विश्व स्वास्थ्य सङ्गठनले बिर्सनेसँग सम्बन्धी एक किसिमका रोग डिमेन्सिया हुनसक्ने खतरा कम गर्न पहिलो निर्देशिका प्रकाशन गरेको छ। उक्त रोगलाई विश्व स्वास्थय सङ्गठनले स्वास्थ्य सम्बन्धी एउटा प्रमुख विश्वव्यापी चुनौतीका रूपमा अर्थ्याउदै संसारभरि करिब ५ करोड मानिस डिमेन्सिया रोगको सिकार बनेको बताएको छ। उक्त सङ्ख्या आगामी ३० वर्षमा तीन गुणा बढ्न सक्ने बताइएको छ। मानिसको सम्झन […]
काठमाडौं: शिक्षण अस्पताल महाराजगन्जले जेठ दोस्रो साताबाट कलेजो प्रत्यारोपण सुरु गर्ने भएको छ । काठमाडौंनिवासी एक ५० वर्षीय व्यक्तिलाई ३० वर्षीया छोरीले कलेजो दान गर्न लागेकी छिन् । चिकित्सकको लामो परामर्शपछि बाबुछोरी तयार भएका हुन् । अस्पतालले डा. रमेशसिंह भण्डारीको नेतृत्वमा यो सेवा सञ्चालन गर्न लागेको हो । प्रत्यारोपणका लागि भारतको अपोलो अस्पतालको विशेषज्ञ टोली पनि आउनेछ । यो समाचार […]
उमेर ढल्किँदै जाँदा स्मरणशक्ति कमजोर हुन्छ । तर आजकल त सानो उमेरका मानिसको स्मरण शक्ति पनि कमजोर भइरहेको छ । तनाव, खराब जीवनशैली तथा खानपान अनि अपूरो निद्राले दिमागमा दबाब परेर स्मरणशक्ति नाश गराउन भूमिका खेल्छ । स्मरण शक्ती बढाउन यसो गर्नुस बदाम दिमाग तेज बनाउन बदाम एकदमै प्रभावकारी हुन्छ । चारपाँचवटा बदाम रातभरि भिजाएर […]
काठमाडौं : दूषित पानी सेवन गर्दा हुने हैजाका बिरामी राजधानीमा फेला परेका छन् । काठमाडौं महानगरपालिका-१३ का एक बिरामीको दिसा परीक्षण गर्दा हैजाका जीवाणु फेला परेको हो । ४५ वर्षीय ती बिरामीको दिसामा हैजाका जीवाणु फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए । झाडापखाला भएपछि उनी शुक्रराज ट्रपिकल तथा सरुवा […]
काठमाडौँ: सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुरका नर्सले आज १४ औं दिन पनि आन्दोलन जारी राखेका छन् । आन्दोलनरत नर्सको माग सम्बोधन नहुँदा प्रत्यारोपण केन्द्रका ९६ जना नर्स मध्ये आधा सेवा दिने र आधा आन्दोलनमा छन् । जसले गर्दा सेवा प्रभावित भएको छ ।प्रत्यारोपण केन्द्रका नर्सले समयमै तलब दिनुपर्ने, ठेकदार प्रक्रिया हटाई कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई […]
काठमाडौ: नेपालमा क्यान्सर भयावह रूपमा देखिदैं गएको छ । मानिसको असन्तुलित खानपान र बदलिँदो जीवनशैलीका कारण क्यान्सरका बिरामीहरूको संख्या दिनप्रति दिन बढ्न थालेको हो । धुम्रपान र मद्यपान गर्नेहरूमा बढी मात्रामा क्यान्सर देखापर्ने गरेको चिकित्सकको अनुभव छ । यदि धुम्रपान र मद्यपान नगर्ने हो भने मात्रै क्यान्सरका बिरामीको संख्या झन्डै ५० प्रतिशतले घट्ने चिकित्सकहरूको भनाइ […]
बाजुरा : पाडीगाउँमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप बढेको छ । भाइरल ज्वरोका कारण एक जनाको मृत्यु भइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराका अनुसार जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीकी ५५ वर्षीया छञ्चकला बुढाको ज्वरोका कारण मृत्यु भएको हो । मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखापरेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ […]