उच्चस्तरीय समिति बैठक: कोरोना भाइरसबिरुद्ध रणनीति कार्यपत्र तयार गरेर सरकार समक्ष पेश गर्ने निर्णय

एनआरएनए उच्चस्तरीय समितिको बैठक सम्पन्न, कार्यपत्र तयार गर्न डा. पुरु श्रेष्ठ, डा. सञ्जीव सापकोटा, डा. दोर्ण रसाली, डा. हेमराज शर्मा, डा. सन्तोष सापकोटा रहेको कार्यदल गठन काठमाडौं : विश्वव्यापी प्रकोप बनेको कोरोना भइरसको सम्भावित संक्रमण र विस्तार रोक्ने नेपाल सरकारको अभियानलाई सहयोग गर्न गठित गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिको बैठक सम्पन्न भएको छ । […]

कुनै समस्या वा सहयोग आवश्यक परेमा सम्बन्धित एनसीसीलाई जानकारी गराइदिन अध्यक्ष पन्तको आग्रह

जर्मनी : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष कुमार पन्तले कोरोना भाइरसले विश्वब्यापी महामारी फैलीरहेको बेला कुनै समस्या परेमा वा सहयोग आवश्यक परेमा सम्बन्धित एनसीसी पदाधिकारी एवं फोकल पर्सनलाई जानकारी गराइदिन आग्रह गर्नुभएको छ । पन्तले आफनो सामाजीक सञ्ञ्जालमा भन्नुभएको छ, ‘देशमा संक्रमण फैलिन नदिन नेपाल सरकारले लिएका धेरै पहलकदमी र सतर्कता सह्राहनीय छ […]

एनआरएनएले बोलायो एनसिसी, आइसिसी सदस्य र स्वास्थ्य विज्ञहरुसहितको संयुक्त आकस्मिक बैठक

काठमाडौं : गैर आवासीय नेपाली संघले राष्ट्रिय समिति, आइसीसी र स्वास्थ्य विज्ञहरुको संयुक्त बैठक आह्वान गरेको छ । भोली शनिवार साँझ ६ ४५ नेपाल समयमा संयुक्त बैठक हुन लागेको हो । महासचिव डा हेमराज शर्माका अनुसार विश्वव्यापी प्रकोप बनेको नोभेल कोरोना भइरसको नेपालमा सम्भावित संक्रमण र विस्तार रोक्न आकस्मिक बैठक बोलाइएको हो । संघका विश्वभर […]

एनआरएनए कतार अध्यक्ष मुक्तादाको अपिल- दुतावास तथा स्थानीय सरकारको सूचनाको पालना गरौ

कतार : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तादा मुसलमानले नेपाली दुताबास तथा स्थानीय सरकारले दिएको सूचनाहरूको पालना गरि आफ़ू पनि सचेत बनी अरुलाई सचेत गराउन आग्रह गर्नुभएको छ । क़तार तथा विश्व भर रहनु भएको आम गैर आवासीय नेपालीहरू तथा नेपाल बस्ने सम्पूर्ण नेपालीहरू यसको संक्रमणबाट जोगिन आफ़्नो तर्फबाट सक्दो […]

अमेरिकाबासी नेपाली समुदायलाई एनआरएनए अमेरिका अध्यक्ष सुनील साहको यस्तो अपिल

टेक्सस : गैर आवासीय नेपाली संंघ (एनआरएनए ) अमेरिका अध्यक्ष सुनिल साहले अमेरिकाबासी नेपाली समुदायमा संघको क्षमताले भ्याउने र संघ मार्फत गर्न सकिने आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको छ । अध्यक्ष साहले एक बिज्ञप्ति जारी गर्नुहुँदै भन्नुभएको छ, ‘संघको क्षमताले भ्याउने र संघ मार्फत गर्न सकिने आवश्यक सहयोग गर्न हामी सधैं तयार नैं रहेका […]

नेपालमा कोरोनाको संम्भावित संक्रमण रोक्न अध्यक्ष पन्तको संयोजकत्वमा उच्चस्तरीय समिति

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संम्भावित संक्रमण तथा विस्तार रोक्नका लागि सक्रियता बढाएको छ । एनआरएनएको पदाधिकारी बैठकले सरकारलाई सहयोग गर्न एक उच्चस्तरीय समिति गठन गरेको हो । बैठकको निर्णय अनुसार संघका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्दै सरकारको काममा सहयोग गर्न तयार रहेको जनाएको छ […]

एनआरएनए उपाध्यक्ष मन केसीलाई मातृशोक

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद उपाध्यक्ष मन केसीलाई मातृशोक परेको छ । केसीको आमा सुरत कुमारी खत्रीको ९४ वर्षको उमेरमा निधन भएको हो । विं.सं १९९४ मंसिर १ गते जन्मनुभएको स्वं सुरत कुमारी खत्रीको यही २०७६ फागुन २७ गते निधन भएको हो ।