१५ पालिकाको अन्तिम नतिजा आउन बाँकी, अहिलेसम्म काँग्रेस ३२२, एमाले २०२ र माओवादी केन्द्र १२० मा विजयी

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ७३८ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले ३२२ पालिका जितेको छ भने नेकपा एमालेले २०२ पालिका जितेको छ। यसैगरी, नेकपा माओवादी केन्द्रले १२० पालिका जित्दा नेकपा एकीकृत समाजवादीले ११, जनता समाजवादी पार्टीले २१ र अन्य पार्टीले ६२ पालिका जितेका छन्। मंगलबार विहान ११ बजेसम्म निर्वाचन आयोगको तथ्याङ्कअनुसार नेपाली […]

भरतपुर महानगर प्रमुखमा रेनु दाहाल विजयी

चितवन : भरतपुर महानगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहाल विजयी हुनु भएको छ । उहाँले नेकपा एमालेका बिजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पछि पार्दै प्रमुखमा विजयी हुनु भएको हो । दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा बिजय सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गर्नु भयो । नेपाली काँग्रेसबाट बिद्रोह गरि […]

वीरगञ्ज महानगर प्रमुखमा राजेशमान सिंह विजयी

वीरगञ्ज: वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी हुनु भएको छ । प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मत प्राप्त गरी विजयी हुनु भएको हो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार बिजयकुमार सरावगीले २३ हजार ६७१ मत […]

१८ पालिकाको अन्तिम नतिजा आउन बाँकी, त्रियुगा र बुढी गंगा नगरमा अझै मतगणना सुरू हुन सकेन

काठमाडौँ। स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ। मंगलबार बिहानसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार १ महानगर, १० उपमहानगरसहित ७३४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ५ महानगरपालिकासहित १८ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । २ वटा पालिकाको मतगणना अझै सुरू भएको छैन ।सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका […]

सूर्यविनायकका नवनिर्वाचीत मेयर बासुदेव थापासहित जनप्रतिनिधिद्धारा पदभार ग्रहण (फोटोफिचरसहित)

भक्तपुर: भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापासहित नवनिर्वाचीत जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नु भएको छ । नगरपालिकामा सोमबार आयोजित एक कार्यक्रमका बीच नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नु भएको हो । मेयर थापालाई मुख्य निर्वाचत अधिकृत गोपाल प्रसाद बाँस्तोलाले पद तथा गोपनीयतको सपथ गराउनु भयो भने मेयर थापाले उपमेयर सरिता भट्टराईलाई […]

मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक

काठमाडौं: सरकारले विश्व बैंकबाट २७५ मिलियन अमेरिकी डलर ऋण सहायता लिनेबारे वार्ता टोली गठन गर्ने भएको छ । सोमवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सकरारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंकबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिव ३३ अर्ब रुपैयाँ ऋण सहायता लिनेबारे वार्ता टोली गठन गर्ने निर्णय गरेको […]

देशभर ७१४ पालिकाको नतिजा सार्वजनिक : ३१४ कांग्रेस, एमाले १९२ र माओवादी १२० तहमा विजयी

काठमाडौं: स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ७१४ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले ३१४ पालिका जितेको छ भने नेकपा एमालेले १९२ पालिका जितेको छ। यसैगरी, नेकपा माओवादी केन्द्रले १२० पालिका जित्दा नेकपा एकीकृत समाजवादीले नौ, जनता समाजवादी पार्टीले २१ र अन्य पार्टीले ५८ पालिका जितेका छन्। आइतबार बेलुका ६ बजेसम्म निर्वाचन आयोगको केन्द्रीकृत डाटामा […]