काठमाडौँ : काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन्द्र) सँग फ्रान्सका राजदूत जील बुर्बाओले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रमुखको कार्यकक्षमा भएको भेटका क्रममा नगर व्यवस्थापनका लागि सेवा र सुविधा वितरण मुख्य विषय थिए । ‘हामी अहिले बजेट नीति तथा कार्यक्रमको तयारीमा छौँ । फोहोरमैलाको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रसँगै सहरी यातायातको सुधार, […]
काठमाडौँ : काठमाडौं मेयर बालेन्द्र साहको अभियानमा विभिन्न बैंकहरुले साथ दिएका छन् । नबिल बैंकले काठमाडौँको १८ वटा शाखामा सार्वजनिक शौचालय सञ्चालन गर्न दिने भएको हो । आजदेखि काठमाडौँ महानगर र नबिल बैंकबीच बैंकको शौचालय प्रयोग गर्न दिने सहमति भएको हो । सम्झौतामा नबिल बैंकका कार्यकारी निर्देशक अनिल केशरी शाह र काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय […]
काठमाडौं: असारदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने भएको हो । सडक विभागले विज्ञप्ति जारी गर्दै वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि […]
इन्जिनियरिङ् प्रवेश परीक्षाको गुणस्तरिय तयारी गराउने पिइए एशोसिएसन प्रा. लि. ले बिद्यार्थीहरुको सिकाईमा सहजता र प्रभावकारिता ल्याउन यस वर्षदेखि “पिइए मेन्टर्स डिजिटल प्लेटफर्म” मार्फत इन्जिनियरिङ् प्रवेश परीक्षाको पूर्ण तयारी कोर्स उपलब्ध गराउने भएको छ। सोही विषयमा जानकारी गराउन पिइए एशोसिएसनले यसै सता मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेको छ। सम्मेलनमा पिइएका प्रतिनिधित्व गर्दै संस्थापक एवं सिइओ […]
काठमाडौं : मन्त्रिपरिषद् बैठकका २२ वटा निर्णय सार्वजनिक भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको उक्त निर्णय आज गृहमन्त्री बालकृष्ण खाँणले सार्वजनिक गरेका हुन । निर्णय अनुसार हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरिएको छ । गत जेठ १ गतेबाट लागू हुनेगरी परीक्षणका रुपमा शुरुवात गरेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय […]
काठमाडौं: काठमाडौंमा घर बनाउने प्रयोजन (आवास) को लागि एक सय ३० वर्गमिटर (४ आना) भन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको भू-उपयोग नियमावली २०७९ मा यस्तो व्यवस्था गरिएको हो । नियमावली अनुसार काठमाडौं उपत्यकामा कृषि क्षेत्रका रुपमा तोकिएको जग्गालाई न्यूनतम ५ सय वर्गमिटर र […]
काठमाण्डौः यातायात व्यवस्था विभागले साउन १ गतेभित्र २५ लाख गाडीमा इम्बोस्ड नम्बर प्लेट राख्नु नपर्ने जनाएको छ । आज मङ्गलवार पत्रकार सम्मेलन गर्दै विभागले साउन १ गतेभित्र २५ लाख गाडीमा इम्बोस्ड नम्बर प्लेट राख्न सूचना ननिकालेको बताएको हो । विभागका महानिर्देशक नमराज घिमिरेले बाहिर हल्ला भएजस्तो विभागले किटान गरेर साउन १ गतेभित्र २५ लाख गाडीमा […]