काठमाण्डौ : देशभर अहिलेसम्म तीन सय ८९ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार ८७ वटा नगरपालिका र तीन सय २ वटा गाउँपालिका गरी तीन सय ८९ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । सार्वजनिक मत परिणाम अनुसार पहिलो स्थानमा नेपाली कांग्रेस छ । कांग्रेसले अहिलेसम्म ४८ वटा नगरपालिका […]
भक्तपुर : मध्यपुर थिमि नगरपालिकामा गठबन्धनका तर्फबाट मेयरमा कांग्रेस र उपमेयरमा माओवादीले विजयी हासिल गरेको छ । मेयरमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपमेयरमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ विजयी हुनु भएको हो । सुरेन्द्र श्रेष्ठले निकटतम् प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख एवम् एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई ४ हजार ६३ मतले पराजित गर्नु भयो । सुरेन्द्र श्रेष्ठले १५ […]
भक्तपुर: सूर्यविनायक नगरपालिका वडा नं. ७ मा एमालेबाट रवीन्द्र सापकोटाको प्यानल नै विजयी भएको छ । अन्तिम मतपरिणाम अनुसार सापकोटाले १ हजार ७३१ मत प्राप्त गर्दै विजयी हुनु भयो । त्यस्तै महिला वडा सदस्यमा गीता बस्नेत, दलित महिला वडा सदस्यमा सन्तोषी परियार, खुल्ला सदस्य (एक) मा ईश्वर थापा र खुल्ला सदस्य (दुई) उमेश कार्की विजयी […]
भक्तपुर : सूर्यविनायक नगरपालिका वडा नं. ५ को वडाध्यक्षमा नेकपा एमालेका राजकुमार जोशीको प्यानल नै विजयी भएको छ । जोशी पुन: दोस्रो कार्यकालको लागि वडाध्यक्षमा विजयी हुनु भएको हो । जोशीसँगै एमालेबाट महिला सदस्यमा कमला पोखरेल, दलित महिला सदस्यमा गीता बिसुन्के, खुल्ला सदस्यमा मनोज थापा र बासुदेव पोखरेल विजयी हुनु भएको छ ।
दोलखा : जिरी नगरपालिकाको मेयरमा एमालेबाट मित्र जिरेल विजयी हुनु भएको छ । नगर प्रमुखमा निर्वाचित मित्र जिरेलले २ हजार ९ सय ४९ मत प्राप्त गर्नु भएको छ भने गठबन्धनका प्रतिस्पर्धी नेपाली काङग्रेसका लाक्पा शेर्पाले २ हजार ६ सय ९२ मत प्राप्त गर्नु भएको छ । नगर प्रमुखमा जिरेलले प्रतिस्पर्धी काङग्रेसका लाक्पा शेर्पालाई २५७ मतान्तरले […]
भक्तपुर: भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयर दुवैमा अग्रता लिएको छ । एमालेका तर्फबाट मेयरका उम्मेदवार बासुदेव थापाले १०६ मतान्तरले अग्रता लिनु भएको हो । पछिल्लो मतपरिणामअनुसार उहाँले ७ हजार १०५ मत प्राप्त गर्दा कांग्रेसका निशान ढुंगेलले ६ हजार ९९९ मत पाउनु भएको छ । त्यस्तैगरि उमेयरमा एमालेकी सरिता भट्टराईले ३ हजार ६३ […]
दोलखा: दोलखाको मेलुङ्ग गाउँपालिका अध्यक्षमा नेकपा एमाले दोलखाका सचिव हिराकुमार थोकर विजयी हुनु भएको छ । उहाँले १ हजार ७ सय ३९ मतको फराकिलो मतान्तरसहित गठबन्धन दल नेकपा एकिकृत समाजवादीका रविन्द्र कार्कीलाई पछि पार्नुभएको हो । थोकरको ४ हजार ४ सय ४२ मत पाउनु भयो भने नेकपा एसका रविन्द्र कार्कीको २ हजार ७०३ मत छ […]