रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा सम्पन्न

ललितपुर : आज रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । भोटो देखाउने जात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा लगायतका उच्च पदस्थ अधिकारी सहभागी हुनु भएको थियो । मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्‍याइएको चौथो दिनमा भोटो देखाउने चलन छ । तीन हप्तासम्म लगनखेलको इतीटोल चौबाटोमा रहेको मच्छिन्द्रनाथ र मीननाथको रथ तानेर गएको बुधवार […]

जनप्रतिनिधिलाई खबरदारी गरिरहनु पर्छ : बासुदेव थापा

भक्तपुर: सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले पत्रकारले सत्य, तथ्य र निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनु भएको छ । नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाले आयोजना गरेको भक्तपुरका नवनिर्वाचित प्रमुख तथा उपप्रमुखहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मेयर थापाले पत्रकारले कसैलाई हतोत्साही पार्ने नभई खबरदारी गर्नु पर्ने र सत्य तथ्यमा आधारित रहेर समाचार सम्प्रेषण […]

असार ९ गतेदेखि ५ देखि ११ वर्षका बालबालिकालाई ‘फाइजर’ खोप लगाइने

काठमाडौँ: आगामी असार ९ गतेदेखि पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका ३९ लाख बालबालिकालाई ‘फाइजर’ खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बालबालिकालाई खोप प्रदानका गर्नका लागि विद्यालयमा खोप केन्द्र तोकी दुई चरणमा खोप अभियान सञ्चालन गर्न लागिएको बताउनु भयो । पहिलो चरणमा २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा […]

सार्वजनिक सवारीको भाडा घट्यो, कुन रुटमा कति ?

काठमाडौँ:  यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटेसँगै विभागले पनि यातायातको भाडा घटाएको हो । नेपाल आयल निगमले बिहीबार मात्रै पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएको थियो । यात्रुबाहक सवारीमा २ प्रतिशतले मूल्य घटेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने […]

पेट्राेल, डिजल र मट्टीतेलकाे मूल्य प्रतिलिटर १० रुपैयाँले घट्याे

काठमाण्डौ : नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निर्णय अनुसार आज बिहीवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । मूल्य घटेसँगै अब पेट्रोल लिटरको एक सय ७० र […]

सूर्यविनायक नगरको पहिलो कार्यपालिका बैठक सम्पन्न, विभिन्न विषयगत समिति गठन, प्रवक्तामा सापकोटा

भक्तपुर: सूर्यविनायक नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न भएको छ । आगामी पाँच वर्षका लागि निर्वाचीत जनप्रतिनिधिको पहिलो कार्यपालिका बैठक बिहीबार सम्पन्न भएको हो । नगरपालिकाका मेयर बासुदेव थापाको अध्यक्षतामा नगरपालिकाको सभाहलमा बसेको पहिलो बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकले मतदातालाई धन्यवाद ज्ञापन गर्दै विभिन्न  विषयगत समिति गठन गरेको छ । बैठकले सार्वजनिक सेवा, […]

तारा एयरको विमान दुर्घटनामा परेकाहरुको शव मृतकका परिवारलाई बुझाइयो

काठमाडौँ । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । शव हस्तान्तरण गर्न अघि सबै २२ जनाको शवको पोस्टमार्टम गरिएको थियो । पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई […]