कालिञ्चोक प्रमुखमा कांग्रेसका शिवाकोटी र उपप्रमुखमा माओवादीका बुढाथोकी विजयी

दोलखा :  दोलखाको कालिञ्चोक गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका अर्जुन शिवाकोटी अध्यक्षमा विजयी हुनु भयो । शिवाकोटी ५ हजार ७ सय ८६ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गणेश शिवाकोटीले ४ हजार ६ सय ७३ मत प्राप्त गर्नु भयो । । यस्तै […]

सूर्यविनायकको मतगणना अन्तिम चरणमा, एमालेबाट मेयरका उम्मेदवार बासुदेव थापा झन्डै ६ सय मतले अगाडि

भक्तपुर: सूर्यविनायक नगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार बासुदेव थापाले अग्रता जारी राख्नु भएको छ । मतगणना अन्तिम चरणमा पुगिरहँदा थापाले झन्डै ६ सय मतले अग्रता लिनु भएको हो । नगरपालिकाको वडा नं. १० को ५ सय मत गनीसक्दा थापाले १३ हजार १९८ मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार निशान ढुंगेलले १२ […]

सूर्यविनायक नगरपालिका-९ नंखेलमा कांग्रेसबाट खत्री विजयी

भक्तपुर : सूर्यविनायक नगरपालिका वडा नं. ९ नंखेलमा नेपाली कांग्रेसका भगवान खत्री विजयी हुनु भएको छ । खत्रीले १ हजार ५०९ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उपेन्द्र केसीले १ हजार २७ मत पाउनु भयो । कांग्रेसबाट वडामा दलित महिला सदस्य एक जना  विजयी हुनु भयो भने अन्य […]

सूर्यविनायक नगरपालिका-८ सिपाडोलमा एमालेको प्यानल नै विजयी

भक्तपुर: सूर्यविनायक नगरपालिकाको वडा नं.८ सिपाडोलमा एमालेबाट पुष्पराज बस्नेतको प्यानल नै विजयी भएको छ । बस्नेतले २ हजार १२२  मत ल्याउँदै विजयी हुनु भएको हो । उहाँको निकटतम प्रतिद्धन्द्धी बिदुरमान सिंह बस्नेतले ९९१ मत प्राप्त गर्नु भयो । एमालेबाट दलित महिला तर्फबाट अन्जना नेपाली, महिलातर्फ सावित्री मिश्र, खुल्लातर्फ विश्वराम त्वानाबासु र विक्रम तामाङ विजयी हुनु […]

चाँगुनारायणको मेयरमा कांग्रेसका खत्री र उपमेयरमा एमालेका बुढाथोकी विजयी

भक्तपुर: चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका जीवन खत्री विजयी हुनु भएको छ । खत्री ९ हजार ५५० मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँको निकटतम प्रतिद्धन्द्धी एमालेकी विणा बास्तोलाले ९ हजार १६० मत पाउनु भयो भने राप्रपाका रविन्द्र प्रताप शाहले ८ हजार ६७ मत पाउनु भयो । त्यस्तै, नेमकिपाका केशव प्रसाद तिमिल्सिनाले ३ […]

सूर्यविनायक नगरको मेयरमा बासुदेव थापाले लिए अग्रता

भक्तपुर: सूर्यविनायक नगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार बासुदेव थापाले अग्रता लिनु भएको छ । पछिल्लो मतपरिणाम अनुसार थापाले मेयरमा अग्रता लिनु भएको हो । वडा नं.८ सिपाडोलमा मेयर थापालाई एक छापे मत मात्र १ हजार ३३७ खसेको छ । थापाले अहिले ६२५ मतले अग्रता लिनु भएको हो । ८ वडाको मतगणना जारी रहँदा थापाले हालसम्म ११ […]

कालिन्चोक-८ सुनखानीको वडाध्यक्षमा कांग्रेसबाट आचार्य विजयी

दोलखा: कालिन्चोक गाउँपालिका वडा नं. ८ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट सूर्य बहादुर आचार्य (बालकृष्ण) विजयी हुनु भएको छ । आचार्यले नेकपा एमालेका गणेश शिवाकोटीलाई ८९ मतले पछि पार्दै विजयी हुनु भएको हो । आचार्यले ७९९ मत प्राप्त गर्दा शिवाकोटीले ७१० मत पाउनु भयो । त्यस्तै, कांग्रेसबाट दलित महिला सदस्य एक जना निर्वाचीत भएका छन भने […]