चाँगुनारायण नगरपालिका-२ मा कांग्रेसका सोम प्रधान विजयी

भक्तपुर : चाँगुनारायण नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट सोम प्रधान वडाध्यक्षमा विजयी हुनु भएको छ । प्रधानले ११ सय ७७ मत ल्याउँदै विजयी हुनु भयो । उहाँको निकटतम प्रतिद्धन्द्धी एमालेका तर्फबाट मनोज केसीले ११ सय ४८ मत प्राप्त गर्नु भयो । सदस्यहरुमा भने एमालेबाट महिलातर्फ राधादेवी गैडा ११ सय ४४ मत, दलितर्फ […]

कालिञ्चोक वडा नं. २ मा माओवादीका पाण्डे विजयी

चरिकोट । कालिन्चोक गाउँपालिकाको वडा नं. २ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विक्रम पाण्डे विजयी हुनु भएको छ । भर्खरै सम्पन्न भएको मतपरिणाम अनुसार पाण्डे वडाध्यक्षमा विजयी हुनु भएको हो । पाण्डेले ६२९ मत प्राप्त गर्दै विजयी हुनु भएको छ । आधिकारिक रुपमा अन्तिम मतपरिणम भने सार्वजनीक हुन बाँकि छ ।

२६ पालिकाको नतिजा आउँदा ११ वटामा जित्दै एमाले अग्रस्थानमा, कांग्रेस ९, माओवादी ४ र समाजवादी २ वटामा विजयी

काठमाडौं:  स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म २६ पालिकाको परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म ११ पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छन् । नेपाली कांग्रेसले ९ वटाको प्रमुखमा जित हासिल गरेको छ । माओवादी केन्द्र ४ पालिका प्रमुख जितेर तेस्रोमा छ भने नेकपा एकीकृत समाजवादी २ पालिका प्रमुख जितेर चौथोमा छ । एकीकृत समाजवादीले डोल्पाका दुई गाउँपालिका […]

चाँगुनारायणको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

भक्तपुर: चाँगुनारायण नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेले अग्रता कायम गरेको छ । नगरपालिकाको वडा नं. १ को मत गनीसक्दा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार जीवन खत्री र उपमेयरमा एमालेका तर्फबाट रमेश बुढाथोकीले अग्रता कायम गर्नु भएको हो । चाँगुमा खत्रीले ११ सय ३७ मत प्राप्त गर्दा एमालेबाट मेयरको उम्मेदवार रहनु भएकी विणा बास्तोलाले १ हजार […]

सूर्यविनायक वडा नं. १ मा एमालेका कायस्थ विजयी

भक्तपुर: सूर्यविनायक नगरपालिका वडा नं. १ मा एमालेका तर्फबाट सानुकाजी कायस्थ विजयी हुनु भएको छ । कायस्थले १३ सय १० मत ल्याएर वडाध्यक्षमा पुन विजयी हुनु भएको हो । उहाँको निकटतम प्रतिस्पर्धी राप्रपाका शेखर थापाले ११ सय ३० मत प्राप्त गर्नु भयो । एमालेले वडा अध्यक्ष सहित खुल्ला महिला सदस्य, दलित महिला सदस्य, खुल्ला वडा […]

चाँगुनारायण वडा नं. १ मा कांग्रेसका कार्की विजयी

भक्तपुर: चाँगुनारायण नगरपालिकामा कांग्रेसले विजयी शुरुवात गरेको छ । वडा नं. १ मा कांग्रेसको तर्फबाट वडाध्यक्षमा सिजन कार्कीले १२ सय २५ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । त्यस्तै, उहाँको निकटम पतिस्पर्धी एमालेका इश्वर थापाले १२ सय १३ मत पाउनु भयो । वडा सदस्यमा नेपाली कांग्रेसबाट महिलातर्फ मुना गुरुङ ११ सय ७२ मत प्राप्त […]

कालिन्चोकमा अर्जुन र गणेश शिवाकोटीबीच कडा प्रतिस्पर्धा

दोलखा : कालिन्चोक गाउँपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार अर्जुन शिवाकोटी र एमालेका गणेश शिवाकोटीबीच कडा प्रतिस्पर्धा देखिएको छ । अर्जुनले वडा नं. १ देखि लिनु भएको अग्रता अझै कायम राख्नु भएको छ भने गणेशले पछ्याइरहनु भएको छ । दुवैबीच कडा प्रतिस्पर्धा भइरहेको छ । अर्जुन वडा नं. १ को गणना हुँदा सम्म ४९ मतले अग्रता […]