भूकम्प प्रभावीत क्षेत्रमा १ करोडको राहत सामाग्री लिएर जाँदै एनआरएनए

काठमाडौ:  गैर आवासीय नेपाली संघले जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा राहत तथा उद्धारका लागि १ करोड १० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ । अन्तर्राष्ट्रिय समन्वय परिषद्को आजको आकस्मिक बैठकले १० लाख रुपैयाँ तत्काल सरकारको राहत कोषमा उपलब्ध गराउने र बाँकी १ करोडको राहतका सामाग्री लिएर आजै प्रभावित स्थानमा जाने निर्णय गरेको हो […]

निर्वाचनमा धाँधली भयो भन्नु हार पछिको रोईलो मात्र हो: नवनिर्वाचित अध्यक्ष केसी

काठमाडौं: एनआरएनएका नवनिर्वाचित अध्यक्ष डा.बद्री केसीले निर्वाचनको परिणामलाई लिएर भएका असन्तुष्टिलाई हार पछिको रोईलोको संज्ञा दिनु भएको छ । अक्टोबर १७–२० मा भएको निर्वाचनको परिणामले धेरै असन्तुष्टिहरु निम्तिएका थिए । नवनिर्वाचित अध्यक्ष डा. के.सीले सपथ ग्रहण गरेसंगै अर्को पक्षले परिणामलाई अस्विकार गर्दै समानान्तर कमिटि गठन गरेको थियो । सो असन्तुष्टिका बिच अध्यक्ष के.सीले सबै पक्ष […]

छानबीनको लागि प्रतिनिधि पठाउनुस्, निर्वाचनमा धाँधली भएको प्रमाणीत भएमा पद त्याग्न तयार छु: डा. बद्री केसी

काठमाडौं : गैर आवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले निर्वाचनमा धाँधली भएको प्रमाणीत भएमा पद त्याग्न तयार रहेको बताउनु भएको छ । सञ्चारकर्मीसँगको कुराकानीमा डा. केसीले एनआरएनए निर्वाचनमा कही कतै धाँधली भएको प्रमाणीत भएमा पद त्याग्न तयार रहेको बताउनु भएको हो । आफू अध्यक्षमा विजयी भएसँगै निर्वाचनका सवालमा उठेका प्रश्नको सम्बोधनका लागि एक विज्ञ […]

नेपालमा लगानी र सिप भित्राउन चाहने हरेक गैर आवासीय नेपालीले नागरिकता लिनुपर्छ: सोनाम लामा

काठमाडौं: गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व उपाध्यक्ष तथा नेपाली नागरिकता निरन्तरता कार्यदलका संयोजक सोनाम लामाले नेपालमा लगानी, सिप भित्राउन चाहने, आफ्ना सन्तान नेपाल गएर मातृभूमिसँग जोडिउन् भन्ने चाहने हरेक गैर आवासीय नेपालीले नागरिकता लिनुपर्नेमा जोड दिनु भएको छ । गैर आवासीय नागरिकता कार्यान्वयनमा आएपछि लामाले अलमलनमा नपरी नागरिकता लिनुपर्ने बताउनु भएको हो […]

गल्ती सबैबाट भएको छ, अब सुध्रनुको बिकल्प छैन: कृष्णजीवी पन्थ

काठमाडौं:  गैर आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले एनआरए अभियानलाई अगाडि बढाउने क्रममा गल्ती सबैबाट भएकाले अब सुध्रनुको बिकल्प नभएको बताउनु भएको छ । ११ औं महाधिवेशनपछि उत्पन्न पछिल्लो संकटको विषयमा आफ्नो धारणा राख्नुहुँदै पन्थले गल्ती सबै पक्षबाट भएको बताउनु भएको हो । उहाँले आफूलाई पदको कुनै लोभ नभएको बताउनुभयो । ‘म थाकेको […]

म कुनै कमिटिमा नरहँदा पनि सबै समेटिने एनआरएनए बनाउने अभियानमा मेरो सक्रियता रहनेछ: सुनील साह

काठमाडौ: गैर आवासीय नेपाली संघका निवर्तमान कोषाध्यक्ष सुनील साहले एनआरएनएमा कोही व्यक्ति विजयी वा उपविजयी भन्दा धेरैं माथि एनआरएन अभियान भएकाले अभियानलाई अगाडि बढाउन सबै पक्ष सचेत र सजग हुनुपर्नेमा जोड दिनुभएको छ । एनआरएनए संस्था भएकाले अभियानमा लाग्नेहरूले ईगो वा व्यक्तिगत प्रतिष्ठाको बिषय बनाउन नहुने साहको भनाई छ । ‘म आफू अभियानमा बढी विश्वास […]

एनआरएनए अध्यक्षका उम्मेदवार श्रेष्ठ र शर्माद्धारा मतपरिणाम अस्वीकार, एनआरएनको मर्यादामाथि आघात पुग्ने गतिविधि नगर्न अपिल

काठमाडौँ — गैर आवासीय नेपाली संघका अध्यक्षका प्रतिस्पर्धी उम्मेदवारले सार्वजनीक नजिता स्वीकार नगर्ने बताएका छन् । बिहीबार राति आएको मत परिणाम आफूहरूलाई स्वीकार्य नहुने बताएका हुन् । अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ र राजेन्द्र कुमार (आरके) शर्माले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै बिहीबार मध्यराति घोषणा गरिएको निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण रहेकाले आफूहररुलाई मान्य नहुने उल्लेख […]