एजेन्सी: वेस्ट ईन्डिजविरुद्व तीन म्याचको टी–ट्वान्टी सिरिज भारतले क्लिनस्वीप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा वेस्ट ईन्डिजलाई ७ विकेटले हराउँदै भारतले सिरिज क्लिनस्वीप गरेको हो । १ सय ४७ रनको लक्ष्य भ्रमणकारी टोली भारतले ५ बल बाँकी छँदै ३ विकेट गुमाएर पुरा ग¥यो । ऋषभ पन्तले नटआउट ६५ रन प्रहार गर्दै भारतलाई जित दिलाएका […]
काठमाडौं : नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचन आगामी भदौ २० गते हुने भएको छ । एनओसीको आज बसेको विशेष साधारणसभाले नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने मिति तय गरेको हो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले प्रस्तावित मितिलाई स्वीकृत गरेसँगै एनओसीले नयाँ निर्वाचनको मिति तय गरेको हो । बैठकले निर्वाचन सम्पन्न गर्न लोकभक्त राणाको संयोजकत्वमा तीन […]
एजेन्सी : बार्सिलोनाका कप्तान लियोनल मेस्सीले खुट्टाको चोट बोकेका छन् । छुट्टि सकेर शनिबारबाट प्रशिक्षणमा फर्किएका मेस्सीले सोमबार दाहिने खुट्टाको पिडुलाको चोट बोकेका हुन् । अभ्यासको क्रममा मेस्सीको खुट्टामा चोट लागेको थियो । पिडुलाको चोट बोकेसँगै मेस्सीले प्रि-सिजन अन्तर्गत अमेरिका भ्रमण गुमाउने भएका छन् । बार्सिलोनाले अमेरिकामा इटालियन क्लब नापोलीसँग २ खेल खेल्नेछ । मेस्सी […]
एजेन्सी: दक्षिण अफ्रिकाका कप्तान फाप डु प्लेसिसले पुरुष वर्ष क्रिकेट खेलाडी अवार्ड जितेका छन् । क्रिकेट दक्षिण अफ्रिकाले शनिबार आयोजना गरेको अवार्ड कार्यक्रममा प्लेसीसले ‘दक्षिण अफ्रिका क्रिकेटर अफ दि ईयर’ अवार्ड जितेका हुन् । प्लेसीस दक्षिण अफ्रिका क्रिकेटको सबै फर्म्याटका कप्तान हुन् । र, प्लेसीस यस अवार्ड पाउने ११ औं खेलाडी हुन् । यस्तै प्लेसीसले […]
साउ पाउलो: बार्सिलोना तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का पूर्व सेन्टर ब्याक डानी अल्भेस ब्राजिलियन क्लब साउ पाउलोमा तीन वर्ष आबद्ध भएका छन् । फ्रान्सेली महारथी पीएसजीबाट उनी यो गत सिजनको अन्त्यसँगै खाली भएका थिए । उनले स्वदेशी क्लबसँग सन् २०२२ को डिसेम्बरसम्मका लागि सम्झौता गरेका छन् । उनीमाथि प्रिमियर लिगका क्लबले पनि चासो राखेको बताइएको […]
एजेन्सी : बहुचर्चित टेष्ट सिरिज ‘एसेज सिरिज’ अन्तर्गतको पहिलो टेष्टमा अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथले शतकीय इनिङ्स खेलेका छन् । इंग्ल्याण्डको एज्बास्टनमा बिहिबार टेष्टको पहिलो इनिङ्समा स्मिथले शतक बनाएका हुन् । स्मिथले १४४ रनको योगदान दिए । यो उनले २४ औं टेष्ट शतक हो । यस्तै स्मिथ विश्व टेष्ट च्याम्पियनसिपमा शतक बनाउने पहिले ब्याट्सम्यान बनेका […]
एजेन्सी: प्रि–सिजन टूरमा रहेको चेल्सीले मैत्रीपुर्ण फुटबलमा अष्ट्रियाको क्लब साल्जवर्गलाई ५–३ गोल अन्तरले हराएको छ । बुधबार राति भएको खेलमा चेल्सीले अष्ट्रियन क्लबविरुद्व फराकिलो जित निकालेको हो । २० औ मिनेटमा क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । २३ औ मिनेटमा रोस बर्कलीले पेनाल्टीमार्फत चेल्सीको अग्रता दोब्बर पारे । २८ औ मिनेटमा […]