‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार विषयक’ कार्यक्रम ९ बुँदे निष्कर्षसहित सम्पन्न

काठमाडौं:  गैर आवासीय नेपाली संघले आयोजना गरेको एक दिने सेमीनार ९ बुँदे निश्कर्षसहित सम्पन्न भएको छ । “नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार” विषयक कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नु भएको थियो । सेमिनारमा प्रमुख निर्वाचन आयुक्त, मन्त्रीहरु, सांसदहरु, राजनीतिक दलका नेताहरु, विषयगत विज्ञ, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, निजी तथा व्यवसायिक संघ संस्थाका प्रतिनिधिहरू, […]

सिटी एक्सप्रेसले आफ्नो कार्यालयको शौचालयलाई निःशुल्क रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले कमलादी, काठमाडौं स्थित आफ्नो प्रमुख कार्यालयको शौचालयलाई निःशुल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने भएको छ । काठमाडौं महानगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउनको लागि होटल तथा अन्य संस्थाहरुलाई कार्यालयमा भएको शौचालयलाई सार्वजनिक बनाउन आह्वान गरेको थियो । सोही निर्णय बमोजिम सिटी एक्सप्रेस मनी ट्रान्सफरले […]

नागरिकहरुबाट आएका सुझावलाई बजेट, नीति तथा कार्यक्रममा समेट्छौ : मेयर साह

काठमाडौँ : टोल स्तरबाट आएका सुझावलाई समेटेर आर्थिक बर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्ने काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताउनुभएको छ । राजस्व परामर्श समितिले आज आयोजना गरेको आ। व। २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख शाहले यस्तो बताउनुभएको हो । ‘निर्वाचित हुनेवित्तिकै […]

गैर आवासीय नेपाली नागरिकता, मताधिकार लगायतका विषयमा सेमिनार गर्दै एनआरएनए

काठमाडौं: गैर आवासीय नेपाली संघले ‘गैर आवासीय नेपाली नागरिकता, मताधिकार, बैदेशिक लगानी र वैदेशिक रोजगार’ लगायतका विषयमा एक सेमिनारको आयोजना गर्ने भएको छ । यही जुन १६ अर्थात बिहीबार आयोजना गरिन लागिएको सेमिनारमा प्रधानमन्त्री शेर बहादुर देउवाले सम्बोधन गर्नु हुनेछ । नेपाल सरकार लगायत बिभिन्न सरोकारवालाहरुको समेत उपस्थिति रहने कार्यक्रममा विशेषज्ञद्वारा तयार परिएको कार्यपत्र प्रस्तुत […]

सङ्घीय र प्रदेश सभा चुनाव मङ्सिर पहिलो सातासम्म गर्ने तयारी

काठमाण्डौ : निर्वाचन आयोगले आउँदो मङ्सिर पहिलो सातासम्म सङ्घीय र प्रदेश सभा चुनाव गर्ने गरी तयारी थालेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सङ्घीय र प्रदेश सभाको चुनाव आउँदो मङ्सिर पहिलो सातासम्म गर्ने गरी आन्तरिक तयारी थालेको जानकारी गराउनु भयो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता पौडेलले भन्नुभयो, ‘आयोग एकै चरणमा चुनाव हुनुपर्छ […]

कुँवर नेतृत्वको एनआरएनए र प्रचण्डबीच भेटवार्ता, एनआरएन विवादका विषयमा छलफल

काठमाडौँ: विनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) र नेपाल कम्युनिष्ठ पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज विहान संघका अध्यक्ष बिनोद कुँवर र प्रचण्डबीच भेटवार्ता भएको हो । सो भेटमा एनआरएनए विवाद, बजेट, वैदेशिक लगानी, फोहोर व्यवस्थापन लगायतका विषयमा छलफल भएको छ । भेटको क्रममा अध्यक्ष कुँवरले […]

कीर्तिपुरको फोहोरमैला व्यवस्थापनमा एनआरएनएले सहयोग गर्ने

काठमाडौँ । विनोद कुँवर नेतृत्वमा रहेको गैरआवासीय नेपाली संघ (अन्तराष्ट्रिय समन्वय परिषद) ले कीर्तिपुरको फोहोरमैला व्यवस्थापनमा सहयोग गर्ने भएको छ । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मी र एनआरएन (आईसीसी)का अध्यक्ष विनोद कुँवरको टोलीबीच फोहोर व्यवस्थापनको विषयमा पालिका कार्यालयमा छलफल भएको हो । सो छलफलमा कोरियन प्रविधिबाट फोहोरमैला व्यवस्थापन गर्ने सहमति भएको छ । नेपालमा देखापरेको […]