एजेन्सी – रियल म्याड्रिडलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको टोटेनहम हट्स्परले औडी कप उपाधिका लागि बायर्न म्युनिखको सामना गर्ने भएको छ । टोटेनहमले मंगलबार भएको खेलमा रियललाई १-० ले पराजित गरेको थियो । ह्यारी केनले गरेको निर्णायक गोलमा इंग्लिस टोलीले जित दर्ता गरेको थियो । अर्को सेमिफाइनलमा जर्मन क्लब बायर्नले टर्किस क्लब फेनेरबाचेलाई पराजित गरेको […]
एजेन्सी : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भोलि ९बुधबार० फिफा वर्ष खेलाडी अवार्डको मनोनयन सार्वजनिक गर्ने भएको छ । फिफाले बुधबार पुरुष वर्ष खेलाडी, महिला वर्ष खेलाडी, वर्ष प्रशिक्षक पुरुष र महिलाको मनोनयन सार्वजनिक गर्ने जनाएको छ ।फिफाले अवार्डका लागि सवै विधामा १०/१० खेलाडीको मनोनयनमा सार्वजनिक गर्नेछ । गत वर्ष क्रोएसियाका कप्तान तथा रियल मड्रिडका […]
चितवन: रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि जिल्लामा सहयोग रकम सङ्कलन हुने क्रम बढेको छ । गत जेठ १५ गते स्थानीयवासीले बाटोको विवादलाई लिएर अस्थायी वार भत्काएपछि रोकिएको निर्माणको काम शुरु भएसँगै जिल्लामा रकम सङ्कलन हुन थालेको हो । यही साउन ८ गतेदेखि निर्माणको काम शुरु भएपछि जिल्लामा अहिलेसम्म रु एक करोड […]
एजेन्सी: प्रि-सिजन टुर अन्तर्गतको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इन्ग्लिश क्लब लिभरपुल पराजित भएको छ । आइतबार राति भएको खेलमा लिभरपुल इटालियन क्लब नापोलीसँग ३(० गोल अन्तरले पराजित भएको हो । स्कटल्याण्डमा भएको खेलमा नापोलीलाई जित दिलाउन लोरेन्जो इन्सिग्ने, आर्काडुइज मिलिक र अमिन योनिसले एक एक गोल गरे । युरोपियन च्याम्पियन लिभरपुलविरुद्ध नापोलीले पहिलो हाफमा दुई र […]
काठमाडौं: आईसीसी टी ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपाल घरेलु टोली सिंगापुरसँग पराजित भएको छ । आइतबार भएको निकै महत्वपूर्ण खेलमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको छ । सिंगापुरसँग पराजित भएसँगै अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने टी ट्वान्टी विश्वकप खेल्ने नेपालको सपना सकिएको छ । यो हारले नेपाल विश्वकपको ग्लोबल छनोटमा […]
काठमाडौं : पदाधिकारीहरूको लापरबाहीका कारण अखिल नेपाल फुटबल संघ ९एन्फा०लाई ६ महिनामा साढे १८ लाख नोक्सान भएको छ । सिभिल बैंकमा राखेको तीन करोड १० लाख ५९ हजार पाँच सय रुपैयाँको मुद्दती खाता व्यवस्थित नगर्दा ब्याजबाट आम्दानी हुने १८ लाख ६३ हजार ५ सय ७१ रुपैयाँ गुमेको हो । एन्फाले १२ प्रतिशत ब्याजदरमा सिभिल बैंकमा राखेको रकम […]
काठमाडौं : सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ । शनिबार भएको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको हो । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा कुवेतले दिएको १४२ रनको मध्यम लक्ष्य नेपालले १५ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । जितसँगै नेपालले ग्लोबल […]