एनआरएनको विशेष महाधिवेशन तोकिएकै मितीमा हुने, प्रतिनिधि दर्ताको लागि १० दिनको समयसीमा

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन तोकिएकै मितीमा हुने भएको छ । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको संघको कार्यकारी पदाधिकारी बैठकले विशेष महाधिवेशन तोकिएकै मितीमा गर्ने र महाधिवेशनमा लगिने एजेन्डाको विषय पनि टुंग्याएको छ । संघको महाधिवेशन आगामी जनवरी २३ र २४ तारिखमा तोकिएको थियो । बैठकले विशेष महाधिवेशनका लागि प्रतिनिधिहरुले […]

अमेरिकाबासी गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न अध्यक्ष पन्तको आह्वान

टेक्सस । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले अमेरिकाबासी गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको छ । गैर आवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले आयोजना गरेको लगानीसम्बन्धी कार्यक्रममा अध्यक्ष पन्तले नेपालमा लगानीको वातावरण बनेको भन्दै अमेरिकाबासी नेपाली समुदायलाई लगानीको लागि आह्रवान गर्नुभएको हो । मातृभूमिको सम्मृद्धि […]

चार सय भन्दा बढी गैर आवासीय नेपालीको सहयोगमा निर्माण गरिएको ‘रक्त संकलन घुम्ती बस’ हस्तान्तरण

अध्यक्ष कुमार पन्तद्धारा सहयोग गर्नुहुने सबैप्रति धन्यवाद ज्ञापन चितवन : गैर आवासीय नेपाली संघले भरतपुर महानगरपालिकालाई रक्त संकलन बस हस्तान्तरण गरेको छ । शुक्रबार सम्पन्न हस्तान्तरण कार्यक्रममा भरतपुर महानरगपालिकाकी प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती साही ठकुरी, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, उपाध्यक्ष डा बद्री केसी, सचिव राजेन्द्र कुमार शर्मा, सहकोषाध्यक्ष लोक प्रसाद दाहाल, सल्लाहकार रामेश्वर […]

एनआरएनएमा ‘एमआईएस’ मार्फत सदस्यता वितरणको बाटो खुल्यो

एनसिसीको आवश्यकताको आधारमा परिमार्जन गर्न सकिने काठमाडौं । गैर आवासीय नेपाली संघमा लामो प्रयासपछि नयाँ एमआईएस (मेम्बर इन्फरमेसन सिस्टम ) लागु भएको छ । गैर आवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले विश्वभर छरिएका राष्ट्रिय समितिलाई एमआईएस मार्फत सदस्यता वितरण गर्न निर्देशन दिनुभएको छ । संघको नयाँ निर्देशन अनुसार अब राष्ट्रिय समितिले केन्द्रीय प्रणाली […]

एनआरएनमा पहिलो कोभिड खोप लिने क्यानडा अध्यक्ष चिरञ्जीवी घिमिरे

टोरन्टो, क्यानडा – गैर आवासीय नेपाली संघ क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरेले डिसेम्बर १७ तारिक बिहान क्यानडा सरकारले ब्यबस्थापन गरेको कोभिड-१९ को टोरन्टोमा अबस्थित मा खोप लगाउनुभएको छ । यो सँगै कोभिड (The Michener Institute) खोप लगाउने एनसिसि अध्यक्षहरुमा घिमिरे पहिलो नेपाली बन्नुभएको छ । कोभिडको बेलामा अत्यन्तै उत्कृष्ठ काम गर्नुभएका अध्यक्ष घिमिरे कोभिड सम्बन्धि बिभिन्न […]

चेतन गुरुङ एनआरएनए केन्द्रीय खेलकुद बिभागको प्रबन्धकमा नियुक्त

काठमाडौँ । गैरआवासीय नेपाल संघ (एनआरएनए) केन्द्रीय खेलकुद बिभागको प्रबन्धकमा चेतन गुरुङ नियुक्त हुनु भएको छ । लालीगुँरास एसोसियन(एलजी) हङकङका संयोजक गुरुङलाई तेक्वान्दो बिभागको प्रशिक्षकको पनि जिम्मेवारी दिइएको छ ।अन्तराष्ट्रिय स्तरमा खेलकुद क्षेत्रमा योगदान दिनु भएका गुरुङ कुशल तेक्वान्दो प्रशिक्षक पनि मानिनु हुन्छ । गुरुङ हङकङमा बिभिन्न व्यवसायमा आबद्द रहनु भएको छ । उहाले बिधालय […]

जर्मन नेपाल मैत्री संघको अध्यक्षमा रामप्रताप थापा चयन

काठमाडौँ । जर्मन नेपाल मैत्री संघको अध्यक्षमा रामप्रताप थापा चयन हुनु भएको छ । जर्मनको कोलोन शहरमा सम्पन्न अधिवेशनले रामप्रताप थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सन् २०२०–२०२३ सम्मका लागि भएको सङ्घको निर्वाचनमा उपाध्यक्षमा अल्का खनाल र नर्बट मायर हुनुहुन्छ भने कोषाध्यक्षमा उवे हेन्स र सचिवमा क्रिस्टिन पेत्रास हुनुहुन्छ । यस्तै सदस्यहरुमा क्याट्रेन […]