काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन्द्र साह निर्वाचित हुनु भएको छ । साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित हुनु भएको हो । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याउनु भयो । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याउनु भयो । […]
काठमाडौँ । वैशाख ३० गते भएको सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत अहिलेसम्म ७ सय ५१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । हालसम्म सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेसले ३ सय २८ पालिका जित्दा नेकपा एमाले २ सय ५ पालिका प्रमुखमा विजयी भएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्र १ सय २१, जनता […]
काठमाडौँ । स्थानीय तह निर्वाचन मतपरिणाम आउने क्रममा बिहिबार बिहानसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५ महानगर, ११ उपमहानगरसहित ७४९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले ३२७ पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ । दोस्रोमा नेकपा एमालेले २०५ र तेस्रोमा नेकपा माओवादी केन्द्रले १२१ […]
काठमाडौँ :सरकारले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने भएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको जानकारी दिनु भएको हो । बैठकले जेठ […]
काठमाण्डौ : काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) र उपमेयरमा एमोलेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ । अहिलेसम्म महानगरको एक लाख ७१ हजार ८ सय २ मत गणना भइसकेको छ । १९ हजार तीन सय मत गन्न बाँकी हुँदा साहले २० हजार भन्दा बढी मतको अग्रता लिनु भएको छ । साहले […]
काठमाडौँ । कास्कीको पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयी हुनु भएको छ । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि सुरु भएको मतगणनाको आज बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार प्रमुखमा आचार्यले एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतले पराजित गर्नु […]
काठमाडौँ । हालसम्म ७४५ स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम सार्वजनिक भएको छ । बुधबार बिहानसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५ महानगर, १० उपमहानगरसहित ७४५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । काठमाडौँ महानगरपालिका र तुलसीपुर उपमहानगरपालिकासहित ८ वटा पालिकाको अन्तिम परिणाम आउन बाँकी छ। जसमध्ये बाजुराको बुढीगंगा नगरपालिकामा अझै मतगणना सुरू […]