हङकङका लागि पर्यटन दूतमा प्रकाश पुन नियुक्त

काठमाडौं:  हङकङका लागि नेपाली पर्यटन दूतमा पहिलो पटक प्रकाश पुन नियुक्त हुनु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको मन्त्रीस्तरीय बैठकबाट पुनलाई पर्यटन दूतमा नियुक्त गरेको हो । दुई दशक अघि ब्रिटीस आर्मीबाट अवकास प्राप्त गर्दै हङकङबाट ब्यापार ब्यवसाय शूरु गर्नुभएको पुन अहिले हङकङ नेपाली ब्यापार संघको अध्यक्ष समेत हुनुहुन्छ । नेपालको […]

अब २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने (सूचीसहित)

काठमाडौं:  सरकारले अत्यावश्यक २५ वटा सेवामा हड्ताल गर्न निषेध गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरेको हो । आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै मन्त्रालयले विभिन्न २५ अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरिएको हो । […]

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो, कुन रुटमा कति ?

काठमाडौं:  सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । नेपाल आयाल निगमले डिजेलको मूल्यमा १२ रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा बढाउने निर्णय गरेको हो । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढाएको हो । विभागका अनुसार यात्रुबाहक सवारीको हकमा २५ प्रतिशत भाडा बढेको छ । […]

नेपाली मौलिक खाना ८४ व्यञ्जनको प्रबर्द्धनमा सरोकारवालाको जोड

काठमाडौं : नेपाली मौलिक खाना ८४ व्यञ्जनको प्रबर्द्धनमा सरोकारवालाले जोड दिएका छन् । उनीहरुले ८४ व्यञ्जनको विश्वव्यापी प्रबर्द्धन गर्नुपर्नेमा जोड दिएका हुन । नेपाली मौलिक खाना ८४ व्यञ्जनको प्रबर्द्धन गर्ने उद्धेश्यले बिहीबार काठमाडौंको बुढानिलकण्ठस्थित होटल अमुप्रस्थमा आयोजित ८४ व्यञ्जन प्रबर्द्धनात्मक कार्यक्रममा बोल्दै सरोकारवालाल सो कुरा बताएका हुन । कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले ८४ व्यञ्जन […]

काठमाडौँको फोहोर उठाउन मध्यराति १८ बुँदे सहमति (सहमतिपत्रसहित)

काठमाडौँ । काठमाडौँको फोहोर उठाउन मध्यराति १८ बुँदे सहमति भएको छ । काठमाडौँ महानगरपालिका र सिसडोल-बन्चरेडाँडाका प्रतिनिधिबीच बिहीबार राति १ बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको हो । ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र काठमाडौँ महानगरपालिकाबीच भएको १८ बुँदे सहमतिअनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ । यसअघि पनि आन्दोलनरत क्षेत्रका […]

पेट्रोल-डिजेलको मूल्य फेरी बढ्यो

काठमाडौ । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरी बढेको छ । नेपाल  आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको हो । पेट्रोल लिटरमा ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १२ रूपैयाँ बढेको छ । आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १६५ रूपैयाँ लिटर पर्नेछ। एलपी […]

प्रधानमन्त्री देउवा र बालेन्द्र साहबीच भेटवार्ता, फोहोर व्यवस्थापनबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले महानगरपालिका प्रमुख साहसँग छलफल गर्नु भएको हो । दुई जनाबीचको भेट काठमाडौंको फोहर व्यवस्थापनका विषयमा केन्द्रीत भएको थियो । प्रधानमन्त्री देउवाले मेयर साहलाई फोहर व्यवस्थापनमा जुट्न आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको बताउनु […]