको छ । सो अवसरमा संघका गतिविधिबारे छलफल भयो । अध्यक्ष पन्तले संघले परराष्ट्र मन्त्रालयको अनुमति लिई सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मतिले संघको विधान तथा आ.ब. २०७४/७५ र २०७५/७६ को आर्थिक प्रतिवेदन अनुमोदन भएको जानकारी गराउनुभयो […]

गैर आवासीय नेपाली संघमा रुपान्तरण आवश्यक छ : रामप्रताप थापा, संरक्षक

काठमाडौं । गैर आवासीय नेपाली संघका संस्थापक तथा संरक्षक रामप्रताप थापाले संघलाई समय सापेक्ष रुपान्तरण गर्न आवश्यक रहेको बताउनुभएको छ । संरक्षक थापाले संस्था स्थापना हुँदाको उद्देश्य तलमाथि नपर्ने गरी समय सापेक्ष रुपान्तरणको खाँचो औल्याउनुभएको हो । विश्व सन्देशसँगको कुराकानीमा थापाले संस्थामा ब्यापक सुधारको खाँचो रहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । ‘संसारभरिका सम्पूर्ण एनआरएनलाई नेपाल […]

नेपालका ख्यातीप्राप्त कलाकारको साथमा एनआरएनएको भर्चुअल मनोरञ्जनात्मक कार्यक्रम हुँदै

काठमाडौं। गैर आवासीय नेपाली संघ(एनआरएनए)ले यहि फेब्रुअरी ६ तारिख शनिबार ‘NRNA Reflection -2021’ नामक अनलाईन मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो देखि बर्तमान अध्यक्ष कुमार पन्तसम्मले चुटकिला, मुक्तक , सायरीका साथ मनोरंजनात्मक प्रस्तुतिमा उपस्थिति हुने भएका छन। कार्यक्रममा सबैले आ-आफ्नो घरमा बसेर मनोरंजनात्मक रूपले उपस्थिति जनाउने छन […]

बैशाख अगावै लाप्राक प्रोजेक्ट सम्पन्न गर्न सक्रिय एनआरएनए उपाध्यक्ष सोनाम लामा

काठमाडौं । गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा एनआरएनए मेगा प्रोजेक्टका संयोजक सोनाम लामा संघको लाप्राक नमूना बस्तीको निर्माण कार्य सम्पन्न गर्न लागिपर्नुभएको छ । आफूले प्रोजेक्टको संयोजकको जिम्मेवारी पाएसँगै उपाध्यक्ष लामा नमूना वस्तीको निर्माण कार्य चाँडो भन्दा चाँडो सम्पन्न गर्दै हस्तान्तरण गर्ने कार्यमा निकै सक्रियताका साथ लागि पर्नुभएको हो । कोभिड- १९ को बावजुत […]

एनआरएनए अमेरिकाको सदस्य बनेर सामुहिक अभियानमा आवद्ध हुन सचिव गौरी राज जोशीको अपिल

गौरी राज जोशी, सचिव, गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् गैर आवासिय नेपाली संघ एउटा अभियान हो । नेपाली नागरिकताको निरन्तरता, लगायत विदेशमा वस्ने नेपालीका अन्य चासोका विषयहरुमा एनआरएनए निरन्तर सकृय छ । संविधानमा एनआरएन नागरिकताको व्यवस्था पनि यो अभियानकै देन हो । यो कानुन वन्ने अन्तिम प्रकृयामा छ । यो आंशिक सफलता मात्र […]

एनआरएनए अमेरिकाद्धारा संघको सदस्यता लिई साझा छाताभित्र गोलबन्द हुन पुन: आह्वान

टेक्सस । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले सोमवार संचारकर्मीहरुसग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विशेषतस् जारी सदस्यता अभिवृद्दि अभियान संग सम्बन्धित रहेर संघले संचारकर्मीहरु संग अन्तरक्रिया गरेको हो । सो अवसरमा संघले गरेका गतिविधिवारे संचारकर्मीहरुलाई जानकारी गराइएको थियो । अन्तरक्रियाका अवसरमा सहभागि संचारकर्मीहरुले विभिन्न जिज्ञासा राख्नुका साथैं सल्लाह तथा सुझाव समेत […]