८६ वर्षीया कमलकुमारीको खुशीः जसले १७ दिन आइसीयू बसेर जितिन् कोरोना

कमला गुरुङ/काठमाडौं म्याग्दीको बेनी नगरपालिका ४ सिंगाका कमल कुमारी भट्टचन उमेरले आठ दशक पार गरिन्। तर उनमा जोश जाँगरको कुनै कमी थिएन। खाना पकाउने, घरमा काम गर्ने, गाईवस्तुलाई हेर्ने गर्थिन्। यतिसम्म की उनी घरमा आवश्यक पर्ने खाद्य सामग्री पनि खरिद गर्न पसलसम्म पुग्थिन्। तर वैशाख १० गते उनी एक्कासी बिरामी परिन्। ज्वरो आउने, खोकी लाग्ने, […]

फोक्सोलाई स्वस्थ र बलियो बनाउन प्राणायाम

रामदेवी महर्जन प्राणायाम दुई शब्द प्राण र आयाम मिलेर बनेको छ। प्राणको अर्थ–जीवनी शक्ति (श्वास प्रश्वास)। आयामको अर्थ हो प्राणको चाल वा नियन्त्रण, श्वासलाई लामो गर्ने विधि। तसर्थ प्राणायामको सामान्य अर्थ हो श्वासको नियमित चाल वा नियन्त्रण अर्थात् श्वासलाई अनुशासित रुपमा आफूले चाहेजस्तो चलाउनसक्ने श्वासको व्यायाम गर्ने विज्ञान हो। हाम्रो शरीरमा श्वासप्रश्वासको सहायताले हावा फोक्सोमा […]

हाम्रो जीवन, अक्सिजन

डा विदुर बराल र डा सुवास प्याकुरेल कोरोना महामारीको दोस्रो लहरले देश आक्रान्त छ। तपाइँ-हामीमध्ये धेरैजना कोभिडको प्रत्यक्ष कहरमा छौं। कोभिडकै कारण हाम्रा धेरै आफन्त गुमाउनु परेको छ। अहिले अस्पतालमा अक्सिजन नपाएर बिरामीले मृत्युवरण गर्नुपरेको तीतो यथार्थ हाम्रासामू छ। अक्सिजन हाम्रा लागि नभई नहुने तत्व हो। तरपनि हामी धेरैलाई यसले हाम्रो शरीरमा कसरी काम गर्छ, […]

होम आइसोलेसन र मानसिक स्वास्थ्य

डा सुप्रिया शेरचन भट्टचन बढ्दै गरेको कोभिड १९ को संक्रमणले आज देश संकटमा परेको छ। दिनहुँ हजारौँ संक्रमित बढ्नुका साथै बढ्दो मृत्युदरले सबैको मनमा डर र त्रास पसेको छ। संक्रमितमध्ये सबैभन्दा बढी बिरामीहरु अहिले होम आइसोेलेसनमा र क्वारेन्टाइनमा बसेका छन्। जटिल खालका कोरोनाको लक्षण भएका बिरामीहरुको उपचार अस्पतालको कोभिड वार्डदेखि आइसीयूमा भइरहेको छ। होम आइसोलेसनमा […]

व्यायाम र खानपानले बढाउन सकिन्छ अक्सिजन

काठमाडौँ । कोरोना (कोभिड–१९) सङ्क्रमणको दोस्रो लहरका कारण धेरैमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या बढी देखिएको छ । घरमै विभिन्न व्यायामको माध्यमबाट समेत शरीरमा अक्सिजन मात्रा बढाउन सकिने विज्ञहरूले जनाएका छन् । श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा. रक्षा पाण्डे सामान्य व्यायामले श्वासप्रश्वासलाई बढाउन सकिने बताउनुहुन्छ । “कोरोना प्रकोपले हजारौँ सङ्क्रमित होम आइसोलेसनमा छन् । सामान्य व्यायामले […]

कोभिड-१९ को दोस्रो लहर र हाम्रो सुरक्षा

डा पल्लवी कोइराला कोभिड-१९ को दोस्रो लहर शुरु भए लगत्तै नेपालका सबैजसो अस्पतालहरुमा संक्रमितको संख्या प्रत्येक दिन बढ्दै गैरहेको छ। बिरामीहरुको सेवामा अनवरत खटिने स्वास्थ्यकर्मीहरु झन् यो महामारीबाट अछुतो रहने कुरै भएन। केही स्थानमा चिकित्सकहरुको समुह नै प्रभावित भएर ओपिडी नै बन्द गर्नुपर्ने अवस्था आएको खबर प्राप्त भइरहेकै छन्। यो महामारीको परिणाम र असर ठ्याक्कै […]

कोरोनाको पहिलो लहरमा भएका यी ५ गल्ती फेरि नदोहोर्‍याऔं

डा भगवान कोइराला भाइरस सर्दै जाँदा स्वरुप फेर्दै जान्छ र म्युटेसन पनि हुँदै जाने सर्वव्यापी मान्यता छ। अहिलेको लहरमा आएको भाइरस म्युटेसन र भेरियान्ससहित आएको भनिएको छ। यसको प्रकृति फरक छ, सर्ने क्षमता पनि बढेको छ र संक्रमण कडा बनाउने चरित्र पनि रहेको बताइएको छ। यो लहर आउनुमा सरकार वा नागरिकको दोष होइन, किनभने यो […]