अमेरिकाज् क्षेत्रका कोरोना प्रभावीतलाई सहयोग गर्न समिति गठन

न्यूयोर्क : गैर आवासीय नेपाल संघ ( एनआरएनए ) अमेरिकाज् क्षेत्रले कोरोनाबाट प्रभावीतको लागि राहत संकलन गर्न एक समिति गठन गरेको छ । अमेरिकाज् क्षेत्रमा अन्यको तुलनामा बढी नेपालीहरु कोरोनाबाट प्रभावीत भएको भन्दै क्षेत्रीय समितिले बढी भन्दा बढी राहत संकलन गर्दै प्रभावीतलाई सहयोग गर्न सहयोग समिति गठन गरेको हो । एनआरएनए अमेरिकाज् क्षेत्रीय समितिको आइतबार […]

माल्टाका नेपाली सुरक्षीत छौ, अफवाह फैलाइएजस्तो नेपालीको अवस्था नाजुक छैन : राजु अर्याल (बाबु )

राजु अर्याल (बाबु ), अध्यक्ष, एनआरएनए माल्टा चीन बाट सुरुवात भएको नोभल कोरोना भाइरस (कोभिड १९) ले यति बेला सम्पुर्ण बिश्वलाई नै आतंकित र क्रास बनाइरहेको अवगत नै छ । विश्वजगतमा नै त्यसको प्रत्यक्ष असर पारिरहँदा माल्टा पनि त्यसबाट अछुता रहन सकेको छैन । अन्य युरोपेली मुलुकमा भन्दा आज सम्म माल्टामा भने मानव शरीरमा भने […]

एनआरएनए अस्ट्रेलियाले गरेको सराहनीय कार्यप्रति अध्यक्ष कुमार पन्तद्धारा खुलेर प्रशंसा

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अस्ट्रेलियाले गरेको सराहनीय र उल्लेखनीय कार्यको आइसिसी अध्यक्ष कुमार पन्तले खुलेर प्रशंसा गर्नुभएको छ । अध्यक्ष पन्तले विभिन्न एनसिसीहरुले आ-आफनो ठाउँबाट सक्दो योगदान गरिरहेको बताउँदै एनआरएनए अस्ट्रेलियाले विपत्तिको बेलामा अस्ट्रेलियाबासी नेपाली समुदायप्रति गरेको सहयोगको खुलेर प्रशसा गर्नुभएको हो । अध्यक्ष पन्तले अस्ट्रेलियाले दूतावास संरक्षक, संघका अध्यक्ष संयोजक, […]

मध्यपूर्वमा समस्यामा परेका नेपालीलाई सहयोग गर्न एनआरएनएको उद्दार समिति गठन

युएई :  गैर आवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले प्रवासमा रहेका नेपाली श्रमिकहरुमा कोरोना भाइरसका कारण आउन सक्ने सम्भावित परिस्थितिलाई सहजीकरण गर्नका लागि गैर आवासीय नेपाली संघ, मध्यपूर्व क्षेत्रीय उद्धार समिति गठन गरेको छ । कॊरॊना भाइरसको महामारी दिन प्रतिदिन बढ्दै गइरहेकॊ प्रति सचेत हुँदै त्यसबाट नेपाली श्रमिकहरुको जीवनरक्षा र आवश्यक भरणपाेषण पनि गर्ने उदेश्य लिएर […]

एनआरएनए न्यूजील्याण्ड अध्यक्ष केसीद्धारा १० हजार डलर सहयोग गर्दै आपत्तकालीन कोष खडा, सबैलाई सहयोग गर्न अपिल

राजीव आचार्य/न्यूजील्याण्ड कोरोना भाइरसले विश्वब्यापी महामारीको रुप लिइरहँदा न्यूजील्याण्डबासी पनि  प्रत्यक्ष/अप्रत्यक्ष रुपमा प्रभावीत भइरहेका छन् । यद्यपी अहिलेसम्म नेपालीमा भने कोरोना भाइरस संक्रमण भएको जानकारी छैन । तर आगामी दिनमा आउँन सक्ने सम्भावीत समस्यालाई मध्यनजर गर्दै गैर आवासीय नेपाली संघ (एनआरएनए ) न्यूजील्याण्डले आपत्तकालीन कोष खडा गर्दै सहयोगको लागि सबैमा अपिल गरेको छ । अध्यक्ष […]

एनआरएनए हङकङद्धारा कोरोना पीडितको लागि सहयोग आह्वान

हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङले कोरोना पीडितको लागि सहयोग आह्रवान गरेको छ । एनआरएनए हङकङ अध्यक्ष राधिका गुरुङ (टिका) ले एक बिज्ञप्ति जारी गर्नुहुँदै हङकङबासी नेपालीलाई सहयोगको लागि आह्रवान गर्नुभएको हो । संकलीत सहयोग एनआरएनए आइसिसीमार्फत नेपाललाई प्रदान गर्न र हङकङका नेपालीलाई आपत्तकालीन कोष खडा गरिने अध्यक्ष गुरुङले जानकारी गराउनुभयो । […]

अमेरिकाबासी नेपालीलाई एकजुट भएर कोरोना भाइरस प्रभावीतको सहयोगमा जुट्न अध्यक्ष साहको अपिल

न्यूर्योक : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाका अध्यक्ष सुनील साहले अमेरिकास्थित सम्पूर्ण नेपालीहरुमा आफूले सकेको ठाउँबाट एकजुट भएर कोरोना भाइरस प्रभावीतको सहयोगमा जुट्न अपिल गर्नुभएको छ । एनआरएनए अमेरिका अध्यक्ष साहले एक बिज्ञप्ति जारी गर्नुहुँदै सबै संघसस्था तथा अमेरिकास्थित नेपालीहरुमा एकजुट भएर सहयोगको लागि जुट्न अपिल गर्नुभएको हो । अध्यक्ष साहले एक भिन्न […]