सूर्यविनायक नगरपालिका-३ बालकोटबाट कांग्रेसका केसी विजयी

भक्तपुर: सूर्यविनायक नगरपालिका वडा नं. ३ बालकोटबाट कांग्रेसका दिपेन्द्र केसी वडाध्यक्षमा विजयी हुनु भएको छ । केसीले १ हजार १७४ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका रामकृष्ण राउतले १ हजार १०६ मत पाउनु भएको छ । वडा सदस्यमा दुई जना कांग्रेस र एक जना महिला सदस्यमा एमालेले जितेको […]

मध्यपुर थिमी नगरपालिका-४ बाट एमालेका बालकृष्ण श्रेष्ठ विजयी

भक्तपुर : मध्यपुर थिमि नगरपालिकाको वडा नं. ४ मा नेकपा एमालेका बालकृष्ण पात्या श्रेष्ठ विजयी हुनु भएको छ । श्रेष्ठले १ हजार ९३५ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँको निकटतम प्रतिद्धन्द्धी कांग्रेसका पुर्ण कृष्ण श्रेष्ठले १ हजार ६५६ मत पाउनु भयो । त्यस्तै, वडा सदस्यहरुमा रामकेशरी श्रेष्ठ र मदन ख्या श्रेष्ठ तथा […]

सूर्यविनायक नगरपालिका-२ बालकोटबाट कांग्रेसका कार्की विजयी

भक्तपुर : सूर्यविनायक नगरपालिका -२ बालकोटबाट नेपाली कांग्रेसका प्रदीप कार्कीको प्यानल नै विजयी भएको छ । कार्कीले १ हजार ५११ मत प्राप्त गर्दै विजयी हुनु भयो । उहाँको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका तर्फबाट विश्वराज विष्टले १ हजार ३०५ मत प्राप्त गर्नु भयो । यो वडामा अघिल्लो निर्वाचनमा पनि नेपाली कांग्रेसले विजयी हासिल गरेको थियो ।

कालिन्चोक अध्यक्षमा कांग्रेसका शिवाकोटी र उपाध्यक्षमा माओवादीका बुढाथोकीको अग्रता

दोलखा : कालिन्चोक गाउँपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका अध्यक्षका उम्मेदवार अर्जुन शिवाकोटी र उपमेयरका उम्मेदवार कुल बहादुर बुढाथोकीले अग्रता लिनु भएको छ । पछिल्लो नतिजा अनुसार शिवाकोटी र बुढाथोकीले अग्रता लिनु भएको हो । अर्जुनले वडा नं १, २ सहित ३ वडाको ५३५ गन्दा सम्म १३ सय २४ मत प्राप्त गर्दै अग्रता कायम राख्नु भएको हो […]

मध्यपुर थिमिमा कांग्रेसले लियो १७ सय बढी मतको अग्रता, कसले पाए कति मत ?

भक्तपुर:  मध्यपुर थिमि नगरपालिकामा कांग्रेसका सुरेन्द्र श्रेष्ठले १ हजार ७ सय भन्दा बढी मतका साथ अग्रता कायम राख्नु भएको छ । १, २ र ३ वडाको मत गनीसक्दा श्रेष्ठले १ हजार ७२१ मतका साथ अग्रता कायम राख्नु भएको हो । श्रेष्ठले ४ हजार ८ सय ११ मत पाएर अग्रता लिनु भएको छ भने एमालेका मदनसुन्दर […]

चाँगुनारायण नगरपालिकामा एमालेले लियो मेयर र उपमेयर दुवैमा अग्रता

भक्तपुर: चाँगुनारायण नगरपालिकामा एमालेले अग्रता लिएको छ । शुरुवातदेखि अग्रता कायम गरेको कांग्रेसलाई पछि पार्दै एमालेले अग्रता लिएको हो । वडा नं. ३ को २४८० मत गन्दा एमालेले अग्रता लिएको हो । यो मत वडा नं. १ र २ सहित जोड्दा हो । पछिल्लो मतपरिणामअनुसार एमालेको तर्फबाट मेयरको उम्मेदवार बीणा बास्तोलाले ३ हजार ३०६ मत […]

चाँगुनारायण नगरपालिका-२ मा कांग्रेसका सोम प्रधान विजयी

भक्तपुर : चाँगुनारायण नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट सोम प्रधान वडाध्यक्षमा विजयी हुनु भएको छ । प्रधानले ११ सय ७७ मत ल्याउँदै विजयी हुनु भयो । उहाँको निकटतम प्रतिद्धन्द्धी एमालेका तर्फबाट मनोज केसीले ११ सय ४८ मत प्राप्त गर्नु भयो । सदस्यहरुमा भने एमालेबाट महिलातर्फ राधादेवी गैडा ११ सय ४४ मत, दलितर्फ […]