विमान दुर्घटनामा मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइयो, बाँकी शव मौसमका कारण ल्याउन कठिन

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइएको छ । तारा एयरले विज्ञप्ति प्रकाशित गरी हालसम्म २२ मध्ये २१ जनाको शव फेला परेको तीमध्ये १० जनाको शव आधार शिविरमा ल्याइएको छ । ती शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको जानकारी गराएको छ । ss ‘शवहरु काठमाडौं ल्याइसकेपछि त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन […]

सम्पर्कविहिन विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाडौँ । हराइरहेको ताराको ट्विनअटर भेटिएको नेपाली सेनाले जनाएको छ । जोमसोमबाट नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विवनअटर खोज्‍न गइरहेको बेलामा खोजी तथा उद्धार टोलीले विमान दुर्घटनास्थल फेला पारेका हुन् । यसबारेमा थप विवरण आउन बाँकी छ । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको टुइनअटर खोज्‍न सोमबार बिहानदेखि नेपाली सेना र प्रहरीको टोली प्ररिचालित […]

यस्तो छ आर्थिक वर्ष २०७९/८० को बजेट (पूर्णपाठ)

काठमाण्डौ: सरकारले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले चालुतर्फ सात खर्ब ५३ अर्ब ४० करोड, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड तथा प्रदेश र पालिकामा वित्तीय समानीकरण अनुदानअन्तर्गत चार खर्ब २९ अर्ब […]

अब ६८ वर्षमै वृद्धभत्ता पाइने

काठमाडौं : सरकाले वृद्धभत्ता पाउने उमेर घटाएको छ । यसअघि ७० वर्ष पुगेपछि मात्रै पाइने वृद्धभत्ता अब ६८ वर्षको उमेरमै पाइने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी वृद्धभत्ता पाउने उमेर घटाइएको जानकारी दिनु भयो । हाल विभिन्न ८ शीर्षकमा सरकारले वृद्धभत्ता उपलब्ध […]

तारा एअरको विमान मानापाथी हिमालको फेदीमा दुर्घटना भएको पुष्टि

काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एअरको जहाज जलिरहेको अवस्थामा फेला परेको छ । आइतबार बिहान पोखराबाट मुस्ताङ जिल्लाको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको जहाज जलिरहेको अवस्थामा फेला परेको हो । मुस्ताङको थासाङ गाउँपालिका दुई लारीकोटभन्दा माथिल्लो लाङिचगोला (मानापाथी हिमालको फेदी) मा जहाज जलिरहेको अवस्थामा फेला परेको हो ।  सो विमानमा […]

यी हुन् तारा एयरको विमानमा सवार चालक दलका सदस्यसहित २२ यात्रु

काठमाडौँ । पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको छ । विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । जहाजमा चालक दलका तीन सदस्यसहित १९ जना सवार थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । आइतबार विमान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको थियो […]

ताराको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहीन

काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । १९ यात्रु सहितको जहाजमा ३ जना चालक दलका सदस्य पनि छन् । तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी […]